घिउ तेल र मैदाको मूल्य वढ्यो

सुदर्शन सापकोटा
काठमाडौं साउन १९

वनस्पति घिउ तथा तेलको मूल्य प्रति लिटर ७ रुपैयाँले वढेको छ । मैदा पनि प्रति केजी २ रुपैयाँले वढेको छ । सरकारले विगतमा दिँदै आएको कर छुट घटाएपछि मूल्य वढेको हो । ुकर छुट नदिएपछि मूल्य वढेको होु नेपाल वनस्पति घिउ तेल उत्पादक संघका उपाध्यक्ष मनिषकुमार अग्रवालले भने ।

सरकारले चालु आर्थिक बर्षको बजेटबाट घिउ तथा तेलमा मूल्य अभिबृद्धि कर भ्याट छुट हटाएको छ । घिउ तेल उत्पादन गर्न आवश्यक कच्चा पदार्थको आयातमा ५ प्रतिशत आयात शुल्क पनि लगाएको छ । यसअघि भ्याट ६।५ प्रतिशत मात्र थियो ।

मैदामा दिँदै आएको भ्याट छुट घटाएपछि त्यसको पनि मूल्य वढेको नेपाल फ्लोर मिल्स् एशोसिएसनका अध्यक्ष कुमुदकुमार दुगडले नागरिकसँग भने । मैदामा दिदै आएको ५० प्रतिशत भ्याट छुट घटाएर २५ प्रतिशतमा झारिएको छ । ुभ्याट छुट घटाएपछि थोक मूल्य प्रति क्विन्टल ८० रुपैयाँ महङो भएको छु उनले भने । बजेटबाट भ्याट छुट घटाएपछि साचालनमा रहेका मैदा उद्योग पनि बन्द हुने जानकारी दिए ।

भारतले मैदामा कुनै कर लगाएको छैन । एशोसिएसनका अनुसार भारतीय उत्पादनभन्दा नेपाली मैदा प्रति क्विन्टल १ सय ५० रुपैयाँ महङो छ । ुकर छुट घटाएपछि नेपाली मैदाले भारतीयसँग प्रतिस्पर्धा गर्न सक्दैनु उनले भने ुचोरी पैठारी भएर भारतीय मैदा नेपाल आउने भएकाले नेपाली मिल संकटमा पर्नेछ ।ु अहिले मुलुकमा २२ मध्ये १३ मैदा मिल मात्र साचालनमा छन् ।

भारतले मैदाको कर छुट गरेपछि सिमावर्ती क्षेत्रमा भारतीय चलखेल सुरु भइसकेको उनले बताए । ुसीमाका चार स्थानमा भारतीयहरुले उद्योग खोलिसकेका छन्ु दुगडले भने । उनका अनुसार रक्सौलमा भारतीय मनकामना र सयम फ्लोर मिल साचालन छन् । सुनौलीमा जयसवाल फ्लोर मिल र नेपालगाजको रुपेडियामा सपना फ्लोर मिल नेपाललाई लक्षित गरेर खोलिएका छन्

आयात शुल्क तथा भ्याटका कारणले मात्र घिउतेलको लागतमा १८ प्रतिशत मूल्य वढेको अग्रवालले बताए । ुकर अत्याधिक वढेपछि नेपाली उत्पादन महङो भएर भारतीय घिउ तेलको चोरी पैठारी भएको अग्रवालले बताए । ुमूल्य वढेपछि तराइमा अवैध तरिकाले घिउ तेलको विक्री वढेको छु उनले भने । भारत र नेपालको करबीचको फरक १४ प्रतिशत छ । ुकरमा यतिधेरै फरक परेकाले मूल्य वढ्दा भारतबाट सस्तोमा घिउतेल भित्रिनु स्वभाविक होु अग्रवालले भने ।

नेपालको तुलनामा भारतमा घिउतेलको मूल्य १० रुपैयाँ प्रतिकेजी सस्तो छ । भारतीय उत्पादनको मूल्य सस्तो भएपछि नेपालमा त्यसको विक्री वढिरहेको अग्रवालले बताए । भारतले घिउतेलको आयात शुल्क शुन्यमा झारेको तथा भ्याट ४ प्रतिशत मात्र लगाएकाले त्यहाँको उत्पादन नेपालको भन्दा सस्तो भएको हो । ुअहिले तराइमा नेपाली घिउतेल पाइन्दैनु उनले भने ुभारतीय उत्पादन मात्र पाइन्छ ।ु

कर वढेपछि भारतीय उत्प्ादनसँग प्रतिस्पर्धा गर्न नसकिने घिउ तथा मैदा उद्योगीले बताए । उनीहरुका अनुसार करका कारण प्रतिस्पर्धा हुन नसक्दा नेपाली उपभोक्ता पनि गुम्ने अवस्थामा पुगेको छ । ुउपभोक्ताले जुन सस्तो पर्छ त्यही किन्छु दुगडले भने ुयसले गर्दा निर्यात वन्द भएको छ नै आफ्ना घरेलु उपभोक्तालाई पनि गुमाइरहनु परेको छ ।ु

चौरी पैठारीका मैदा अहिले काठमाडौंसम्म आउन थालेको दुगडले दावी गरे । ुकेही वर्ष अघिसम्म सीमा क्षेत्रमा मात्र चोरी पैठारीका मैदा आउने गरेका थिएु दुगडले भने ुअहिले चोरीपैठारीका मैदा काठमाडौंंसम्म आउन थालेका छन् ।ु

उनका अनुसार भारतीय मैदा नेपाली बजारम कम गुणस्तरको आउने गरेको छ । ुअबैध मैदालाई अनुगमन भएको छैनु दुगडले भने ुनेपाली मैदा भने गुणस्तर मापदण्ड पुरा गरेर तोकिए अनुसार बजारमा आउँछ ।ु


No comments:

Post a Comment

thanks for comment