दोस्रो बजार आकर्षक
काठमाडौं माघ २६
लगातार घटिरहेको बजारले सेयर लगानीकर्तालाई खरिदको अवसर दिएको संकेत देखा परेको छ । केही कम्पनीको सेयर मूल्य किन्न सकिने स्तरमा ओर्लिएका छन् ।
तरलता अभाव मागभन्दा आपुर्ति बढीजस्ता कारणले दोस्रो बजारमा सेयरको मूल्य घटिरहेको बेला धेरै कम्पनीका सेयर सस्तोमा पाइन थालेका छन् । २०५७ मा बजार ुक्रयासु हुँदा सेयर खरिद गरेका लगानीकर्ताले २०६३ मा बजार बढ्दा चार गुणाभन्दा बढी फाइदा गरेको सरोकारवाला बताउँछन ।
ु अहिले उचित मूल्यांकन भएका सेयर किनेर एक वर्षसम्म राख्न सक्यो भने फाइदा हुनसक्छु सेयर दलाल कम्पनी श्वेता सेक्युरिटिजकी साचालक सुचेता खनालले भनिन् ।
अहिले ६ कम्पनीको सेयर दुई सय रुपैयाँभन्दा कम मूल्य तिरेर किन्न सकिन्छ । १९ कम्पनीको सेयर तीन सयभन्दा कममै पाइन्छ । आर्थिक स्थिति राम्रो भएका र नाफा गर्नसक्ने सम्भावना भएका कम्पनीको सेयर मूल्य घटिरहेकाले यस्ता सेयर लगानीकर्ताका लागि आकर्षक हुनसक्छन् । किनभने भविष्यमा यिनीहरुले बोनस सेयर तथा नगद लाभांश दिने सम्भावना बढी छ । ुधेरै लागत व्यहोर्न नचाहने लगानीकर्ताका लागि अहिलेको दोस्रो बजार उपयुक्त छु सेयर विश्लेषक रविन्द्र भट्टराईले भने । ७ वाणिज्य बैंकको सेयर मूल्य तीन सयभन्दा कम छ ।
दोस्रो बजारमा सेयर किन्दा मूल्यलाई मात्र आधार बनाउनु हुदैन । कम्पनीको वित्तीय अवस्था र व्यवस्थापनलाई पनि हेर्नुपर्छ । कम्पनीको नाफा प्रतिसेयर आम्दानी मूल्य आम्दानी अनुपात लगायतका सूचकलाई पनि ध्यान दिनुपर्छ ।
नागरिकले संकलन गरेको तीन सय रुपैयाँभन्दा तल झरेका २० कम्पनीको मूल्य आम्दानी अनुपात पिइ रेसियोले भने १० कम्पनीको सेयर किन्नका लागि अझै अनुपयुक्त देखाएको छ । पीइ रेसियोले २० मध्ये १० कम्पनीको सेयर किन्नका लागि सुरक्षित रहेको २ जोखिमयुक्त रहेको र ८ कम्पनीको सेयर किन्नै नहुने देखाएको छ । प्रतिसेयर आम्दानीले भने ४ कम्पनीको सेयरमात्रै खरिदयोग्य भएको देखाउँछ ।
सेयर मुल्य अझै तल झर्छ र किनौंला भनेर पर्खनेले अवसर गुमाउने धारणा पनि पाइन्छ । ुसस्तोमा विभिन्न कम्पनीका सेयर छानीछानी पाइन थालेको छुसेयर दलाल कम्पनी ओपेल सेक्युरिटिजका नवराज पोखरेलले भने ।
घटिरहेको बजारले सेयर भएकाहरुलाई नोक्सान भएपनि किन्न चाहनेका लागि अहिले राम्रो मौका भएको धितोपत्र बोर्डका अध्यक्ष शूरवीर पौडेलको धारणा छ । ुअहिले सेयर किन्ने बेला होु उनले भने ुबजार केही समयपछि बढ्ने भएकाले धेरै फाइदा हुनसक्छ ।ु
तरलता अभाव शोधनान्तर स्थिति ऋणात्मक तथा सेयरको मागभन्दा आपूर्ति बढी भएकाले अझै केही समय सेयर बजार उकालो नलाग्ने सेयर विश्लेषक कम्पनी ज्याम टेक्नोलोजिज्का विकास चौधरीले दाबी गरे ।
बजारलाई माथि उकास्न तत्काल जनचेतनात्मक कार्यक्रमको आयोजनाका साथै सेयर धितोमा कर्जालाई खुकुलो बनाउनु पर्ने विश्लेषक बताउँछन् । नागरिक लगानी कोष कर्मचारी साचय कोष बैंक तथा वित्तीय कम्पनीलाई पनि सेयरमा लगानी गर्न दिनुपर्ने बताए ।

No comments:

Post a Comment

thanks for comment