सरकारको आन्तरिक ऋण १ खर्व २० अर्ब


एक नेपालीले ४ सय वढी तिर्नु पर्ने
सुदर्शन सापकोटा
काठमाडौं भदौ २५
सरकारले १ खर्ब २० अर्ब रुपैयाँ आन्तरिक ऋण तिर्न बाँकी रहेको छ । यो रकम चालु आर्थिक बर्षको बजेटको झण्डै आधा हो । सरकारले राष्ट्र बैंकमार्फत उठाएको यो ऋण एक नेपाली बरावर ४ हजार १ सय ६८ रुपैयाँ हुन आउँछ ।

ट्रेजरी विल्स विकास ऋण राष्ट्रिय बचतपत्र विशेष ऋण तथा नागरिक बचतपत्रका रुपमा लिएको यो ऋण दिर्घकालिन र अल्पकालिन प्रवृतिको भएको राष्ट्र बैंकले जनाएको छ । यो बर्ष पनि सरकारले ३१ अर्ब ९१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरिरहेको छ । संसदले आर्थिक विधेयक बजेट पास गरेपछि यो ऋण उठाउन थाल्नेछ । गत बर्ष सरकारले १९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो । लक्ष्यभन्दा यो रकम ६ अर्ब रुपैयाँ कम हो ।

सरकारको सबैभन्दा वढी ऋण टे्रजरी विल्सबापत लिएको छ । राष्ट्र बैंकले जारी गर्ने यो सरकारी ऋणपत्र तरलता व्यवस्थापन गर्ने मौदि्रक औजार हो । सरकारले ७१ दशमलव ५७ प्रतिशत रकम टे्रजरी विल्समा भूक्तानी गर्नु पर्ने छ । कुल आन्तरिक ऋणमध्ये ८६ अर्ब ५१ करोड ५० लाख रुपैयाँ टे्रजरी विल्समा तिर्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । गत बर्ष सरकारले ९ अर्ब रुपैयाँ टे्रजरी विल्सबाट ऋण लिएको थियो । मूख्यत वाणिज्य बैंक तथा वित्तीय संस्थाले यो ऋणपत्र खरिद गर्दछन् । यसले सर्वसाधारण सहभागितालाई पनि स्वागत गर्छ ।

यो साता मात्रै राष्ट्र बैंकले १ अर्ब ८५ करोड रुपैयाँ टे्रजरी विल्सको नविकरण गरेर सरकारका लागि ऋण उठाइदिएको छ । तीन महिने र एक बर्षे अवधिका लागि टे्रजरी विक्री गरिएको राष्ट्र बैंक अधिकारीले नागरिकलाई बताए । उनले तीन महिनाका लागि ८५ करोड र एक बर्षका लागि १ अर्ब रुपैयाँको टे्रजरी विक्री गरिएको जानकारी दिए ।

आगामी साता पनि राष्ट्र बैंकले टे्रजरी नविकरण गरेर विक्री गर्ने जनाएको छ । एक महिना अवधिको ५० करोड तीन महिनाका लागि १ अर्ब ३० करोड र ६ महिनाका लागि १ अर्ब ८२ करोड रुपैयाँको टे्रजरी विक्री गर्ने लक्ष्य लिएको राष्ट्र बैंक अधिकारीले जानकारी दिए ।

राष्ट्र बैंक अधिकारीका अनुसार साउन मसान्तसम्म मात्र सबैभन्दा वढी विकास ऋणपत्रमार्फत सरकारले ऋण लिएको छ । पुर्वाधार निर्माण तथा विकास कार्यमा खर्च गर्न सरकारले यस्तो ऋण लिने अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार केशव आचार्यले जानकरी दिए । कुल आन्तरिक ऋणको २४ दशमलव ३९ प्रतिशत रकम विकास ऋणपत्रका लागि सरकारले तिर्नु पर्ने छ ।

विस्तारै घटाउँदै लगेको राष्ट्रिय बचतपत्रमा सरकारले २१ करोड ६९ लाख रुपैयाँ तिर्नु पर्ने राष्ट्र बैंक अधिकारीले बताए । उनले भविस्यमा राष्ट्रिय बचतपत्रलाई हटाएर नागरिक बचतपत्रका रुपमा सर्वसाधारणसँग ऋण लिने जानकारी दिए । ुराष्ट्रिय बचतपत्र र नागरिक बचतपत्रको प्रकृति एकै भएकाले यसलाई नागरिक बचतपत्रका रुपमा कायम गर्न लागिएको होु राष्ट्र बैंकका एक अधिकारीले भने ।

विशेष ऋणपत्रमा सरकारले २२ करोड ९६ लाख रुपैयाँ तिर्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । यो कुल आन्तरिक ऋणको शुन्य दशमलव १९ प्रतिशत हो । निर्यात प्रवद्र्धनका लागि जारी गरिने यो ऋणपत्र सरकारले व्यवशायीलाई पैशाको साटोमा दिने गर्छ । विशेष ऋणपत्रको धितोमा ऋण सुविधा उपलब्ध हुन्छ ।
सर्बसाधारणलाई सरकारले ४ अर्ब ४३ करोड ३६ लाख रुपैयाँ तिर्न बाँकी रहेको राष्ट्र बैंक अधिकारीले जानकारी दिए । उनका अनुसार नागरिक बचतपत्र मार्फत लिएको यो रकम कुल आन्तरिक ऋणको ३ दशमलव ६७ प्रतिशत हो । निष्चित समयावधिका लागि सर्वसाधारणबाट उठाइने यो ऋणमा सरकारले व्याज दिने गर्छ ।



No comments:

Post a Comment

thanks for comment