बैंकहरुले कर्जा प्रवाह रोके


व्याजदर वढाइएपनि निक्षेप वढेन
रिपोको पैसा सिआरआर व्यवस्थापन गर्नै ठिक्क
२२ अर्व रिपो छाडियो
काठमाडौं फागुन २९
तरलता अभावका कारण बैंकहरुले नयाँ कर्जा प्रवाह बन्द गरेका छन् । निक्षेपको व्याजदर वढाए पनि बचत संकलन हुन नसकेपछि कर्जा प्रवाह बन्द गरेका हुन् । ुनयाँ आउनेलाई कर्जा रोकेका छौंु सिटिजन्स् बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत एवं बैंकस्र एशोसिएसनका उपाध्यक्ष राजनिसंह भण्डारीले शनिवार नागरिकसँग भने ।
तरलता अभावको प्रभाव कम गर्न निक्षेपको व्याजदर एक सय प्रतिशतसम्म वृद्धि गरिसकेका छन् । यसले पनि तरलता समस्याबाट माथि आउने गरी बचत संकलन नभएपछि कर्जा प्रवाह बन्द गर्न बैंकहरु वाध्य भएका हुन् । यद्यपी निजी क्षेत्रको स्ट्यान्डर्ड चार्टर्ड तथा सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकले भने कर्जा प्रवाह रोकेका छैनन् ।
नेपाल बैंकस्र संघका अध्यक्ष एवं एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले माघबाट कर्जा प्रवाह एकदमै कम भएको जानकारी दिए । उनले एनआइसी बैंकले पनि तरलता अभावले नयाँ कर्जा प्रवाह रोकेको बताए ।
बैंकरहरुले स्थिति सुधार नभइन्जेल नयाँ ठाउँमा कर्जा प्रवाह गर्न नसकिने बताएका छन् । उनीहरुले तरलता अभावले ठूला आयोजनामा पैसा हाल्न नसकिएको बताए । बैंकरका अनुसार धेरै पैसा लाग्ने केही ठूला आयोजनामा पहिले प्रतिवद्धता जनाइए पनि लगानी गर्न सकिएको छैन ।
ुप्रतिवद्धता जनाएको साना योजनालाई कर्जा प्रवाह गर्न सकिए पनि ठूला आयोजनामा लगानी गर्न सकिएको छैनु एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ुअरु केही महिना पनि तरलता समस्याको शंवोधन नभए प्रतिवद्धता जनाइएको साना योजनामा पनि लगानी गर्न सकिदैन ।ु
प्रतिवद्धता जनाएको कर्जालाई पनि निरुत्साहित गर्न त्यसको व्याज वढाएको जानकारी दिँदै एक बैंकरले भने ुराष्ट्रिय महत्वका वाहेकका योजनामा व्याज ४ प्रतिशत विन्दुसम्म वढाइसकिएको छ ।ु ठूला योजनालाई एकमुष्ट ठूलो रकम दिनु पर्ने भएकाले उनीहरुलाई केही समय पर्खन आग्रह गरिएको एक बैंकका प्रमुख कार्यकारीले जानकारी दिए ।
माघबाट बन्द भएको कर्जा प्रवाहको असर बैंकहरुको तेस्रो त्रैमास अर्थात चैत मसान्तको वासलातमा देखिने जोशीले जानकारी दिए । उनले निक्षेपको व्याजदर वढ्नु र कर्जा प्रवाह नहुनुले यो बर्षको नाफामा असर पर्ने वताए । ुनिक्षेपको व्याजदरले बैंकहरुको पुँजी लागत कस्ट अफ फण्ड वढाएको छु उनले भने ुतर कर्जा प्रवाह घटेकाले नाफामा यसको असर देखिन्छ ।ु
तरलता अभावले अहिले एक वर्षे मुद्दति निक्षेपको व्याजदर १२ प्रतिशतसम्म पुगेको छ । बैंक अफ एसिया नेपालले भर्खरै १२ प्रतिशत व्याजदरको नयाँ निक्षेप खाता साचालनमा ल्याएको हो । व्याजमा अनुदार रहेको नेपाल बैंकले पनि तरलता संकट गहिरिँदै गएपछि व्याजदर वढाएको छ । बैंकले व्याजदर ३।५ प्रतिशतबाट साढे सात प्रतिशत पुर् याएको हो । ुनयाँ निक्षेप नआएपनि यहाँ भएको निक्षेप वाहिर नजाओस भनेर व्याजदर वढाएका हौंु नेपाल बैंकका विनोद आत्रेयले नागरिकसँग भने ।
बैंकहरुलाई तरलता अभाव हुन नदिन राष्ट्र बैंकले सरकारी ऋणपत्रको धितो रिपो मार्फत २२ अर्व रुपैयाँ बैंकहरुलाई उपलब्ध गराइसकेको छ । २८ दिने रिपोमार्फत केन्द्रिय बैंकले ऋण उपलब्ध गराएको हो । तर यसले पनि तरलता अभाव टर्न सकेको छैन । ु२८ दिने रिपोको पैसाले अनिवार्य नगद अनुपात व्यवस्थापन गर्नलाई मात्र ठिक्क हुने गरेको ु एक बैंकरले भने ुयसको अवधि र व्याजदर घटाएमा केही हदसम्म तरलता समस्याको शंवोधन हुनेछ ।ु उनले रिपोको अवधि थोरै भएकाले त्यसको पैसाबाट नयाँ ठाउँमा लगानी गर्न नसकिएको दावी गरे ।






No comments:

Post a Comment

thanks for comment