सेयर धितो कर्जा केही खुकुलो


काठमाडौं फागुन १०
सेयर धितोमा कर्जा लिएका लगानीकर्तालाई अब केही राहत पुग्ने भएको छ । धितो राखिएको सेयर मूल्य १० प्रतिशतसम्म घटेमा लगानीकर्तालाई बैंक तथा वित्तीय कम्पनीहरुले मार्जिन कल नगर्ने भएकाले राहत पुगेको हो । सेयर वजार निरन्तर घट्दै गएकाले २२ सुत्रीय माग राख्दै लगानीकर्ताले आन्दोलन थालेपछि राष्ट्र बैंकले सेयरधितो कर्जालाई केही खुकुलो पारेको हो ।
१० प्रतिशतभन्दा वढीले बजार मूल्य घटेमा ऋणदाता कम्पनीले २१ दिन भित्रमा घटेको मूल्य वरावर मार्जिन कल गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । मार्जिन कल भएको सात दिनपछि कर्जा असुल गरिसक्नु पर्ने निर्देशिकामा उल्लेख छ । यसअघि सात दिनभित्र मार्जिन कल गर्नु पर्ने व्यवस्था थियो । त्यसपछि पनि कर्जा असुल नभए त्यो रकम वरावरको बैंक अफैले कर्जा नोक्सानी व्यवस्था गराउने पर्ने छ ।
केन्द्रिय बैंकले सोमवार नयाँ निर्देशिका जारी गर्दै सेयर धितो कर्जाको ७५ प्रतिशत रकमसम्म नवीकरण गर्न पाउने व्यवस्था गरेको छ । नवीकरण गर्नका लागि भने लगानीकर्ताले यो कर्जाको २५ प्रतिशत रकम बैंक तथा वित्तीय कम्पनीलाई भुक्तानी गर्नु पर्ने हुन्छ । साथै वाँकी ७५ प्रतिशत कर्जाको व्याज भुक्तानी गर्नु पर्ने राष्ट्र बैंकको पछिल्लो निर्देशिकामा उल्लेख छ ।
सोमवार पनि सेयर कारोवार नगरेका लगानीकर्ताले राष्ट्र बैंकले केही खुकुलो नीति लिएपनि आन्दोलनलाई जारी राख्ने बताएका छन् । उनीहरुले राष्ट्र बैंकको नीति आन्दोलन तुहाउने षड्यन्त्र भएको भन्दै यसलाई सम्पुर्ण माग पुरा नभइन्जेल जारी राख्ने बताएका हुन् । ुराष्ट्र बैंकको नीति लाखौं लगानीकर्तालाई छक्याउने ललीपप होु नेपाल इन्भेष्टर फोरमका कार्यवाहक अध्यक्ष राजकुमार तिम_िल्सनाले भने ।
साधारण लगानीकर्ता संघका अध्यक्ष दीपक कार्कीले सेयर धितो कर्जा शत प्रतिशत नवीकरण हुनु पर्ने बताए । उनले बैंक तथा वित्तीय कम्पनीले सेयर धितो कर्जा नवीकरणका लागि सम्वद्ध पक्षसँग छलफल गर्नु पर्ने बताए । ुसँधै नवीकरण गर्नुस् भनेका होइनौंु उनले भने ुहामीले पाँच वर्षसम्मको अवधि मागेका छौं छलफल भएमा दुई वर्षसम्म पनि झर्न सक्छ ।ु
लगानीकर्ताले सोमवार सेयर खरीद विक्री कारोवार बन्द गर्ने घोषणा गरेकाले नेपाल स्टक एक्सचेन्ज नेप्से मा कुनै पनि कारोवार भएन । आइतवार पनि कारोवार ठप्प थियो । मंगलवार उनीहरुले सेयर व्रोकरमार्फत कारोवार बन्द गराउन लगाउने वुधवार एक घण्टा नेप्सेको कारोवार गर्ने सरभर डाउन गराउने घोषणा गरेका छन् । माग पुरा नभए १७ गतेदेखि अनिष्चितकालका लागि सरभर डाउन गराउने आन्दोलनको कार्यक्रम छ ।
ुपुँजी बजारलाई नीति निर्माता तहबाट हेर्ने नजर समान हुनु पर्छु संघका उपाध्यक्ष सुनिल न्यौपानेले नागरिकसँग भने ुबजारका बारेमा दीर्घकालिन योजना नबनेसम्म आन्दोलन जारी रहन्छ ।ु उनले सेयर धितोमा कर्जा लिने खराव ऋणी नभएको बताउँदै लगानीकर्तालाई कर्जा तथा व्याज तिर्न सहुलियत दिनु पर्ने जानकारी दिए ।
ुहामीले बजार वढाइ देउ भनेका होइनौंु कार्कीले भने ुनयाँ सेयर आपुर्ति रोकेर घटेको बजारलाई सहज बनाउन आग्रह गरेका हौं ।ु सेयर बजार अवास्तविक रुपमा घटेमा साधारण सेयर नआउने अन्तर्राष्ट्रि अभ्यास छ ।





No comments:

Post a Comment

thanks for comment