सिडिएसका लागि सम्झौता


काठमाडां माघ २ नागरिक
केन्द्रीय निक्षेप प्रणाली सिडिएस स्थापनाका लागि नेपाल स्टक एक्सचेन्ज र सेन्द्रल डिपोजिटरी एण्ड सर्भिसेस इन्डिया बीच सम्झौता भएको छ । सम्झौतापत्रमा नेप्सेका महाप्रवन्धक शंकरमान िसंह र सिडिएसएलका कार्यकारी निर्देशक पीएस रेड्डीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार सिडिएसएलले नेपालमा केन्द्रिय निक्षेप सेवा तथा राफसाफ एवं फछ्र्यौट प्रणाली स्थापनाका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ । भारतीय कम्पनीले नेपालको प्रचलित कानुनअनुसार सफ्टवेयरको निर्माणका लागि परामर्श आवश्यक ऐन नियम तथा निर्देशिका तर्जुमा सफ्टवेयर निर्माणकर्ता छनौटलगायतका विषयमा सहयोग गर्ने छ । साथै धितोपत्र बोर्ड नेप्सेका कर्मचारीलाई तालिम ग्यारेन्टी कोष तथा राफसाफ कोषको स्थापना इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बरको विकास लगायतका क्षेत्रमा सिडिएसएलले नेप्सेलाई सहयोग गर्ने नेप्सेले जनाएको छ ।
यो प्रणालीमा लगानीकर्ताको सेयरलाई विद्युतीय रुपमा वहि खाताको शैलीमा ुडिम्याटियरिलाइजेसनु भनिने भौतिक प्रमाणपत्रलाई विद्युतीयमा परिणत गरिएको हुन्छ । पूर्णतया कम्प्युटराइज यस प्रणालीबाट नेपालको पुँजी बजारको विद्यमान समस्यालाई सम्बोधन गर्ने अपेक्षा नेप्सेले गरेको छ ।
अन्तराष्ट्रिय रुपमा राफसाफ तथा फछ्र्यौटका लागि सिडिएस प्रयोग गरिदै आएको छ । चालु आर्थिक बर्षको बजेटमा पनि यो प्रणाली स्थापना गरिने उल्लेख छ ।
यो प्रणालीबाट सेयर लगानीकर्तालाई भौतिक प्रमाणपत्रको आवश्यकता पर्दैन । नेप्सेमा सूचीकृत सम्पूर्ण सेयर केन्द्रीकृत रुपमा अभिलेख राखिएको हुँदा प्रत्येक लगानीकर्ताको सिडिएसमा खाता हुन्छ । यसबाट सेयर कारोबार भएपछि बेच्ने लगानीकर्ताको खातामा घटाइन्छ र किन्ने लगानीकर्ताको खातामा जोडिन्छ ।
सिडिएसले लगानीकर्ताको खाता व्यवस्थापन तथा अद्यावधिक प्रमाणपत्रको निक्षेप अन्तरखाता तथा आन्तरिक खाता स्थानान्तरण झिक्ने कारोबार राफसाफ खाता विवरण तथा व्यवस्थापन विवरण र संस्थागत निर्णयको सूचना व्यवस्थापनमा सहयोग गर्छ । दक्षिण एसियामा नेपालमा वाहेक सबै देशमा सिडिएस प्रणाली छ ।



No comments:

Post a Comment

thanks for comment