नारीलाई लक्षित गर्दै निक्षेप खाता साचालन गर्ने बैंक वढे

नागरिक संवाददाता
काठमाडौं फागुन २४
देशकै पुरानो नेपाल बैंकले गत आइतवार नारीलाई लक्षित गर्दै दुई निक्षेप खाता साचालनमा ल्याएको छ । सरकारी स्वामित्वको यो बैंकले बचत र मुद्दति खाता ल्याएको हो । नेपाल बैंकसँगै अन्य ११ वाणिज्य बैंकले पनि नारीलाई लक्षित गरेर निक्षेप खाता साचालन गरिरहेका छन् ।
अहिले विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि नारीलाई लक्षित गर्दै निक्षेप खाता साचालन गर्न थादेका छन् । यी कम्पनीले भने नारी बचत खातमा वाणिज्य बैंकको तुलनामा वढी व्याज दिन्छन् ।
ुनारीहरु बचतशिल हुन्छन् भनेर खाता साचालनमा ल्याइएको होु नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले नागरिकसँग भने ुबचत गर्ने वानी बसाउनका लागि पनि नारीलाई लक्षित गरेर खाता ल्याइएको हो ।ु
सबैभन्दा वढी नेपाल बैंक सनराइज र बैंक अफ एसिया नेपालले सबैभन्दा वढी व्याज दिइरहेका छन् । व्याजका साथै नारी बचत खाता खोल्नेले अन्य विभिन्न सुविधा पनि पाउँछन् । ुअरु खातामा भन्दा नारी बचतमा केही वढी नै सुविधाहरु छु आत्रेयले भने ।
नेपाल बैंकले नारी बचतमा प्रचलित व्याजभन्दा १ प्रतिशत वढी व्याज उपलब्ध गराउँछ । यो खाता हुनेले निशुल्क डेविटकार्डका साथै लकरमा २५ प्रतिशत छुट कर्जा सेवामा शुन्य दशमलव ५ प्रतिशत र कर्जाको व्याजमा शुन्य दशमलव २५ प्रतिशत छुट पाउँछन् । ुभविस्यप्रति चिन्तित नारी हुन्छन्ु उनले भने ुबचत गर्ने वानी वसाएर उनीहरुको चिन्ता कम गर्न नारी बचत खाता उपयुक्त हुनसक्छ ।ु
माछापुच्छे्र बैंकले पेवा बचत नामको खाता साचालन गरिरहेको छ । यो खाता ५ सय रुपैयाँमा नै खोल्न सकिन्छ । नविल बैंकले ५ सय रुपैयाँमा नै खोल्न सकिने मिस प्लेयर नारी बचत खाता साचालन गरिरहेको छ । एनसिसीले १ हजार रुपैयाँमा खोल्न सकिने महिला सुरक्षा खाता साचालन गरिरहेको छ । यो खाता खोल्नले १० हजार रुपैयाँसम्मको स्वास्थ्य बिमा र ५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा निशुल्क पाउँछन् ।
नेपाल बंगलादेश बैंकले साचालन गरिरहेको गृहिणी बचत खाता १ हजार रुपैयाँमा खोल्न सकिन्छ । यो खातामा पनि बैंकले निशुल्क दुर्घटना र स्वास्थ्य बिमा उपलब्ध गराएको छ । साथै डेविटकार्ड पनि निशुल्क पाइन्छ ।
सिद्धार्थ बैंकले एक हजारमा खोल्न सकिने नारी बचतमा निशुल्क डेविछ कार्ड र इन्टरनेट बैंकिङ सेवा उपलब्ध गराउँछ । िपंक बचत खाता साचालनमा ल्याएको सनराइज बैंकले एटिएम र अनलाइन बैंकिङ सेवा निशुल्क उपलब्ध गराउँछ ।
बैंक अफ एसिया नेपालले निशुल्क एटिएम कार्ड र ई-बैंकिङ सेवा उपलब्ध हुने नारी शक्ति बचत खाता साचालनमा ल्याएको छ । दैनिक मौजदातमा व्याज दिने गरी सिटिजन्स बैंक इन्टरनेसनलले नारी बचत नामको खाता साचालनमा ल्याएको छ । ग्लोबलले पनि ५ लाखसम्मको निशुल्क दुर्घटना बिमा तथा इन्टरनेट र एसएमएस बैंकिङ सुविधा सहितको नारी बचत खात साचालन गरेको छ ।
लक्ष्मी बैंकले ५ सय रुपैयाँमा खोल्न सकिने सुपर ओमेन सेभिङ खाता साचालनमा ल्याएको छ । यो खाता भएका महिलाले निशुल्क मोवाइल बैंकिङ सेवा पाउँछन् । साथै लुम्बिनी बैंकले पनि नारी बचत खाता साचालनमा ल्याएको छ ।

नारीका लागि निक्षेप खाता साचालन गरिरहेका बैंक

बैंकव्याजदर
बैंक अफ एसिया,,,,,,,,,,,,७
सिटिजन्स्,,,,,,,,,,,,,,,,,,,४।५
ग्लोबल,,,,,,,,,,,,,,,,,,,,,,५
लक्ष्मी,,,,,,,,,,,,,,,,,,,,,,६।५
माछापुच्छे्र,,,,,,,,,,,,,,आकर्षक
नबिल,,,,,,,,,,,,,,,,,,,,,,,,,५
एनसिसी,,,,,,,,,,,,,,,,,,,,आकर्षक
नेपाल बंगलादेश,,,,,,,,,,५।५
सिद्धार्थ ,,,,,,,,,,,,,,,,,,,,६
सनराइज,,,,,,,,,,,,,,,,,,७।५
नेपाल बैंक,,,,,,,,,,,,,,,,,,७।५
लुम्बिनी,,,,,,,,,,,,,,,४


No comments:

Post a Comment

thanks for comment