बजार पुसबाट बढ्ने


काठमाडौं मंसिर २३

लगानीकर्ता-सेयर मूल्य कहिलेबाट बढ्छ ?

केही समयदेखि निरन्तर ओरालो लागेको सेयर बजारबाट आत्तिएका लगानीकर्तालाई विश्लेषकले बजार उकालो लाग्ने बेला भइसक्यो खरिदका लागि अहिले उपयुक्त समय छ-भन्ने उत्तर दिन थालेका छन् । विश्लेषकहरुले गरेको प्रक्षेपण अनुसार पुस तेस्रो साताबाट नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सच्चिदै उकालो लाग्ने छ ।
नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीमध्ये अधिकांसको सेयरधनी दर्ता पुस्तिका बन्द वुकक्लोज भइसकेको तथा सेयरको मूल्य अधिकतम घटिसकेकाले अब घट्ने सम्भावना कम भएको तर्क प्रस्तुत गर्दै लगानी व्यवस्थापक कम्पनी बिड इन्भेष्टमेन्टका प्रमुख कार्यकारी सुमन रायमाझीले डेड महिनापछि बजार बुलिस्ट उकालो टे्रनमा जाने दावी गरे ।
बजार-चक्र अनुसार कुनै निष्चित विन्दुमा पुगेपछि बढ्ने वा घट्ने क्रम रोकिन्छ । घट्नु पर्नेभन्दा वढी बजार घटिसकेकाले अब बढ्छ भन्ने विश्लेषण वलियो भएको हो । प्राय कम्पनीको मूल्य आन्दानी अनुपात तथा प्रति सेयर आम्दानी उच्च भएकाले पनि बजार वढ्ने उनले बताए ।
गत बर्ष ११ सय ७५ मा पुगेको नेप्से परिसूचकमा उतार-चढाव हुँदै पाँच महिनाअघि ७ सय ३९ अंकमा पुगेको थियो । त्यसयता बजार सुचक निरन्तर घटिरहेको छ । यद्यपी तीन दिनदेखि सेयर बजार बुलिस टे्रनमा छ ।
बाँकी कम्पनीको पनि वुकक्लोज केही साताभित्र भइसक्ने भएकाले बजार उकालो लाग्ने विश्लेषकले बताए । प्राविधिक विश्लेषण अनुसार बजार एकैनासले नघट्ने तथा अधिकांस कम्पनीको सेयर मूल्य न्युनतम विन्दुमा पुगिसकेकाले अब अरु घट्ने सम्भावना कम भएर गएको सेयर दलाल नवराज पोखरेलले बताए ।
बढ्ने भन्दा घट्ने टे्रन लामो हुन्छ-उनले भने -त्यही भएर बजार घटिरहेको हो ।
रायमाझीले दोस्रो बजारमा लगानी गर्न चाहनेका लागि सेयर खरिदका लागि उपयुक्त समय भएको बताए । उनका अनुसार अहिले सेयर विक्री गर्ने समय भएको छैन । तर एक÷डेड महिनाभित्र सेयर खरिद गर्दा केही समयपछि यसले राम्रो प्रतिफल दिने छ ।
ज्याम्व टेक्नोलोजिज्का सेयर विश्लेषक विकास चौधरीका अनुसार नेप्से परिसूचक घटेपनि सबै कम्पनीको सेयर नघटेको बताए ।
केही कम्पनीको सेयरले गर्दा परिसुचक घटेको देखिएको हो-उनले भने -तर समग्रमा बजार घटेको होइन ।
उनले घटेको बजारमा सेयर खरिद गर्नु राम्रो हुने बताउँदै कम्पनीको वासलात र साचालक हेरेर सेयर खरिद गर्ने बेला भइसकेको बताए ।
बजार सुचक धेरै घटिसकेको छ- चौधरीले भने -यो बेला खरिद गरेको सेयरले धेरै मार्जिनमा नाफा दिनेछ ।
अहिले भन्दा थप बजार नघट्ने अनुमान वलियो भएकाले सेयर खरिद गर्ने अहिलेको समय उपयुक्त भएको विश्लेषक बताउँछन् । सेयर बजारमा सुचिकृत कम्पनीका सेयरको मूल्य अधिकतम घटिसकेको छ । धेरै घटेपछि पुनः उकालो लाग्ने खुला बजारको सिद्धान्त अनुसार अब सेयर मूल्य बढ्ने विश्लेषकको भनाइ छ ।
अहिलेको बजार कम्पनीका कारणले नघटेको रायमाझीले बताए । उनका अनुसार प्राय कम्पनीको प्रति सेयर आम्दानी तथा मूल्य आम्दानी अनुपात उच्च छ । यसले सेयर मूल्य कम्पनीको कारणले नघटेको पुष्टि गर्छ । चालु बर्षको पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार प्राय कम्पनीको नाफा वढेको छ । साथै कम्पनीको वित्तीय अवस्था पनि वलियो भएको विवरण प्रकाशित भएकाले कम्पनी विशेषले सेयर बजार नघटेको उनले बताए ।
विश्लेषक रविन्द्र भट्टराईका अनुसार सेयरको मागभन्दा आपुर्ति वढी भएकोले सेयर मूल्य घटेको हो । गत आर्थिक बर्षमा २० अर्ब रुपैयाँ वरावरको सेयर निष्कासन भएको थियो । चालु बार्षको प्रथम चार महिनामा मात्रै ५ अर्ब रुपैयाँको सेयर निष्कासन भइसकेको छ भने ९ अर्ब रुपैयाँ वरावरको सेयर निष्कानको तयारीमा छ ।
उनले लगानीकर्ता हकप्रद सेयरमा आकर्षित हुन छाडेको बैंकले बचतमा दिने व्याजदर वढेकाले पनि सेयर मूल्यमा ह्रास आएको बताए । घरजग्गा र सुनको मूल्य बढ्न थालेपछि सेयर मूल्य घटेको भट्टराईले बताए । लगानीका क्षेत्र वढेकाले सेयरका लगानीकर्ता त्यतातिर आकर्षित भएको बताए ।
घर-जग्गा तथा सुनको मूल्य स्थिर तथा घट्न थालेपछि सेयर मूल्य वढ्छ-उनले भने -अहिले सुनको मूल्य घट्न थालेको तथा अन्य लगानीका क्षेत्रबाट प्रतिफल कम हुनथालेकाले सेयर मूल्य पुनः उकालो लाग्ने छ ।

No comments:

Post a Comment

thanks for comment