बैंकिङ क्षेत्रमा दक्ष जनशक्ति अभाव


काठमाडौं फागुन २
बैंक तथा वित्तीय संस्थाको बढ्दो संख्यासँगै त्यस क्षेत्रमा दक्ष कर्मचारीको अभाव हुन थालेको छ । कम्पनीमा उच्च व्यवस्थापकीय र मध्यमस्तरको पदमा कर्मचारी अभाव हुन थालेको हो । ुवढ्दो संख्याले दक्ष कर्मचारी अभाव हुन थालेको छु एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले नागरिकसँग भने ।
माथिल्लो स्तरको पदमा अनुभवी र व्यवस्थापकीय दक्षता भएको कर्मचारी आवश्यक पर्छ । बैंक तथा वित्तीय कम्पनी खुल्ने क्रम वढेकाले भएका कम्पनीबाट कर्मचारी खोसाखोस हुने तर जनशक्ति उत्पादन गर्ने तालिम केन्द्र नभएकाले अभाव भएको बैंकस्रले बताए ।
अहिले २६ वाणिज्य बैंक ६७ विकास बैंक र ७८ फाइनान्स कम्पनी साचालनमा छन् । ६ वाणिज्य बैंक कारोवारको पर्खाइमा छन् भने एक दर्जनभन्दा वढी विकास बैंक र फाइनान्स कम्पनी पनि कारोवार अनुमतिको स्वीकृत पर्खिरहेका छन् । यी कम्पनी साचालनमा आएपछि थप कर्मचारी अभाव हुने छ ।
ुशाख प्रमुख नपाएर मूख्य कार्यालयबाट कर्मचारी पठाएर काम गरिरहनु परेको छु पौडेलले भने ुअहिले बैंकिङ क्षेत्रको प्रमुख चुनौती जनशक्ति अभाव पनि हो ।ु बैंक तथा वित्तीय कम्पनीको संख्या त वढेको छ नै शाखा विस्तार गर्ने होडले अहिले कर्मचारी अभाव खड्किएको उनले बताए । वाणिज्य बैंकको मात्र देशभर ८ सय शाखा पुगिसकेको छ । विकास बैंक र फाइनान्स कम्पनीको पनि जोड्ने हो भने यो संख्या १५ सय वढी पुग्छ ।
सरकारीभन्दा निजी क्षेत्रमा कर्मचारी अभाव वढी भएको सरकारी स्वामित्वको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले बताए । उनले कम्पनी र शाखाको संख्या विस्तारसँगै कर्मचारी अभाव भएको जानकारी दिए । ुहाम्रोबाट पनि अहिले कर्मचारी अन्य बैंकमा जान थालेका छन्ु उनले भने ुकर्मचारी अभाव हुन थालेपछि नयाँलाई ल्याउन भर्खरै ६४ जना लिखित परीक्षबाट छानेका छौं ।ु
सानो पदका लागि बैंकहरुले बिबिए तथा एमबिए उत्तिर्ण गरेका विद्यार्थीलाई लिने गरेका छन् । ुउनीहरुलाई केही महिना तालिम दिएपछि काममा खटाइन्छु डिसिबिएल बैंकका प्रमुख कार्यकारी सुधिर खत्रीले भने । तर माथिल्लो पदका लागि भने अनुभवी नै चाहिने भएकाले कर्मचारी अभाव हुने गरेको बैंकस्रको भनाइ छ ।
बैंकहरुले क्रेडिट उपभोक्ता कर्जा प्रतितपत्र टे्रजरीजस्ता महत्वपूर्ण विभागका लागि कर्मचारी अभाव भएको बताए । ुयस्तो विभागमा काम गर्नका लागि अनुभव चाहिने भएकाले यो क्षेत्रमा कर्मचारी अभाव धेरै हुने गरेको छु आत्रेयले भने । दक्ष जनशक्तिको अभावले गर्दा अहिले एउटाबाट अकोर्ं कम्पनीमा कर्मचारी जाने क्रम वढेको उनले बताए । ुधेरै पैसा पाएपछि अनुभवी कर्मचमारी एउटाबाट अर्कोमा जानु स्वभाविक होु उनले भने ुनेपाल बैंकबाट मात्रै १०÷१२ जना अन्य बैंकमा गइसकेका छन् ।ु
एनएमबीका पौडेलले दक्ष कर्मचारी एउटाबाट अर्कोमा तान्ने होडले बैंकिङ क्षेत्रलाई साँच्चै अप्ठ्यारो परेको जानकरी दिए । ुआफ्नोमा धेरै समय लगाएर सिकाएको कर्मचारी अर्को बैंकले थुतिदिन्छु उनले भने ुयसले अप्ठ्यारोमा पारॆको छ ।ु



No comments:

Post a Comment

thanks for comment