बैंकको निक्षेप ३ अर्बले घट्यो

- चैत तेस्रो सातासम्म ५ सय ३३ अर्ब निक्षेप संकलन
- पाँच महिनामा ३ पटकसम्म निक्षेको व्याजदर वढ्यो


सुदर्शन सापकोटा
काठमाडौं चैत २५

चैतको तेस्रो सातासम्म पनि बैंकको निक्षेप वढ्न सकेको छैन । अर्को साता तेस्रो त्रैमासिक विवरण प्रकासनको तयारी गरिरहेका बैंकको निक्षेप पुससम्मको तुलनामा ३ अर्व २९ करोड रुपैयाँले घटेको छ ।

फागुनमा केही सुधार भएको निक्षेप संकलन दर चैतमा खस्किएको राष्ट्र बैंक स्रोतले बतायो । गत पुससम्म ५ सय ३६ अर्व रुपैयाँ निक्षेप संकलन गरेका बैंकले चैतको तेस्रो सातासम्म चैत्र तेस्रो सातासम्म करिव ५ सय ३३ अर्व रुपैयाँ मात्र निक्षेप संकलन गरेका छन् ।

ुतीन महिनाको अवधिमा करिव २० अर्व रुपैयाँ निक्षेप वढ्नु पर्नेमा उल्टो घटेको छु राष्ट्र बैंक उच्च स्रोतले भन्यो ुसामान्य अवस्थामा निक्षेप वृद्धि १० देखि १५ प्रतिशतले हुन्थ्यो ।ु

निक्षेप वढाउनलाई बैंकहरुले पछिल्लो ५ महिनाभित्र ३ पटकसम्म त्यसको व्याजदर वढाइसकेका छन् । वुधवार मात्रै माछापुच्छे्र र नेपाल बैंकले व्याज वढाएका छन् । निक्षेप वढाउनलाई पछिल्लो अवधिमा सबै बैंकबिच व्याजदर वढावढमा प्रतिस्पर्धा नै चलेको छ । बैंकहरुले व्याजदर वढाएर १२ प्रतिशतसम्म पुर् याएका छन् ।

ुव्याज वढाएर मात्र निक्षेप वढ्दैनु बैंकस्र एसोसिएसनका अध्यक्ष सशिन जोशीले भने ुपहिले व्याजदर कम हुँदा पनि निक्षेप वढेको थियो ।ु

दशैं तिहारमा भएको नोट अभावपछि बैंकहरुले सर्वसाधारणको विश्वास गुमाएकाले निक्षेप घटेको बैंकस्र बताउँछन् । सर्वसाधारणमा पैसा आफैसँग राख्ने प्रवृति दशैमा भएको नोट अभावपछि वढेकाले जति व्याज वढाउँदा पनि निक्षेप वढ्न नसकेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । सर्वसाधारणको विश्वास आर्जन नगरेसम्म निक्षेप नबढ्ने उनले दावी गरे ।

साचालनमा रहेका २६ वाणिज्य बैंकमध्ये १७ बैंकको निक्षेप दुई महिनामा घटेको राष्ट्र बैंक स्रोतले बतायो । १४ बैंकको कर्जा प्रवाह घटेको छ । यसमध्ये ८ बैंकको निक्षेप र कर्जा दुवै घटेको स्रोतले जनाएको छ ।

सरकारी स्वामित्वको नेपाल बैंक तथा कृषि विकास बैंक र निजी क्षेत्रको प्राइम बैंकको निक्षेप १ अर्व वढीले घटेको छ । एनआइसी स्ट्यान्डर्ड चार्टर्ड एभरेष्ट र एनएमबी बैंकको निक्षेप पनि घटेको छ । यसमध्ये स्ट्यान्डर्ड चार्टर्डको कुल निक्षेपमध्ये विदेशी मुद्राको निक्षेप घटेको छ । अरु बैंकको स्वदेशी मुद्राको निक्षेप घटेको हो ।

नक्षेप घट्नेमा हिमालयन नेपाल इन्भेस्टमेन्ट एनसिसी सनराइज लुम्बिनी सिद्धार्थ लक्ष्मी डिसिबिएल नबिल र कुमारी बैंक छन् । ुतरलता अभावले गर्दा निक्षेप घटेको होु राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । उनले तरलता अभाव समाधानका लागि राष्ट्र बैंकले चाँडै शंवोधन गर्ने तयारी गरिरहेकेा जानकारी दिए ।
राष्ट्रिय वाणिज्य र प्राइम बैंकको कर्जा एक अर्व वढीले घटेको छ ।

नेपाल एसबिआइ बैंक अफ काठमाण्डौं नेपाल इन्भेष्टमेन्ट लक्ष्मी एनआइसी एभरेष्ट लुम्बिनी कुमारी एनसिसी सिटिजन्स र माछापुच्छे्र बैंकको कर्जा प्रवाह पनि घटेको छ । ुतरलता अभावले व्याजदर वढेर कर्जाको माग नहुँदा कर्जा प्रवाहमा पनि असर परेको होु ती अधिकारीले भने । सवै बैंकले प्रवाह गर्ने कर्जा भने साढे तीन अर्बले वढेको छ ।

तरलता अभाव गहिरिँदै गएपछि अधिकांस बैंकले नयाँ कर्जा प्रवाह रोकेका छन् । उनीहरुले पहिले नै प्रतिवद्धता जनाएको क्षेत्रमा कर्जा दिँदा समग्र कर्जा प्रवाह वढेको हो । ुअहिले कर्जा दिने अवस्था पनि छैन र माग पनि घटेको छु एक बैंकका अधिकारीले भने ुनिक्षेपसँगै कर्जाको व्याजदर वढेकाले पनि माग घटेको हो ।ु

तरलता अभावले गर्दा बैंकले नयाँ क्षेत्रमा कर्जा प्रवाह गर्न नसके पनि केन्द्रिय बैंकले साढे सात प्रतिशत व्याजदरमा पुनर्कर्जा उपलब्ध गराउने भएको छ । पुनर्कर्जाबाट करिव २५ अर्व रुपैयाँ बैंकिङ प्रणालीमा जाने विश्वास राष्ट्र बैंकको छ । तर केन्द्रिय बैंकले सर्तहरु कडा राखेकाले मुस्किलले १० अर्व मात्र बैंकले कर्जा लिन सक्ने बैंकरले बताए । ुकेन्द्रिय बैंकको निर्देशनको सर्त हेर्दा तरलता अभाव छिटो हटाउन सकिने अवस्था छैनु जोशीले भने ।

No comments:

Post a Comment

thanks for comment