नाफमूखि प्रवृतिले तरलता समस्या

नागरिक संवाददाता
काठमाडौं चैत १८

राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले बैंकहरुले भनेजस्तो बैंकिङ प्रणालीमा ४०÷५० अर्व रुपैयाँ वरावरको तरलता अभाव नभएको बताएका छन् । उनले ६ देखि १० अर्वसम्मको तरलता अभाव भएको आफ्नो अनुमान रहेको बताए ।
उनले बैंकहरुको बजार हिस्सा वढाउने आकांक्षा र नाफामूखि प्रवृतिले अहिलेको अवस्था आएको बताउँदै यसलाई सबै मिलेर समाधान गर्नु पर्ने बताए । ुनाफा र बजार हिस्सा वढाउन कर्जा धेरै प्रवाह भयोु प्रेस चौतारीले आयोजना गरेको वर्तमान आर्थिक अवस्था र राष्ट्र बैंकको दायित्व अन्तकृयामा उनले भने ुतरलता अभाव हुनुको मूख्य कारण यो पनि हो ।ु
पुँजी लागत वढेर कर्जाको व्याज वढ्नु स्वभाविक भएको भन्दै उनले उत्पादनमूलक क्षेत्रलाई निरुत्साहित गर्ने गरी व्याज वढाउन नहुने बताए । ुकुल निक्षेपमध्ये १० प्रतिशत महंगोमा लिएर सवै कर्जाको व्याज वढाउनु तर्कसंकगत हुँदैनु खतिवडाले भने । उनले उत्पादनमूलक क्षेत्रको विकास भएमा मात्र वित्तीय क्षेत्र पनि माथि जानसक्ने उल्लेख गर्दै तरलता अभावको बिचमा औद्योगिक क्षेत्रले पनि पहिलेजस्तो व्याजदर अपेक्षा नगर्न आग्रह गरे ।
गभर्नरले बैंकहरुलाई नाफामूखि मात्र नहुन आग्रह गरे । ुतत्कालको नाफा मात्र हेर्न हुँदैनु उनले भने ुभोली आउनसक्ने समस्यालाई पनि विचार गर्नु पर्छ ।ु उनले सरकारको पुँजीगत खर्च वढाएर तरलता प्रवाह गराउनु पर्ने बताए ।
खतिवडाले विदेशी मुद्रा सिाचति स्थिर भएपनि यसमा सुधार नआइसकेको बताए । उनले व्यापार घाटा १ सय ५८ अर्व पुगेको र शोधनान्तर स्थिति १९ अर्व रुपैयाँ ऋणात्मक रहेको उल्लेख गर्दै मौदि्रक नीतिमा कडाइ गरिने बताए । ुअहिलेको आर्थिकअवस्थाले मौदि्रक नीति खुकुलो पार्न निर्देशन दिँदैनु उनले भने ।
उनले केही वस्तुको आयात वढेर शोधनान्तर स्थिति ऋणात्मक भएको बताए । पछिल्लो समयमा सुन सवारी साधन र पट्रोलियम पदार्थको आयात वढेको छ । केन्द्रिय बैंकका अनुसार गत पुससम्म सुन ३३ अर्व ६१ करोड सवारी साधान तथा यसको पाटपुर्जा ४१ अर्व ९७ करोड र पेट्रोलियम पदार्थ २० अर्व ५३ करोड रुपैयाँको आयात भएको छ ।
आयात वढेको र निर्यात खस्केकाले यसलाई मौदि्रक नीतिमार्फत समाधान गर्न राष्ट्र बैंक खुला रहेको बताए । उनले श्रम लोडसेडिङ र करका बारेमा सम्वन्धित पक्षसँग कुरा गर्न व्यवसायीलाई आग्रहसमेत गरे । सहकारी क्षेत्रमा विकृति रहेको भन्दै यसमा अनुगमनको आवश्यकता भएको बताए ।
