हरेक वर्ष लगानीकर्तालाई बोनस



सुदर्शन सापकोटा
काठमाडौं कात्तिक २९
म लगानीकर्ताको गोजीबाट पैसा झिकेर सेयर किनाउँदिन- बाणिज्य बैंकका रुपमा पहिलो आर्थिक वर्ष पार गरेको डीसीबीएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले भने -त्यही भएर हरेक बर्ष म लगानीकर्तालाई वोनस सेयर नै दिने गरी काम गरिरहेको हुन्छु । यसैबाट बैंकले पुँजी वृद्धि गर्ने लक्ष्य राखेको छ ।
उनको बैंकले गत आर्थिक बर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत वोनस सेयर दिएको छ । अर्को वर्ष १० प्रतिशत वोनस सेयर दिने लक्ष्य बैंकले राखेको छ । चुक्ता पुँजी १ अर्ब ६५ करोड रुपैयाँ पुगेको बैंकलाई राष्ट्र बैंकले निर्धारण गरेको २ अर्ब पुँजी पुर् याउन गाह्रो नहुने खत्रीले बताए ।
बैंकिङ क्षेत्रको बढ्दो प्रतिस्पर्धामा एडीबीएलले आक्रमक रणनीति लिएको छैन । एक-एक खुड्किलो उक्लिएर बैंकलाई माथि पुर् उनले उनको लक्ष्य छ- खत्रीले भने -विस्तारै गयो भने जित स्थायी हुन्छ भन्ने हो ।
राष्ट्र बैंकले तोकेको पुँजी संरचनामा मात्र सीमित नरही बैंकले पुँजी वृद्धिलाई प्राथमिकता दिने जनाएको छ ।
बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा १० करोड ३० लाख रुपैयाँ कमाएको छ । यो नाफा गत बर्षको यसै अवधिको तुलनामा ८८ प्रतिशतले बढी हो ।
बैंकले नाफा वढाउनका लागि नयाँ नयाँ क्षेत्रमा लगानी विस्तार गर्ने जनाएको छ । बैंक साचालन खर्च घटाउन सफल रहेकाले नाफा बढेको बताउँदै उनले यसलाई निरन्तरता दिने बताए । साचालन खर्च कम भएको मध्ये डीसीबीएल पनि एक हो-उनले भने ।
बैंकको गत वर्ष साचालन खर्च ९ करोड २२ लाख रुपैयाँ थियो । यसमध्ये ५ करोड २७ लाख रुपैयाँ मात्र कर्मचारी सेवा सुविधामा खर्च भएको बैंकले जनाएको छ । खर्च कटाएर बैंकले २९ करोड ५४ लाख रुपैयाँ साचालन मुनाफा गरेको थियो ।
बैंकले यो आर्थिक वर्षभित्र थप १० शाखा बिस्तार गर्ने जनाएको छ । अहिले बैंकका ५ शाखा साचालनमा छन् । बैंकले शाखा विस्तारमा फरक रणनीति लिएको छ । एउटा पश्चिममा र अर्को पूर्वमा नभई बैंकले एकै क्षेत्रमा शाखाको पहुँच पुर् याएपछिमात्रै अन्यत्र बिस्तार गर्ने रणनीति लिएको छ । बैंकले इटहरी धरान भोटाहिटी सानेपा र धापासीमा शाखा खोल्ने तयारी गरिरहेको छ ।
बैंकले अहिलेसम्म कर्जा प्रवाहमा समस्या नरहेको जनाएको छ । अहिलेको चुनौती निक्षेप बढाउने हो-उनले भने । उनका अनुसार लगानीको क्षेत्र फराकिलो भएको छ । जलस्रोत साना तथा मझौला उद्योग घरजग्गा उपभोक्ता कर्जा आयात-निर्यात उत्पादनमूलक उद्योगमा लगानी संभावना छ-उनले भने ।
अहिले घरजग्गामा बैंक ऋणलाई केही जोखिमपूर्ण मानिए पनि बैंकले यसमा पूर्ण सावधानी अपनाएको जनाएको छ । व्यवसायिक सम्भावना भएको कम्प्लेक्स हाउजिङलगायतमा मात्र हामीले कर्जा लगानी गरिरहेका छौं-उनले भने -नगद प्रवाह हुने खालका योजनामामात्र बैंकले लगानी गर्ने रणनीति छ ।
बैंकले प्रतितपत्र एलसी मा पनि उल्लेख्य सफलता पाएको छ । कुनै पनि बेला ७० करोडसम्मको एलसी कारोवारको लागि समस्या नभएको बताउँदै उनले यसलाई १ अर्ब रुपैयाँ पुर् याउने जनाए ।
एक वर्षको कार्यकाललाई बैंकले परिचयको चरण मानेको छ । अब हामी नाफा वृद्धि लक्षित काम गछौं-खत्रीले भने -गुणस्तरीय सेवा उपलब्ध गराउँदै नाफा वृद्धि गर्ने छौं ।
बैंकले एटीएमको संख्या बढाउने कारोबारको लागि सफ्टवेयर अपग्रेट गर्ने अनलाइन सेवा एसएमएस बैंकिङको तयारी गरिरहेको छ । सबैभन्दा पहिले आफूले आफूलाई जित्नु छ- उनले भने ।
बैंकिङ सेवा विस्तारका लागि अन्य बैंक तथा बित्तीय कम्पनीबाट कर्मचारी तान्ने होडमा डिसिबीएल नरहेको उनको दावी छ । हामी आफै दक्ष जनशक्ति उत्पादन गर्न सक्छौं-उनले भने -विश्वविद्यालय पूरा गरेका विद्यार्थीलाई सिकाएर योग्य बनाउने हाम्रो परम्परा हो ।

No comments:

Post a Comment

thanks for comment