साडे ३३ अर्बको सुन आयात

सुदर्शन सापकोटा
काठमाडौं माघ ६
व्यापार घाटा अनियन्त्रित भएपछि सुन आयातमा कडाइ गरिए पनि यसको आयातमा कमी आएको छैन । चालु आर्थिक बर्षको पुस मसान्तसम्म ३३ अर्ब ६० करोड ९५ लाख रुपैयाँको सुन आयात भएको छ । चाँदीको आयात पनि बढेको छ । ६ महिनाको अवधिमा ७४ करोड ८२ लाख रुपैयाँ वरावरको चाँदी आयात भएको भंसार विभागले जनाएको छ ।
भदौपछि सुन आयातमा केही कमी आएपनि मंसिरबाट आयात बढेको हो । साउनमा १६ सय ८० किलोग्राम सुन नेपाल भित्रिएकोमा पुसमा यो बढेर २८ सय ४५ किलोग्राम पुगेको छ । पुस बर्षकै धेरै सुन आयात भएको महिना हो ।
निर्यातभन्दा आयात वढी भएर व्यापार घाटा वढेपछि सरकारले सुनको आयातमा कडाइ गर्न दुई वटा निर्देशन जारी गरिसकेको छ । तर यसले पनि सुन आयातमा कमी नआएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
निर्यातको तुलनामा आयात धेरै भएर व्यापार घाटा वढेपछि सरकारले वढी आयात भएको बस्तुमध्ये सुन आयातमा कडाइ गरेको हो । सरकारले गत पुस २४ गते बैंक ग्यारेन्टी वा प्रतितपत्रबाट सुन आयात गर्दा ४० प्रतिशतसम्म नगद राख्नु पर्ने व्यवस्था गरेको थियो । यसले पनि सुन आयात घट्न नसकेपछि सोमवार बैंक ग्यारेन्टीबाट मात्रै सुन आयात गर्न नपाउने नयाँ व्यवस्था गरेको हो । अब सुन आयात गर्न पुरै पैसा जम्मा गर्नु पर्ने हुन्छ ।
चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्म नेपाल भित्रिने पैसाभन्दा वाहिरिने पैसा शोधनान्तर २० अर्ब ४९ करोड रुपैयाँले वढी छ । आयातभन्दा निर्यात व्यापार घाटा ४८ दशमलव ९ प्रतिशतले वढेकाले शोधनान्तरस्थिति नकारात्मक भएको हो । विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्ट को वृद्धिदर घटेकाले पनि शोधनान्तरस्थिति नकारात्मक भएको हो । पहिलो चार महिनामा रेमिट्यन्सको वृद्धिदर ६ दशमलव ६ प्रतिशत मात्र छ । अघिल्लो बर्षको यसै अवधिमा वृद्धिदर ६५ दशमलव ९ प्रतिशत थियो ।
यो अवधिमा सबैभन्दा वढी सुन स्टान्डर्ड चार्टर्ड बैंक नेपाल र नविल बैंकले आयात गरेका छन् । पछिल्लो तथ्यांक अनुसार स्टान्डर्ड चार्टर्डले ३ सय ७५ किलोग्राम र नविलले २ सय किलोग्राम सुन आयात गरेका छन् । व्यक्तिगत आधारमा सुन आयात गर्ने पनि वढेका छन् ।
सुन आयात वढ्नुमा यसको भन्सार शुल्क भारतभन्दा नेपालमा सस्तो भएर पनि हुनसक्ने राष्ट्र बैंकका एक अधिकारीले बताए । नेपालमा सुन आयात गर्दा प्रति दशग्राम १ सय ३० रुपैयाँ भन्सार शुल्क लाग्छ भने भारतमा यो शुल्क ४ सय रुपैयाँ छ । नेपालभन्दा भारतमा दशग्राम सुनको भन्सार शुल्क २ सय ७० रुपैयाँ महंगो भएकाले नेपालको माध्यमबाट भारत सुन गएको हुनसक्ने उनले जानकारी दिए । ुआयात वढेको हेर्दा नेपाल भित्रिएको सुन भारत गएको हुनसक्ने आशंका वलियो भएको छु उनले भने ुखुला सिमानाका कारण सुन भारत गएको हुनसक्छ ।ु
नेपालमा दैनिक औषत १२ किलोग्राम सुन गहनाका रुपमा खपत हुने गरेको सुनचाँदी व्यवशायी संघका अध्यक्ष तेजरत्न शाक्यले बताए । उनले विहे तथा चाडवाडमा माग ५० प्रतिशतले वढ्ने गरेको जानकारी दिए । पुस मसन्तसम्म १२ अर्ब रुपैयाँ वरावरको सुन गहनाको रुपमा विक्री भएको उनले बताए ।
केही महिनादेखि लगानीका रुपमा सुनको माग वढ्ने गरेको जानकारी दिँदै शाक्यले ढिक्का सुन राख्नेको संख्या वढेको बताए । ुमुल्य वढेकाले सुनमा लगानी गर्ने वढेका छन्ु उनले भने । माग वढेकाले सुनको आयात गर्ने ८ वाट २४ पुगेको उनले जानकारी दिए । ु४ बैंक र २० व्यक्तिले सुन आयात गरिरहेका छन्ु उनले भने ।
ुउपभोक्ताको माग वढेकाले सुन आयात गरिएको होु स्टान्डर्ड चार्टर्ड बैंकका कर्पोरेट अफेयस्र प्रमुख दिवाकर पौडेलले वुधवार नागरिकसँग भने । उनले सुनचाँदी व्यवशायी संघका सदस्यलाई मात्र सुन बेच्ने गरेको जानकारी दिए । घरजग्गा कर्जामा कडाइ र सेयरको मूल्य घटेकाले लगानीकर्ता सुनतर्फ आकर्षित भएर सुनको माग वढेको पौडेलले बताए । ुमागका आधारमा संघका सदस्यलाई मात्र सुन विक्री गछौंु उनले भने ुर सबै कारोवार बैंक खाताको माध्यमबाट हुन्छ ।ु
सुनसँगै चाँदीको आयात पनि वढेको छ । साउनमा १८ सय १५ किलोग्राम सुन आयात भएकोमा पुसमा दोब्वरभन्दा वढी ४३ सय किलोग्राम सुन आयात भएको छ । ुसनसँगै चाँदी पनि लगानीको भरपर्दो क्षेत्र भएकाले यसको माग वढेको छु कमोडिटिज एण्ड मेटल एक्सचेन्ज कोमेन का प्रमुख कार्यकारी अधिकृत विजय सत्यालले भने । उनले कोमेनमा सुनपछि चाँदीको कारोवार वढी हुने गरेकेा जानकारी दिए ।

सुनको आयात
किलोग्राम रकम
साउन१६८० ४ अर्ब ८५ करोड ८१ ल्ाख
भदौ२१७८ ५ अर्ब ५ करोड ५ लाख
असोज २०२८ ५ अर्ब १ करोड ४ लाख
कात्तिक १६७५ ४ अर्ब ३४ करोड ८ लाख
मंसिर २२३० ६ अर्ब २९ करोड ९ लाख
पुस २८४५ ८ अर्ब ५ करोड ८५ लाख


चाँदीको आयात
किलोग्राम रकम
साउन १८१५ १३ करोड ४६ लाख
भदौ ३१४६ ११ करोड ६१ ल्ाख
असोज २४६७ ८ करोड ७७ लाख
कात्तिक ३१८९ १४ करोड ३३ लाख
मंसिर १६०० ७ करोड ७० लाख
पुस ४३०० १८ करोड ३१ लाख






No comments:

Post a Comment

thanks for comment