अन्तर बैंक दर १२ प्रतिशत

नागरिक संवाददाता
काठमाडौं चैत २२
गत साता १०।५ प्रतिशत रहेको बैंहहरुले आपसमा लिने सापटी अन्तरबैंक को व्याजदर आइतवार १२ प्रतिशतसम्म पुगेको छ । तरलता संकट गहिरिँदै गएपछि अन्तर बैंक व्याजदर वढेको हो ।
बैंकले मागेभन्दा कम सरकारी ऋणपत्रको धितोमा कर्जा रिपो पाएको तथा केही ठूला कम्पनीले विभिन्न बैंकबाट ठूलो परिमाणमा नगद झिकेपछि एक सातायता तरलता संकट गहिरिएको बैंकका अधिकारीहरुको दावी छ । आइतवारबाट कृषि विकास बैंकबाट ९६ करोड रुपैयाँ वरावरको साधारण सेयर निष्कासन भएकाले पनि तरलता अभाव हुनमा सहयोग पुगेको हो । कृषि विकासको सेयर खरिदका लागि बैंकिङ प्रणालीबाट ठूलो रकम वाहिरिएकाले पनि अभाव भएर व्याजदर वढेको एक बैंकरले जानकारी दिए ।
केन्द्रिय बैंकले गत साता ९ अर्व रुपैयाँ रिपोमध्ये ४ अर्व रुपैयाँ नवीकरण रोलओभर गरेको थियो । त्यस लगत्तै राष्ट्र बैंकले ६ अर्व रुपैयाँ बैंकहरुलाई रिपो रोलओभरमार्फत कर्जा दिएको थियो ।
ु६ अर्व दिँदा पनि समस्या वढेको छु एक बैंकका अधिकारीले भने ुसरकारलाई कर तिर्न पैसा झिक्ने वढेकाले पनि तरलता अभाव यो साता गहिरिएको छ ।ु उनले अझै केही दिन व्यजदर ११ प्रतिशतभन्दा माथि नै रहने दावी गरे ।
तरलता अभाव गहिरिँदै गएपछि केन्द्रिय बैंकले बैंकहरुलाई २५ अर्व रुपैयाँ पनुर्कर्जा उपलब्ध गराउने भएको छ । बैंकहरुले साढे ७ प्रतिशत व्याजदरमा यो कर्जा पाउने छन् । अन्तर बैंक व्याजदर वढेपनि स्थायी तरलता सुविधा एसएलएफ लिने कम्पनी वढेको केन्द्रिय बैंकका एक अधिकारीले जानकारी दिए । गत साता बैंकले डेढ अर्व एसएलएफ लिएका छन् ।
तरलता अभावमा केही राहत दिनका लागि केन्द्रिय बैंकले रिपोको अवधि २८ दिनबाट ४५ दिनसम्म पुर् याइसकेको छ । आइतवार बैंक अफ एसिया नेपाल बैंक अफ काठमाण्डू डिसिबिएललगायत बैंकले अन्य बैंकबाट सापटी माग गरेका छन् ।

No comments:

Post a Comment

thanks for comment