सेयरमा रोजगारी

काठमाडौं भदौ ७
सेयर बजारमा लगानीकर्ता आकर्षित भएपछि रोजगारी श्रृजना भएको छ । बजार फराकिलो भएपछि त्यसलाई आधुनिक र व्यवस्थित गर्दै छिटो छरितो सेवाका लागि यस क्षेत्रमा दक्ष जनशक्ति आवश्यक भएको हो । ुबजार वढ्दा रोजगारी श्रृजना भइरहेको छु धितोपत्र वोर्डका निर्देशक निरज गिरीले भने ।

सेयर बजारसँग सम्वन्धि काम गर्ने दलाल मर्चेन्ट बैंक पोर्टफोलियो म्यानेजमेन्ट सेयर विश्लेषणलगायत कम्पनीको वृद्धि भएको छ । सेयर दलालले सेयर किन्ने र वेच्नेबिच सम्वन्ध स्थापित गरी स्टक एक्सचेन्ज नेप्से मार्फत कारोवार गर्छन् । मर्चेन्ट बैंकले प्राथमिक तथा हकप्रद निष्कासन गर्ने र नामसारी तथा दर्तालगायतको काम गर्छ ।

पोर्टफोलियो म्यानेजरले लगानीकर्ताको रकम विभिन्न कम्पनीको सेयरमा लगाएर जोखिम न्यूनीकरण गर्ने गर्छ । पैशा हुने तर लगानी गर्ने आइडिया नभएका र व्रोकरसम्म जाननसक्नेलाई पोर्टफोलियो म्यानेजरले सघाउन्छन् । यस्तो काम म्युचुअल फण्डले पनि गर्छ । तर नेपालमा म्युचुअल फण्ड सम्वन्धि ऐन नबनिसकेकाले यो साचालनमा आउन सकेको छैन । विश्लेषकले सेयर बजारको टे्रन तथा यसको विभिन्न वित्तीय अवस्थाको अध्ययन गरेर लगानीकर्तालाई सुसुचित गराउँछन् ।

ुसेयरमा स्कोप वढिरहेको छु वोर्डका नायव निर्देशक मुक्तिनाथ श्रेष्ठले भने ुबजार दिनहू वढिरहेकाले यससँग सम्वन्धित जनशक्तिको आवश्यकता पनि वढिरहेको छ ।ु ६२ कम्पनीको सेयरबाट कारोवार सुरु गरेको नेप्सेले अहिले १ सय ५९ कम्पनीको कारोवार गर्छ । सेयर निष्कासन गर्ने पब्लिक लिमिटेड कम्पनी थपिने क्रम वढेकाले तिनीहरुको सेयर पनि पुँजी बजारमा थपिदै जाने गिरीले बताए ।

बजार वढेपछि सेयर दलालकोमा पनि कर्मचारी वढेको धितोपत्र दलाल संघका पूर्वअध्यक्ष नवराज पोखरेलले बताए । उनले सेयर दलालको कार्यालयमा ८ देखि १० को संख्यामा कर्मचारीले रोजगारी गरिरहेको बताए । अहिले सेयर कारोवार गर्ने दलालको संख्या २३ छ । धितोपत्र वोर्डले अरु २७ दलाल थप्ने जनाएको छ ।

यसबाहेक पनि बजार प्रबद्र्धन तथा कमिसनको आधारमा काम गर्ने कर्मचारीको संख्या थपिदै गएको छ । उनीहरुले उपदलालको काम गर्दै लगानीकर्तालाई दलालसम्म ल्याएर कारोवारमा सम्मिलित गराए वापत कमिसन लिने पोखरेलले बताए । दलालको कार्यालयमा वाहेक दलालसँग मिलेर तलव कमिसन र कारोवारको आधारमा काम गर्ने कर्मचारी पनि रहेको उनले बताए । सेयर कारोवार वढी हुने समयमा करारका कर्मचारी थपिने गरेको उनले जानकारी दिए ।

