प्राधिकरणले ३२ प्रशारणलाइन निर्माण गर्ने

सुदर्शन सापकोटा
काठमाडौं भदौ २
नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण साजाल फराकिलो बनाउन ३२ नयाँ प्रशारणलाइन निर्माण गर्ने भएको छ । ५ प्रशारणलाइनको निर्माण सुरु भइसकेको छ । ु३२ प्रशारणलाइनका लागि सरकारले लगानी गर्ने भएको छु प्राधिकरणका कार्यकारी निर्देशक जिवेन्द्र झाले भने ।

अनुमानित ५५ अर्ब रुपैयाँ लागतमा ३२ प्रशारणलाइन निर्माण गरिने भएको छ । राष्ट्रिय विद्युत संकट निवारण कार्यक्रमअन्तर्गत १० बर्षे योजनासहित प्रशारणलाइन निर्माण गरिने भएको हो । ुप्राधिकरणले ४ सय २२० र १३२ केभीका प्रशारणलाइन निर्माण गर्नेछु झाले भने । उनले ती प्रशारणलाइन २ हजार ४ सय ३९ किलोमिटरको हुने जानकारी दिए ।

प्राधिकरणले २२० केभी क्षमताका खिम्ति-ढल्केवर र हेटौंडा-भरतपुर तथा १३२ केभीका कुसुम-हापुरे थानकोट-चापागाउँ-भक्तपुर र हेटौडा सबस्टेशनका प्रशारणलाइन निर्माण सुरु गरिसकेको छ ।

प्राधिकरणले २२० केभीको भरतपुर-वर्दघाट तथा १३२ केभीका वुटवल-कोहलपुर दोस्रो सर्किट मस्र्याङदी-डुम्रे-दमौली र मिर्चैया-कटारी निर्माणका लागि तयरी भइसकेको झाले बताए । उनले १३२ केभी क्षमताका मातातिर्थ सवस्टेशन चपली पथलैया र स्याङजा प्रशारणलाइन सवस्टेशन निर्माण तयारी सुरु भइसकेको जानकारी दिए ।

प्राधिकरणले २२० केभीका लेखनाथ-दमौली र उच्च भोल्टेज ट्रान्सफरमर सुदृढीकरणलाई प्रस्ताव गरेको छ । प्राधिकरणले उच्च भोल्टेजको क्यापेसिटर बैंकको जडानलाई पनि प्रस्ताव गरेको छ । यसका लागि नर्वेजियन सरकारसँग वार्ता भइरहेको उनले जानकारी दिए ।

झाले गत आर्थिक बर्षमा प्राधिकरणले करिव ४३ मेगावाटका १२ आयोजनासँग विद्युत खरिद सम्झौता भएको जानकारी दिए । उनले त्यसमध्ये ३ आयोजनासँग भएको विद्यमान खरिद सम्झौतामा संशोधन गरेकाले करिव ९ मेगावाट विजुली वढी उत्पादन हुने जानकारी दिए ।

अहिले प्राधिकरणसँग ८७ वटा विद्युत खरिद संझौता विचाराधिन अवस्थामा छन् । खरिद संझौता भएपछि थप १ हजार २ सय ९ मेगावाट विद्युत उत्पादन हुनेछ ।

प्राधिकरणले हालसम्म ५२ वटा आयोजनाको विद्युत खरिद संझौता गरिसकेको छ । यसबाट २ सय ८६ मेगावाट विद्युत उत्पादन हुनेछ । विद्युत उत्पादन भने १९ आयोजनाबाट भइरहेको छ । यसबाट १ सय ५८ मेगावाट विद्युत उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यो बर्षदेखि २५ मेगावाट क्षमतासम्मका आयोजनाबाट उत्पादन हुने विद्युतलाई प्रोत्साहन गर्न निष्चित दररेट निर्धारण गरी खरिद गर्ने भएको छ । ुयसबाट विदुत खरिद सम्झौता सरल हुनेछु झाले भने ।

आगामी हिउँदमा लोडसेडिङ अझ वढ्ने भएपछि प्राधिकरणले त्यसको व्यवस्थापनका लागि उत्पादन प्रशारण र वितरण क्षमताको अभिबृद्धि गर्न चुहावट नियन्त्रणलाई मूख्य प्राथमिकता दिने भएको छ । यसका लागि माग व्यवस्थापन भारतबाट अधिकतम विद्युत आयात र तापिय तथा जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा साचालन गर्ने योजना प्राधिकरणले बनाएको छ ।

प्राधिकरणले भारतबाट अधिकतम विजुली आयात गर्ने जनाएपनि भारतले व्यापारिक दररेटमा खरिद गरे मात्र दिने गत वुधवार सम्पन्न उर्जा आदन-प्रदान समितिको वैठकमा बताइसकेको छ । नेपालले भारतसँग हाल खरिद गर्दै आएको ५० मेगावाट सहुलियतको विजुली १ सय ५० मेगावाट पुर् याउन आग्रह गरेको थियो ।

सहुलियतमा १ सय ५० मेगावाट विद्युत भारतले दिएपनि अहिलेकै अवस्थाम त्यो ल्याउन भने सम्भव छैन । भारतबाट थप विजुली ल्याउन ४ सय केभीको शक्तिशाली प्रशारणलाइन आवश्यक पर्ने हुँदा नेपालसँग १३२ केभी क्षमताभन्दा ठूलो प्रशारणलाइन नभएकाले ल्याउन सम्भव नहुने भएको हो ।

भारतसँग अधिकतम विद्युत ल्याउनका लागि नै नेपाल र भारत मिलेर कम्पनी स्थापना गरी ४ सय केभीको प्रशारणलाइन निर्माण गर्ने यसअघि नै सहमति भएको थियो । कम्पनी स्थापन गर्न समय लाग्ने भएपछि नेपाले भारतसँग त्यो प्रशारणलाइन निर्मण गरिदिन आग्रह गरेको प्राधिकरण स्रोतले बतायो । प्रशारणलाइन भारततर्फ ४ र नेपालतर्फ १४ किलोमिटर निर्माण गर्नु पर्नेहुन्छ ।




No comments:

Post a Comment

thanks for comment