साचालकसँगको तितोले बैंक छाडेको होइन : अनिल शाह

नागरिक संवाददाता
काठमाडौं मंसिर १४
साचालकसँगको तितोले बैंक छाडेको होइन- नविल बैंकबाट राजिनामा गरेर साचालन तयारीमा रहेको मेगा बैंकमा गएका अनिल शाहले भने -नयाँ चुनौतीको सामना गर्न नविल छाडेको हुँ ।
पाँच बर्षदेखि नविल बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका शाहले राजिनामापछि आइतवार पहिलो पत्रकार सम्मेल गर्दै व्यवस्थापन र सहकर्मीको सहयोगले नविल नम्वर एक बैंकको रुपमा स्थापित भएको बताए ।
स्टान्डर्ड चार्टर्ड बैंकले मलाई बैंकिङ बुझ्न सघायो- उनले भने -नविलले मलाई बैंकर बनायो ।
नेपाल बैंकको प्रमुख कार्यकारीका लागि आवेदन हालेका उनी राष्ट्र बैंकले प्राविधिक कारण देखाएर नियुक्ति प्रकृया स्थगित गरेपछि मेगा बैंक गएका हुन् । आवेदन हालेका मध्ये तलव तथा सुविधाको बिषयमा अन्तर देखिएपछि राष्ट्र बैंकले नियुक्ति प्रकृया स्थगित गरेको थियो । नेपाल बैंकको व्यवस्थापन अहिले राष्ट्र बैंकको जिम्मामा छ । पुरानो बैंकमा गएर केही गरौ भनेर नेपाल बैंकमा आवेदन दिएको उनले बताए ।
राष्ट्र बैंकभन्दा पुरानो बैंकलाई राम्रो अवस्थामा फर्काउन सक्छु भनेर आवेदन दिएको थिएँ-शाहले भने -तर यो मेरो असफल कोशिस थियो ।

उनले नेपाल बैंकको कोशिस असफल भएपछि नविलमा नै बस्नु बैंकका लागि पनि नराम्रो हुने भएकाले छाडेको बताए । उनको राजिनामा नविलले शुक्रवार नै स्विकृत गरिसकेको छ ।
नेपाल बैंक असफल भएपछि अन्त जागिर नपाएर बसेको भन्ने हुन्छ-उलने भने त्यही भएर पनि छाडेको हुँ ।

तत्कालिन नेपाल गि्रनलेज हालको स्टान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करियर सुरु गरेका उनले नविल बैंकले आफूलाई प्रमुख कार्यकारी नियुक्त गरेर जोखिम उठाएको बताए । विदेशी बैंकको साझेदार नविलका उनी पहिलो नेपाली प्रमुख कार्यकारी हुन् । पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष सत्यन्द्रप्यारा श्रेष्ठको प्रशंंसा गर्दै उनले श्रेष्ठबाट बैंकिङ क्षेत्रका धेरै कुरा सिकेको बताए ।
बैंकिङमा उहाँ मेरो गुरु पनि हो-उनले भने ।
उनले नविलको नेतृत्व गरेपछि बैंकले १ सय ११ प्रतिशतभन्दा वढी नेटवर्थ हासिल गरेको छ । करपछिको नाफा १ सय २६ प्रतिशत वढी नाफा कमाएको छ । निक्षेप संकलन पनि १ सय ६४ प्रतिशतले वढेको छ । कर्जा र लगानी पनि क्रमशः २ सय २७ र ६९ प्रतिशतले बढेको छ ।
बैंकले हासिल गरेको उपलब्धि अनिल शाहको कारणले मात्र होइन- उनले भने -सहकर्मी साथी र ब्यवस्थापनको सहयोग बिना यो उपलब्धि हासिल गर्न सकिन्दैन ।
शाहले नविल बैंक नेपालको नंबर एक बैंक भएको बताउँदै आफूले छाडेपछि पनि नंम्वर एक बैंकनै रहने विश्वास व्यक्त गरे । आफू आउनु पहिले पनि नविल ठूलो बैंक भएको बताउँदै उनले छाड्दा पनि बैंक अझ ठूलो भएको बताए ।

एक जनाले गर्दा बैंक माथि पुग्ने होइन-उनले भने -र एक जनाले छाड्दैमा बैंक तल झर्ने पनि होइन ।
नविल बैंक टिम वर्कका कारण सफल भएको उनले बताए बताए । सफल बैंक हुनका लागि अरु बैंकले नविल बैंकको साचालक र कर्मचारीसँग सिक्नु पर्ने उनले बताए । मेगा बैंकमा नविलबाट कर्मचारी लैजाने भन्ने प्रश्नमा उनले आउन चाहनेलाई रोक्न नसक्ने बताए ।
आउन चाहने मेगामा लाई छडिले हिर्काएर नआइज भन्न सकिन्न-शाहले भने -अन्य बैंकबाट पनि धेरै जना आउन सक्छन् ।

मेगा बैंकमा ५ बर्षका लागि जान लागेको बताउँदै उनले ३ बर्षसम्म कुनै वित्तीय कम्पनीमा जाननसक्ने बताए ।

तीन बर्षसम्म मैले मेगा बैंक छाड्न मिल्दैन-उनले भने ।

No comments:

Post a Comment

thanks for comment