उनले सेयर कारोवार गर्नका लागि दलालहरुलाई थप कार्यालय खोल्न स्वीकृति दिएमा अझै जनशक्ति आवश्यक हुने बताए । अहिले दक्ष कर्मचारीको अभाव भएको जानकारी दिँदै उनले सेयर कारोवार गर्ने माात्र होइन लगानीकर्तालाई सल्लाह दिने कर्मचारीको अभाव रहेको बताए ।

प्राथमिक हकप्रद र वोनस सेयर निष्कासन गर्ने तथा सेयरको नामसारी र दर्तालगायतका काम गर्ने मचेन्ट बैंकमा पनि रोजगारीको अवशर वढेको छ । अहिले १९ बैंक तथा वित्त कम्पनीले मर्चेन्ट तथा विक्री प्रवन्धकको काम गर्छन । यसमध्ये ९ ले विक्री प्रबन्धकको मात्र काम गर्ने लगानीकर्ताहरुको संगठन इन्भेष्टर फोरमले जनाएको छ ।

मचेन्ट बैंकको काम गर्ने तीन कम्पनी थपिने क्रममा छन् । श्रेष्ठका अनुसार वोर्डमा क्यापिटल इन्भेष्टमेन्ट आकास इन्भेष्टमेन्ट र नविल बैंकले मर्चेन्ट बैंकको कारोवार अनुमतिका लागि निवेदन दिएको जानकारी दिए । एउटा मर्चेन्ट बैंकका लागि अहिलेको बजारअनुसार २० देखि २५ कर्मचारी आवश्यक हुने गिरीले बताए । उनले बजार वढ्दै गएकाले कर्मचारी संख्या थपिने जानकारी दिए ।

विक्री प्रवन्धकको काम गर्दै आएको एस डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले शैक्षिक रुपमा योग्यले सेयर बजारमा रोजगारी पाउने बताए । ुबजार बढेकाले रोजगारी पनि वढेको छु उनले भने । सिडिस साचालनमा आएपछि मचेन्ट बैंकिङको कारोवार घट्ने भएकाले भविस्यमा रोजगार घटेपनि अहिले यसमा धेरै सम्भावना रहेको उनले बताए । सरकारले आगामी असोजमा सिडिएस साचालन गर्ने जनाएको छ । सिडिएस साचालनम आएपछि मचेन्ट बैंकले गर्दै आएको सेयर नामसारी हस्ताक्षर प्रमाणितलगायतका कार्य सफ्टवेयरबाट हुने भएपछि कारोवार खुम्चिने पाण्डेले बताए । ुयसले रोजगारीलाई प्रभावित गर्छु उनले भने ।

सेयर बजार विश्लेषण गर्ने कम्पनीहरुमा पनि पर्याप्त रोजगारी रहेको ज्याम टेक्नोलोजिजका प्रमुख कार्यकारी अशोक महर्जनले बताए । विश्लेषकले लगानकर्तालाई कुन सेयर राम्रो कसबाट चाँडै फाइदा लिन सकिन्छ कुन तत्काल किन्ने वा वेच्नेलगायतको सुझाव दिने काम गर्छ ।

महर्जनले नेपालमा सेयरको प्राविधिक विश्लेषण गर्ने जनशक्ति एकदमै कम रहेको बताए । बजारसँगै लगानीकर्ता वढेकाले उनीहरुलाई सेयर विश्लेषक पाउन गाह्रो परिरहेकाले यस क्षेत्रमा विश्लेषण गर्न जनशक्ति आवश्यक भएको उनले जानकारी दिए । ुहाम्रै कम्पनीलाई जनशक्ति अभाव छ खोजिरहेका छौ तर पाएको छैनु उनले भने । नेपालमा संगठनिक रुपमा सेयर विश्लेषण गर्ने ४ कम्पनी छन् । यसवाहेक लगानी कम्पनीले पनि विश्लेषण गर्छन् ।



No comments:

Post a Comment

thanks for comment