सिएफएल चिम वितरण सुरु

काठमाडौं भदौ २
प्राधिकरणले सोमवारदेखि सिएफएल चिमको निशुल्क वितरण गर्ने अभियान सुरु गरेको छ । प्राधिकरणको २४औ बार्षिकोत्सवको अवशर पारेर उर्जामन्त्री प्रकासशरण महतले ललितपुरबाशीलाई चिम वितरण गरे अभियानको सुरुवात गरे । कम विद्युत खपत हुने सिएफएल चिमको प्रयोगबाट ८० प्रतिशत विद्युत महशुल कम हुने प्राधिकरणले जनाएको छ ।

जिआइ र रेडियन ब्रान्डका ती चिम राजधानीको ९० स्थानबाट वितरण गरिने प्राधिकरणका महाप्रवन्धक दिपकप्रसाद उपाध्यायले बताए । उनले २० युनिटभन्दा कम विद्युत उपभोग गर्ने ग्राहकलाई १ चिम र २० भन्दा माथि उपभोग गर्नेलाई दुई सिएफएल चिम किन्दा दुई निशुल्क वितरण गरिने जानकारी दिए ।

विद्युत उपभोग गर्ने कुल १६ लाख ७० हजार ६ सय १० परिवारमध्ये ३५ प्रतिशत उपभोक्तालाई लक्षित गरी चिम वितरण अभियान सुरु गरिएको उनले बताए । अभियान सफल भएमा बार्षिक २५ मेगावाट विद्युत खपत कम हुने उपाध्यायले दावी गरे । केही समयपछि देशका अन्य स्थानमा पनि चिम वितरण सुरुगरिने प्राधिकरणले जनाएको छ ।

No comments:

Post a Comment

thanks for comment