मेलम्चीलाई वहुदस्यीय वनाउनु हुँदैन

नागरिक संवाददाता
काठमाडौं भदौ १४
उर्जामन्त्री प्रकाशसरण महतले तत्कालका लागि मेलम्चीलाई खानेपानी आयोजनाका रुपमा मात्र अगाडि वढाउनु पर्ने बताएका छन् । मेलम्ची खानेपानी आयोजनाको अहिलेको सुरुङ ठूलो गरेमा विद्युत उत्पादन गर्न सकिने आवाज उठिरहेका बेला उर्जामन्त्रीले तत्कालको आवश्यकता खानेपानी भएकाले मेलम्चीलाई त्यही रुपमा अगाडि वढाउनु पर्ने बताएका हुन् ।

विद्युत उत्पादन गर्नका लागि मेलम्चीको सुरुङ अहिलेको भन्दा ३ किलोमिटर वढाउनु पर्ने हुन्छ । यसका लागि ५ अर्ब ६० करोड रुपैयाँ थप भारपर्ने तथा खानेपानी आयोजना सम्पन्न गर्न अरु तीन अर्ब रुपैयाँ लाग्ने यसअघि नै निपोन काइ कम्पनीले अध्ययनबाट जनाइसकेको छ ।

ुमेलम्ची ९ बर्ष ढिलो भइसक्यो अझै ढिलो गर्नु हुँदैनु सार्वजनिक लेखा समितिले सोमवार संसद सचिवालयमा गरेको अन्तकृ्रयामा महतले भने ुविद्युत आयोजना थप्दै लैजाने हो भने लागत र समय निकै वढ्ने छ ।ु उनले मेलम्चीलाई आफूले चाहेर वहुउद्देश्यीय परियोजना बनाउन नसकिने बताउँदै यसको उदेश्य वढाउँदै लगेमा दातृ निकायले हात झिक्ने दावी गरे ।

खानेपानी आयोजनालाई जलविद्युतसमेत उत्पादन हुने गरी वहुउद्दश्यीय बनाउँदा ठेकेदारलाई १ अर्ब २० करोड रुपैयाँ क्षतिपुर्ति दिनुपर्ने हुन्छ । नेपाल सरकारले सन् २००० मा आयोजनाबाट विद्युत उत्पादन नगर्ने भन्दै दाता तथा ठेकेदार कम्पनीसँग सहमति गरेकाले क्षतिपुर्ति दिनुपर्ने हुन्छ ।

महतले आर्थिक समस्याका कारणले थोक वितरण प्रणाली तथा पानी वितरण प्रणालीको साजालमा सुधारात्मक कदम चाल्न समेत नसकेर सेवा क्षेत्रलाई सिमित गरिएको बताए । उनले मेलम्चीलाई खानेपानीवाहेक अन्य उदेश्यअनुसार संरचना स्तरोन्नति र डिजाइन परिवर्तन सम्भव नरहेको दावीसमेत गरे । मेलम्चीलाई अहिलेको उदेश्यअनुसार अगाडि वढाएमा २०१२ सम्म काठमाडौं पानी भित्राउन सकिने छ । आयोजनाको अनुमानित लागत २१ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।

पर्याप्त प्राविधिक वित्तीय वातावरणीय र सामाजिक अध्ययन नभएकाले मेलम्चीलाई वहुउद्देश्यीय आयोजनाका रुपमा अगाडि बढाउन नसकिने विभिन्न अध्ययनले देखाएको छ । विद्युत उत्पादन गर्दा पहिलो चरणको काम सकिने समय ५ बर्ष लम्विने छ । वहुउदेश्यीय संरचना निर्माणका लागि दाताबाट सहयोग अनिष्चित हुने भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव पूर्णप्रसाद कडरियाले जानकारी दिए ।

विद्युत उत्पादन गर्नका लागि वाग्मति नदीमा १२ घनमिटर प्रतिसेकेन्ड पानी प्रवाह गर्नु पर्ने हुन्छ । यसो हुन सकेमा २५ मेगावाट विद्युत उत्पादन हुने सरकारी अध्ययनले देखाएको छ । वाग्मतिमा ठूलो परिमाणमा पानी छाड्दा वातवरणीय असर पर्नसक्ने भएकाले पनि यसलाई खानेपानीका रुपमा नै निर्माण गर्नु पर्ने मेलम्ची खानेपानी आयोजनाका प्रमुख गजेन्द्र ठाकुरले लेखासमितिलाई जानकारी दिए ।

उनले आयोजनालाई चरणवद्ध रुपमा निर्मण गर्ने जानकारी दिँदै काठमाडौं उपत्यकामा चाँडोभन्दा चाँडो खानेपानी ल्याउनु पर्ने भएकाले अहिले पहिलो चरणको निर्मण भइरहेको बताए । पानीको माग वढेपछि दातृ संस्थाबाट ऋण प्राप्त भएमा दोस्रो चरण सुरु गरिने छ । ुआयोजना निर्मणका लागि पैशा कम छ त्यसैले चरणवद्ध रुपमा निर्मण गर्ने भएको होु उनले भने । आर्थिक अभावका कारण १७ करोड लिटर प्रतिदिन क्षमताको आयोजनालाई घटाएर पहिलो चरणमा ८ करोड ५० लाख लिटरको निर्माण गरिने भएको छ ।

मेलम्चीको सडकस्तर सुधार तथा गोकर्ण-सुन्दरीजल ५ किलोमिटर सडक निर्माण भइसकेको छ । २२ किलोमिटर लामीडाँडा-मेलम्ची सडकको ४० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । आयोजनाका लागि आबश्यक १० पुल तथा १८ किलोमिटरको मूख्य प्रवेसमार्ग पनि निर्माण भइसकेको ठकुरले बताए ।

िसंचाइ मन्त्री वालकृष्ण खाँडले भूमिगत पानी एकदमै प्रदुसित भएकाले मेलम्चीलाई जसरी पनि भित्राउनु पर्ने बताए । उनले राजधानीको जुनसुकै ठाउँबाट भूमिगत पानी निकाले पनि त्यो प्रदुसित हुने जानकारी दिए । आयोजना ढिला भएमा प्रदुसित पानीबाट राजधानीवासीको स्वास्थ्यमा असर पर्ने उल्लेख गर्दै उनले मेलम्चीलाई खानेपानी आयोजनाका रुपमा अगाडि वढनु पर्ने बताए ।

विज्ञहरुले भने एकैपटक खानेपानी र विद्युत उत्पादन हुने भएकाले मेलम्चीलाई वहुउदेश्यीय आयोजनाका रुपमा अगाडि वढाउनु पर्ने तर्क गरेका छन् । रत्नसन्सार श्रेष्ठ अनन्दकुमार थापा दिपक वोहोरालगायतले मेलम्चीबाट २ सय ६५ मेगावाट विद्युत उत्पादन गर्न सकिने दावी गरे । ुएउटा आयोजनाबाट धेरै फाइदा लिनसकिन्छ भने तत्तकालको फाइदा नहेरी मेलम्चीलाई वहुउदेश्यीय बनाउन कन्जुस्याँइ गर्नु हुँदैनु श्रेष्ठले भने ।










No comments:

Post a Comment

thanks for comment