लघुवित्त संस्थाको पाँच बर्षे लक्ष्य


काठमाडौं कात्तिक १४
लघुवित्त क्षेत्रमा कार्यरत संस्थाले आगामी पाँच बर्षभित्र ३१ लाख ६५ हजार विपन्न परिवारलाई सेवा पुर् याउने लक्ष्य राखेका छन् । अहिले १३ लाख २७ हजार विपन्न परिवारसम्म वित्तीय पहुँच पुगेको छ ।

लघुवित्त विकास बैंक सहकारी संस्था र गैरसरकारी संस्थाले २०७२ सम्मको लक्ष्य निर्धारण गर्दै गुणस्तरीय जिम्मेबार र आधुनिक प्रविधीको आधारमा लघुवित्त सेवा व्यापक गर्दै गरिबी न्यूनीकरणमा योगदान पुर् याउने भएका हुन् ।
लघुवित्त क्षेत्रमा कार्यरत तीन भिन्न प्रकृतिका संस्थामध्ये लघुवित्त विकास बैंकहरुले आगामी पाँच बर्षमा १२ लाख ८७ हजार परिवारलाई वित्तीय सेवा दिनेछन् । अहिले ६ लाख २४ हजारले सेवा पाइरहेका छन् । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त सहकारी संस्थाहरुले ३ लाख ७८ हजार परिवारलाई वित्तीय सेवा दिँदै आएकोमा यो संख्या पाँच बर्षमा ८ लाख ९६ हजार पुर् याउने भएका हुन् ।

राष्ट्र बैंकबाट सीमित कारोवारका लागि वित्तीय अनुमति पाएका गैरसरकारी संस्थाले ३ लाख २३ हजारलाई सेवा दिँदै आएका छन् । यसलाई उनीहरुले ९ लाख ८२ हजार पुर् याउने लक्ष्य राखेका छन् ।
पाँच बर्षे लक्ष्य निर्धारण गर्दै यी संस्थाहरुले २०७२ सम्म ४७ अर्ब ८० करोड कर्जा लगानी गर्ने भएका छन् । अहिले विपन्न वर्गमा १२ अर्ब १६ करोड रुपैयाँ लगानी छ । अहिले लघुवित्त विकास बैंकहरुले ८ अर्ब १४ करोड रुपैयाँ सहकारी संस्थाले १ अर्ब ६५ करोड र गैरसरकारी संस्थाहरुले २ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेका छन् । यी संस्थाले पाँच बर्षमा क्रमशः २८ अर्ब ८९ करोड ७ अर्ब ७४ करोड र ११ अर्ब १६ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।
तीनै समुहका संस्थाले निक्षेप संकलन २३ अर्ब २५ करोड रुपैयाँ पुर् याउन भएका छन् । अहिले ४ अर्ब ६८ करोड रुपैयाँ संकलन गरेका छन् । अहिलेको बचत संकलनमध्ये लघुवित्त विकास बैंकले २ अर्ब ५९ करोड सहकारी संस्थाले १ अर्ब ६ करोड र गैरसरकारी संस्थाले १ अर्ब २ करोड रुपैयाँ गरेका छन् । यी कम्पनीहरुले आगामी पाँच बर्षम निक्षेप क्रमशः ११ अर्ब ३१ करोड ५ अर्ब ४२ करोड र ६ अर्ब ५१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएका छन् ।

No comments:

Post a Comment

thanks for comment