सिटीको डेभलपमेन्ट बैंकको सेयर

काठमाडौं माघ १०
सिटी डेभलपमेन्ट बैंकले माघ १९ गतेदेखि ६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । तीन बर्षदेखि साचालनमा आएको बैंकको साधारण सेयर निष्कासनपछि चुक्ता पुँजी २० करोड रुपैयाँ पुग्ने छ । अहिले बैंकको पुँजी १४ करोड रुपैयाँ छ ।
जगेडा कोषमा १२ करोड १४ लाख रुपैयाँ रहेको बैंकले एक सय रुपैयाँ अंकित दरका सेयर निष्कासन गर्न लागेको हो । एउटा जिल्लामा मात्र सिमित रहेका कम्पनीहरुको सेयर निष्कास हुँदा कयौं गुणा वढी आवेदन परिरहेको परिप्रेक्ष्यमा साचालनमा आएदेखि नै नाफा कमाउन सफल यो बैंकको सेयर पनि आकर्षक मानिन्छ ।
न्युनतम ५० कित्ताका लागि आवेदन दिन सकिने कम्पनीको सेयर अधिकतम २५ हजार कित्तासम्म माग गर्न सकिन्छ । कम्पनीको सेयर निष्कासन तथा विक्री प्रवन्धक एस डेभलपमेन्ट बैंक हो ।
क्षेत्रियस्तरको सिटी डेभलपमेन्ट बैंकले साधारण सेयर निष्कासनपछि तीन बर्षसम्म पुँजी नवढाउने नीति लिएको हुँदा वोनस सेयरको आसा गर्ने लगानीकर्तालाई यसको सेयर त्यति आकर्षणयुक्त नहुनसक्छ । तर नाफा कमाउँदै आएको र भविस्यमा पनि नाफा कमाउने सम्भावना भएकाले बैंकले नगद लाभांस भने उपलब्ध गराउन सक्छ । नेपाली लगानीकर्ता लाभांसमुखी नभएकाले यस्ता खालका लगानीकर्तालाई कम्पनीको साधारण सेयरले नतान्न सक्छ ।
साचालनमा आएको बर्ष ३९ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल बैंकले गत आर्थिक बर्षमा एक अर्ब २ करोड रुपैयाँभन्दा वढी निक्षेप संकलन गरेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले एक अर्ब १९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यो बर्षको अन्त्यसम्ममा निक्षेप अझ वढ्ने छ । निक्षेप संकलनको वृद्धिदर हेर्दा बैंकले छोटो समयमा नै सर्वसाधारणको मन जितेको पुष्टि हुन्छ ।
बैंकले निक्षेपलाई राम्रैसँग परिचालन गरेको छ भन्ने उसले गरेको खुद व्याज आम्दानीबाट देखिन्छ । बैंकले ६४ लाख खुद व्याज आम्दानीलाई वढाएर गत बर्ष २ करोड ५७ लाख रुपैयाँ पुर् याएको थियो । चालु बर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ९९ लाख रुपैयाँ पुगेको छ । कुल साचालन आम्दानी एक करोड ११ लाखबाट वढेर गत बर्ष ३ करोड ७० लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा साचालन आम्दानी १ करोड ४२ लाख रुपैयाँ भएको बैंकले जनाएको छ ।
लगानी पनि ५० लाखबाट एकैचोटी वढेर ८ करोड हुँदै चालु आर्थिक बर्षको असोज मसान्तसम्म १० करोड रुपैयाँ गरिसकेको छ । बैंकको खुद नाफाको वृद्धिदर पनि राम्रो छ । साचालनमा आएको बर्ष १४ लाख रुपैयाँ नाफा कमाएको बैंकले गत बर्ष एक करोड आठ लाख रुपैयाँ नाफ कमाएको थियो । चालु आर्थिक बर्षको पहिलो तीन महिनामा नाफा ४१ लाख रुपैयाँ गरेको छ । नाफको वृद्धिले सेयर लगानीकर्ताले पाउने प्रतिफल बढ्छ । बैंक यो कुराम सफल छ । बैंकको प्रतिसेयर आम्दानी पहिलो तीन महिनमा २ रुपैयाँ ९७ पैसा छ । यो आम्दानी न्युन देखिए पनि नाफाको वृद्धिदर हेर्दा विस्तारै वढ्ने देखिन्छ । गत बर्ष प्रति सेयर आम्दानी ७ रुपैयाँ ७३ पैसा थियो भने अघिल्लो बर्ष दुई रुपैयाँ थियो ।
बैंकको पाँच सदस्यीय साचालक समितिमा एक जना मात्र बैंकिङ ज्ञान भएका छन् । बाँकी सदस्य व्यापार व्यवशाय र शिक्षा क्षेत्रमा कार्यरत छन् । तर प्रमुख कार्यकारी अधिकृत १३ बर्षदेखि वित्तीय क्षेत्रमा कार्यरत छन् । उनले एमबिए उत्तिर्ण गरेका छन् । बैंक सफल हुनमा व्यवस्थापन र साचालक समितिको हात हुने भएकाले अहिलेको संरचनालाई राम्रो मान्न सकिन्छ । साचालक समितका अध्यक्ष राजेन्द्रकुमार वटाजुले वनस्पति शास्त्रमा स्नातककोत्तर गरेका छन् । उनी विभिन्न व्यवसायका साथै पोखराको माउण्ट अन्नपुर्ण कलेजका अध्यक्ष पनि हुन् ।


