तरलता अभावको फाइदा केन्द्रिय बैंकलाई

आफ्नै कुरा
...................................

तरलता अभावले बैंक तथा फाइनान्स कम्पनीलाई अप्ठ्यारोमा पारेको छ । यसले गर्दा उनीहरुले कर्जा प्रवाह गर्न पनि सकेका छैनन् । कर्जा दिएर त्यसको व्याजबाट नाफा कमाउँदै आएका बैंक तथा फाइनान्स कम्पनीलाई अहिले बाँच्नै समस्या परिसकेको छ ।
यसको असर सेयर लगानीकर्तालाई पनि पर्ने छ । नाफा कमाए त लगानीकर्तालाई नगद लाभांस र वोनस सेयर दिने तरलता अभावले आफू बाँच्नै गाह्रो छ नाफा त परको कुरा भयो । बैंकबाट कर्जा लिएर लगानी गरौं न त भन्दा पनि बैंकले ऋण दिँदैनन् । साधारण उपभोक्ता त्यसै मारमा ।
तरलता अभावले बैंक तथा फाइनान्स कम्पनी र अन्य उपभोक्तालाई घाटा भएपनि यसबाट नेपाल राष्ट्र बैंकलाई भने राम्रै फाइदा भएको छ । सरकारी ऋण पत्रको धितो रिपो मा कर्जा उपलब्ध गराउँदै आएको केन्द्रिय बैंकले यसको व्याज महंगो राखेको छ । त्यो पनि २८ दिनका लागि मात्र त्यस्तो ऋण दिन्छ । बैंकसँग पैसा छैन महंगो व्याजमा भएपनि ऋणपत्र धितो राखेर कर्जा लिनै पर् यो । लिएको ऋण अन्य क्षेत्रमा लगानी गर्न सक्ने अवस्था छैन । कुल निक्षेपको ५।५ प्रतिशत रकम अनिवार्य नगद अनुपात सिआरआर को नाममा राष्ट्र बैंकमा अनिवार्य राख्नु पर्ने वाध्यता छ ।
सिआरआर राष्ट्र बैंकमा जम्मा गर्नलाई नै ऋणपत्रको धितोमा लिएको कर्जा ठिक्क हुन्छ । केन्द्रिय बैंकसँग लिएको पैसा उसैलाई अर्को वाहनामा फिर्ता गर्नु पर्छ । वुझाउन ढिला भए फेरी व्याज धेरै लगाउँछ । दोहोरो सास्ती ।
तरलता अभावको सोझो फाइदा जसरी भएपनि केन्द्रिय बैंकलाई भइरहेकेा छ । बैंकलाई महंगोमा दिएको ऋणबाट पनि फाइदा । सिआरआर वुझाउन आउँछन् थप ऋण दिन समस्यै भएन । केही गरि वुझाउन आएनन् भने फेरी थप व्याज असुल्यो । अनि कसरी तरलता समस्या हल गर्न कदम चाल्थ्यो र उ, समस्या छ र न फाइदा छ । बैंकले मात्र कमाउनु पर्ने भन्ने छ र केन्द्रिय बैंकले चाँही कमाउनु पर्दैन | जय होस् राष्ट्र बैंकको ।

darshanme08@gmail.com


No comments:

Post a Comment

thanks for comment