कुलेखानीमा पानी वढ्यो


नागरिक सम्वाददाता
काठमाडैं भदौ ९
कुलेखानी जलविद्युत आयोजनामा पानीको सतह बढेकाले आगामी हिउँदमा लोडसेडिङ केही कम हुने भएको छ । कुलेखानी जलासयमा गत बर्षको तुलनामा १४ मिटर पानीको सतह बढेको छ । जलासययुक्त एक मात्र कुलेखानी आयोजना हिउँदको लोडसेडिङ कमगर्ने प्रमुख स्रोत हो । यसबाट ६० मेगावाट विद्युत उत्पादन हुन्छ ।

कुलेखानीमा पानीको सतह बढ्दै गएकाले लोडसेडिङ केही घट्ने विद्युत प्राधिकरणले जनाएको छ । अहिले १ हजार ५ सय १० मिटर पानी भरिएको छ । आयोजना पुरै भरिन अझै २६ मिटर बाँकी छ ।

ुगत बर्षको भन्दा पानीको सतह वढेको छु विद्युत प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख शेरिसंह भाटले भने ुपुरै जलासय भरिएमा लोडसेडिङ गत हिउँदको तुलनामा केही कम हुन्छ ।ु

बर्षाले साथ दिएमा आगामी १५ दिनमा कुलेखानी जलासय पुरै भरिने प्राधिकरणले जनाएको छ । कुलेखानीको पानी भण्डार गर्ने क्षमता १ हजार ५ सय ३६ मिटर रहेको छ । गत हिउँदमा कुलेखानीको पानी रित्तिएकाले दैनिक १८ घण्टासम्म लोडसेडिङ भएको थियो ।

अरु आयोजना ुरन अफ रिभरु प्रकृतिको भएकाले हिउँदमा पानीको वहाव कम हुँदा विद्युत उत्पादन धेरै कम हुन्छ । यस्तो अवस्थामा बर्षामा पानी भण्डारण गरी हिउँदमा विद्युत उत्पादन गर्न कुलेखानी एक मात्र विकल्प हो ।

खेरजाँदै ९ लाख युनिट
हेटौडा-भरतपुर प्रशारणलाइनको तार फेर्न नसक्दा दैनिक ९ लाख युनिट विद्युत खेर गइरहेको छ । चितवनमा पर्ने प्रशारणलाइनको तार फेर्न स्थानीय वासिन्दाले अवरोध पुर् याएकाले विद्युत खेर गएको जानकारी उर्जा मन्त्रालयका प्रवक्ता अनुप उपाध्यायले दिए ।

दोहोरो सर्किट निर्माण गर्न सकिने गरी गाडिएको प्रशारणलाइनको पोलमा पुरानो तार फेर्न तथा दोस्रो सर्किटको तार जोड्न स्थानीयले नदिएको प्राधिकरणका प्रशारणलाइन तथा प्रणाली विाभागका महाप्रबन्धक युगलकिशोर साहले जानकारी दिए । अवरोधका कारण १३२ केभी क्षमताको प्रशारणलाइनले क्षमता अनुसारको काम गर्ननसक्दा विद्युत खेर गएको हो ।

स्थानिय वासिन्दाको अवरोध खुलावउन प्राधिकरणले उनीहरुसँग पटक-पटक प्रयास गरेपनि सफल हुन सकेको छैन । गत साता मात्रै प्राधिकरणको चितवन कार्यालयले अवरोधकर्ता स्थानीयसँग वार्ता गरेको थियो । स्थानीयले आफ्नो जमिनमा परेको प्रसारणलाइनको पोल सार्न र नसारे मुआब्जा दिन प्राधिकरणसँग माग गरेका छन् ।

एक परिवारले दैनिक अधिकतम १० युनिट विद्युत खपत गरेभने पनि खेर गएको बिजुलीबाट ९० हजार परिवार लाभान्वित हुन्छन् । विद्युत खेरजाँदा प्राधिकरणलाई दैनिक ६० लाख ७५ हजार रुपैयाँ घाटा परिरहेको छ । प्राधिकरणले प्रतियुनिट ६ रुपैयाँ ७१ पैशाका दरले विद्युत विक्री गर्छ ।

No comments:

Post a Comment

thanks for comment