१ सय मेगावाटमाथिका १६ परियोजनालाई सर्भे अनुमित

काठमाडौं साउन १५
जलविद्युत् उत्पादनका लागि सर्भे गर्न १६ परियोजनाले अनुमति लिएका छन् । १ सय मेगावाटभन्दा माथिका परियोजनाका लागि अनुमति लिइएको हो । ४ हजार ४ सय ९७ मेगावाट विद्युत् उत्पादनका लागि ती कम्पनीले अनुमति लिएको नेपाल विद्युत् विकास विभागले जनाएको छ ।

सर्भे अनुमति लिएका कम्पनीले आयोजनको संभावित लागत खर्च संभाव्यता अध्ययन वातावरणीय प्रभाव मूल्यांकनलगायतका बिषयमा अध्ययन गर्नु पर्छ । अध्ययन प्रतिवेदनपछि मात्र आयोजना निर्माण गर्न सकिन्छ ।

५ परियोजनाका लागि नेपाल विद्युत् प्राधिकरणले अनुमति लिएको छ । बाँकी परियोजनाका लागि निजी कम्पनीले अनुमति लिएका छन् । अनुमति लिएका मध्ये सबैभन्दा ठूलो ६ सय मेगावाटको तामाकोशी-३ रहेको बिभागले जनाएको छ । दोलखास्थित तामाकोशीमा आयोजना निर्माण गर्न एसएन पावर होल्डिङ िसंगापुर प्रालिले अनुमति लिएको हो ।

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीका लागि माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले अनुमति लिएको छ । कम्पनीले दोलखाका ५ गाविसमा तामाकोशीमा बाँध वाँधेर विद्युत् उत्पादन गर्नका लागि अनुमति माग गरेको हो ।

सतलज जलविद्युत् निगमले ४ सय २ मेगावाटको आयोजना निर्माणका लागि सर्भे गर्न अनुमति लिएको विभागले जनाएको छ । विभागका अनुसार संखुवासभाको अरुण-३ आयोजनाका लागि अनुमति लिएको छ । भारतीय कम्पनीले आयोजना निर्माणका लागि अघिल्लो बर्ष अनुमति लिएको हो ।

नेपाल विद्युत् प्राधिकरणले ४ सय मेगावाटको नलस्यागु परियोजनाका लागि अनुमति पाएको छ । जयरकोटको नलस्यागु गडमा आयोजना निर्माण गरिने छ ।

माथिल्लो तामाकोशीको सर्भेका लागि विद्युत् प्राधिकरणले अनुमति लिएको छ । दोलखाको लामावगरमा ३ सय ९ मेगावाटको तामाकोशीका लागि अनुमति लिएको हो । संखुवासभाको तल्लो अरुणका लागि पनि अनुमति दिएको विभागले जनाएको छ । ३ सय ८ मेगावाटको अरुणका लागि ब्रासपावर ब्राजिलले अनुमति लिएको हो ।

विभागले माथिल्लो कर्णालीका लागि पनि अनुमति दिएको जनाएको छ । ३ सय मेगावाटको आयोजनाका लागि जीएमआर माथिल्लो कर्णाली जलविद्युत् कम्पनीले अनुमति लिएको छ । ३ सय मेगावाटको उत्तर गंगा परियोजनाका लागि प्राधिकरणले अनुमति लिएको छ । गंगा वागलुङ जिल्लामा पर्छ ।

२ सय ५० मेगावाटको माथिल्लो मस्र्याङदी-२ का लागि सर्भे अनुमति दिइएको विभागले जनाएको छ । हिमताल हाइड्रोपावर कम्पनीले मनाङस्थित आयोजनाका लागि अनुमति लिएको हो । गएको जेठमा मात्र पीइएस इनर्जी लिमिटेडडले सर्भे अनुमति लिएको छ । फुलकोट कर्णालीका लागि कम्पनीले अनुमति लिएको हो । २ सय १० मेगावाटको आयोजनाका लागि भारतीय कम्पनीले अनुमति लिएको हो ।

१ सय ९४ मेगावाटका दुई ंपरियनाका लागि एससी पावर कम्पनीले अनुमति लिएको विभागले जनाएको छ । तिला-२ र ३ का लागि अनुमति दिइएको हो । दुवै आयोजना कालिकोटको छपरे र पाखामा पर्छन् ।

१ सय ८४ मेगावाटको माथिल्लो कर्णालीका लागि एभरेष्ट पावर कम्पनीले अनुमति लिएको छ । १ सय ४२ र १ सय २७ मेगावाटको आयोजनाका लागि प्राधिकरणले अनुमति लिएको छ । सेती त्रिसुली र माथिल्लो सेतीका लागि अनुमति लिएको हो ।

No comments:

Post a Comment

thanks for comment