बैंकस्र संघका अध्यक्ष सशिन जोशीले अहिलेको अवस्था कसको कारणले आएको भनेर एकअर्कामा दोशारोपण गर्न छाडेर समस्या समाधानतर्फ लाग्नु पर्ने बताए । ुदोश यसको उसको भन्ने वेला छैनु उनले भने ुदोश केलाउन थाले अलिअलि हिलो सवैतिर पर्छ ।ु
गएको २÷३ महिनामा तरलता अभाव केही सहज भएपनि पूर्ण रुपमा समाधान भइनसकेको उल्लेख गर्दै उनले पूर्ण रुपमा समाधान हुन कम्तिमा ६÷७ महिना र वढीमा डेढ वर्ष लाग्ने बताए । उनले ६ देखि १० अर्व रुपैयाँ तरलता प्रवाह हुँदा अनिवार्य नगद अनुपात सिआआर व्यवस्थापन गर्नलाई मात्र ठिक्क हुने बताए । ुत्यति तरलताले सिआरआर व्यवस्थापन गर्न मात्र पुग्छु जोशीले भने ुलगानी गर्न सकिँदैन हामी स्थिर अवस्थामा हुन्छौं ।ु
उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बैंकको निक्षेप नवढी सम्भव नहुने वताउँदै उनले व्याज वढाएर मात्र निक्षेप नवढ्ने बताए । ुव्याज वढाएर मात्र निक्षेप वढ्दैनु उनले भने ुपहिले व्याज कम हुँदा पनि निक्षेप वढेको थियो ।ु निक्षेप वढाउन सर्वसाधारणमा अर्थतन्त्रप्रति विश्वास हुन जरुरी रहेको उनको तर्क छ ।
लगानी मैत्री वातावरण नहुनु र १० लाख रुपैयाँभन्दा वढीको बैंक कारोवारमा स्रोत खोजिनुले पुँजी पलायन भएर तरलता अभाव भएको हुनसक्ने उनले बताए । उनले कर्जा र निक्षेपको व्याजर बिचको फरक स्प्रेड रेट पुस मसान्तसम्म औषत ३।४८ प्रतिशत मात्र रहेको बताए । असोज मसान्तसम्म यो ३।७८ प्रतिशत थियो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले बैंक कर्जाको व्याजदर वृद्धिले औद्योगिक क्षेत्र दयनिय अवस्थामा पुगेको बताए । उनले उत्पादनमूलक उद्योगको व्यजदर घटाउनु पर्ने उल्लेख गर्दै व्याज वढ्दै गएमा औद्योगिक क्षेत्रले धान्न नसक्ने बताए । ुपुरानो कर्जाको व्याजदर हरेक १५ दिनम वढाउँदै लैजाने हो भने उद्योग क्षेत्र तहसनहस हुन्छु उनले भने ।
जोशीले बैंक कारोवारमा १० लाखको स्रोत खुलाउन समस्या नभएपनि त्यो स्रोत गलत हातमा पुग्नेसक्ने भय औद्योगिक क्षेत्रलाई भएको बताए । ुहामीलाई सरकारसँग समस्या छैनु उनले भने ुतर त्यो गलत हातमा पुगेर उद्योगी व्यापारीलाई धम्की तथा अपहरण हुनसक्छ ।ु
कार्यक्रममा पूर्वगभर्नर विजयनाथ भट्टराईले सहकारी क्षेत्रका आएका विकृतिमा अंकुश लागनु जरुरी भइसकेको बताउँदै तत्काल यस क्षेत्रको अनुगमनका लागि संयन्त्र बनाउन आवश्यक रहेको बताए । कार्यक्रममा सभासद्द्वय राजेन्द्र खेतान र दिवाकर गोल्छा चेम्वर अफ कमर्शका अध्यक्ष सुरेन्द्रवीर मालाकारलगायतले आर्थिक क्षेत्रको समस्या समाधान गर्न सवै क्षेत्र जिम्मेवार भएर लाग्नु पर्ने बताए ।


No comments:

Post a Comment

thanks for comment