सेयर लगानीकर्ता र सरकारबिचको वार्ता विना निष्कर्ष

काठमाडौं फागुन १३
एक सातादेखि आन्दोलनरत सेयर लगानीकर्ता र सरकारबिच वुधवार भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । २२ सूत्रीय माग राख्दै आन्दोलनरत साधारण लगानीकर्ता संघ नेपाल इन्भेष्टस्र फोरम र धितोपत्र लगानीकर्ता संघका पदाधिकारीसँग अर्थमन्त्रालयका सचिव रामेश्वर खनालले उनीहरुसँग वार्ता गरेका हुन् ।

तत्कालै कुनै पनि मागका बारेमा टुङ्गोमा पुग्न नसकिने भन्दै खनालले सोमवार सेयर बजारको नियमन निकाय धितोपत्र वोर्ड र नेपाल स्टक एक्सचेन्ज तथा राष्ट्र बैंकसँग छलफल गरी शंवोधन गरिने आस्वासन दिएको इन्भेष्टर फोरमका सदस्य राजकुमार तिम_िल्सनाले बताए । उनले माग पुरा नभइन्जेलसम्म आन्दोलन जारी राख्ने जानकारी दिए ।

सोमवारदेखि अनिष्चितकालका लागि कारोवार बन्द गराउने कार्यक्रम सार्वजनिक गरेका उनीहरुको आन्दोलनलाई ुरेस्पोन्सु गर्दै केही दिनअघि राष्ट्र बैंकले सेयर धितो कर्जा नवीकरणलाई केही खुकुलो पारेको थियो । तर आन्दोलन जारी राखेपछि सरकारले विहीवार उनीहरुसँग छलफल गरेको हो । ुसोमवार विहान सबै नियमन निकायसँग छलफल गरी त्यहाँबाट आएको निष्कर्षका आधारमा हाम्रो माग शंशोधन गरिने अर्थसचिवले भन्नु भएको छु उनले भने ुहाम्रो सम्पूर्ण माग जायज भएको निष्कर्ष निष्किएकाले सवै माग पुरा हुनेमा आशावादी छौं ।ु

लगानीकर्ताले सेयर धितो कर्जा शत प्रतिशत नवीकरण हुनु पर्ने साधारण सेयर निष्कासनमा रोक लागाउनु पर्ने पुँजीगत लाभरकलाई लगानी अवधिका आधारमा वर्गीकरण गरी यसको दर कायम गरिनु पर्ने १९ प्रतिशत संस्थापक सेयर साधारणमा परिवर्तन स्थगित गर्नु पर्नेलगायतका माग राखेका छन् ।




No comments:

Post a Comment

thanks for comment