विश्वमोहन अधिकारी
प्रमुख कार्यकारी अधिकृत सिटी डेभलपमेन्ट बैंक

बैंकको सेयर किन किन्ने ?
मोफसलमा रहेर पनि राम्रो बैंकिङ सेवा दिन सफल छौं । साचालनमा आएदेखि नै नाफाको वृद्धिदर राम्रो छ । चालु बर्षको छ महिनामा एक करोड ३२ लाख रुपैयाँ नाफा गरेका छौं । निरन्तर नाफामा रहेको कम्पनीले सेयरधनीलाई प्रतिफल दिनसक्छ । हामी आगामी बर्ष १० देखि १५ प्रतिशतसम्म वोनस सेयर दिने सोचाइका साथ काम गरिरहेका छौं । बैंकको खराव कर्जा अहिलेसम्म शुन्यमा रहेकाले पनि यसमा जोखिम छैन । यो लगानीकर्तालागि आकर्षक पक्ष हो ।

कुन-कुन क्षेत्रमा बैंकले लगानी गरिरहेको छ ?
हामीले लगानीलाई विविधीकरण गरेका छौं । रियलस्टेट आवसिय हायरपर्चेज कृषि व्यक्तिगत सामाजिकलगायतका क्षेत्रमा कर्जा प्रवाह गरिरहेका छौं । कृषिमा हामीले अन्य कर्जाको तुलनामा एक प्रतिशत कम व्याजदरमा लगानी गरिरहेका छौं । अहिलेसम्म पाँच शाखाबाट हामीले लगानी व्यवस्थापनको कार्य गरिरहेका छौं । यसमध्ये तीन शाखा गाविसमा छन् । कास्कीको हेम्जा तनहुको भिमाद र लमजुङको भोटेओडारमा भएका शाखाले आर्थिक रुपमा पिछडिएको वर्गको जीवनस्तर उकास्ने खालका आर्थिक कार्यक्रमहरु साचालन गरिरहेको छ ।

आर्थिक अवस्था कस्तो छ नि ?
चालु आर्थिक बर्षको पुस मसान्तसम्म एक करोड ३२ लाख खुद नाफा कमाएका छौं । निक्षेप एक अर्ब ३२ करोड रुपैयाँ संकलन गरी एक अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छौं । लगानी पनि १५ करोड रुपैयाँ भएको छ । कर्जा निक्षेपको अनुपात सिडी रेसियो शुन्य दशमलव ८ छ । अहिले जोखिपुर्ण मानिएको रियलस्टेटमा कुल लगानीको ११ दशमलव ४४ प्रतिशत मात्र लगानी गरेका छौं । यो क्षेत्रमा १३ करोड रुपैयाँ लगानी भएको छ । हाउजिङमा पनि २२ प्रतिशत अर्थात २५ करोड १३ लाख रुपैयाँ लगानी भएको छ ।

बैंकको भावी योजना के छ ?
२०७० सम्म राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नती गर्ने लक्ष्य रहेको छ । यसका लागि विभिन्न चरणमा पुँजी वृद्धि गर्दै लैजान्छौं । राष्ट्रियस्तरको विकास बैंक बन्न ६४ करोड रुपैयाँ पुँजी आवश्यक भएकाले चार बर्षभित्र हामीले त्यति पुँजी पुर् याइसक्नु पर्ने हुन्छ । बैंकिङ सेवालाई अझ सर्वसुलभ वनाउन आधुनिक बैंकिङ सेवाको सुरुवात गछौं । अहिले पनि हामीले पोखराको तीन स्थानमा एटिएम जडान गरिसकेका छौं । ३६५ दिने बैंकिङका साथै स्थापना भएकै दिनदेखि सन्ध्याकालिन काउन्टर पनि साचालन गरिरहेका छौं । भोलीका दिनमा यसलाई अझ फैलाएर लाने हाम्रो योजना छ । हामीले सुनधितोमा कर्जा पनि सुरु गरेका छौं ।



No comments:

Post a Comment

thanks for comment