पहल भएमा चिनबाट सहुलियत ऋण


नागरिक संवाददाता
काठमाडौं साउन २१
सरकारले पहल गरेमा चिनबाट जलस्रोत र पुर्वाधार निर्माणका लागि नेपालले सहुलियत ऋण पाउन सक्ने छ । पहल भएमा नेपालले चिनबाट न्युनतम ८० अर्ब रुपैयाँ त्यस क्षेत्रको विकासका लागि ऋण पाउने छ ।

नाफामूलक क्षेत्रका लागि चिनले दिने ऋणको व्याजदर २ देखि ३ प्रतिशत हुने छ । चिनले २० बर्षका लागि त्यस्तो ऋण दिन्छ । अमेरिकी टे्रजरी बिलमा लगानी गर्दै आएको चिनले अमेरिकी बैंकको आर्थिक अवस्था कमजोर भएपछि त्यहाँबाट लगानी झिकेर विकासिल मूलुकका नाफामूलक क्षेत्रमा लगानी गर्न लागेको हो ।

विश्व आर्थिक मन्दीले अमेरिकी बैंक कमजोर भएपछि त्यहाँबाट झिकिएको पैशा पि्रुज हुन नदिन थोरै भएपनि आम्दानीका लागि चिनले त्यस्तो नीति लिएको हो ।

दुई साता लामो भ्रमणमा चिनका उच्च अधिकारीलाई भेटेर फर्किएका नेपाल-चिन उद्योग बाणिज्य संघका सदस्य ज्ञानेन्द्रलाल प्रधानले विभिन्न देशका लागि चिनले नाफामूलक क्षेत्रमा लगानी गर्न १० अर्ब डलर छुट्याएको बताए । उनले यसरी लगानी गर्न चिनले सरकारी ५ कम्पनीलाई जिम्मा दिएको जानकारी दिए ।

सरकारले पहल गरेमा चिनबाट त्यो रकम ल्याउन सकिने उनले बताए । उनले त्यो रकम एक मुस्ट आउने जानकारी दिए । चिनको त्यो नीतिअनुसार ऋण लिए नेपालको जलस्रोत तथा फर्वाधार विकासमा प्रयोग हुने मेसिनरी सामग्री चिनको प्रयोग गर्नु पर्ने हुन्छ । ुआर्थिक मन्दीले निर्यात घटेकाले आफ्नो सामान विक्री गर्न चिनले यस्तो नीति लिएको होु चिनका उच्च अधिकारीको भनाइ उदृत गर्दै प्रधानले भने ।

प्रधानले ५० मेगावाटसम्मका जलविद्युत् आयोजनामा लगानीको संभाव्यता अध्ययनका लागि चिनबाट एक टोली आउन लागेको जानकारी दिए । तीन महिनापछि आउने त्यो टोलीले लगानी सुरक्षामा आश्वस्त भएमा ५० मेगावाटसम्मका दर्जनौ आयोजनामा लागनी गर्ने उनले जानकारी दिए ।

देशकै सबैभन्दा धेरै जलविद्युत् उत्पादन गर्ने चिनको चेन्दु प्रान्तबाट आउन लागेको टोलीले ५० मेगावाटको आयोजनाहरु सफल भएमा त्योभन्दा ठूला आयोजनामा पनि हात हाल्ने प्रधानले बताए । उनले चिनको लगानीलाई आकर्षित गर्न नेपाल सरकारसँग पहल भइरहेको बताए । ुसरकारले वातावरण वनाइदिए लगानीको कमी छैनु उनले भने ुचिनले ठूला आयोजनामा पनि हात हाल्छ ।ु






No comments:

Post a Comment

thanks for comment