गोर्खा बु्रअरीको ३ सय करोडको सेयर काल्र्सवर्ग सिंगापुरले किन्यो


काठमाडौं, २३ कात्तिक

देशको ठूलो औद्योगिक घराना खेतान समूहअन्तर्गतको गोर्खा बु्रअरीले ३ सय करोड रुपैयाँ बराबरको सेयर काल्र्सवर्ग सिंगापुरलाई बिक्री गरेको छ । देशको सबैभन्दा ठूलो बियर उत्पादक र ८० प्रतिशत बियर बजार ओगटेको यो कम्पनीले आफ्नो नाफामूलक कम्पनीको सेयर बेच्नुलाई आश्चर्यका रूपमा लिइएको छ ।

गोर्खा बु्रअरीमा डेनिस काल्सवर्गको ५० प्रतिशत र खेतान समूहको ५० प्रतिशत लगानी रहेकामा अब खेतान समूहको केवल २० प्रतिशत रहने र उसको ३० प्रतिशत सेयर सिंगापुर काल्र्सवर्गले किनेको छ । कम्पनी रजिष्ट्रार कार्यालय स्रोतले बु्रअरीको ३० प्रतिशत सेयर खेतान समूहले सिंगापुरको कम्पनीलाई बिक्री गरेको पुष्टि गरेको छ ।

कम्पनी स्रोतका अनुसार खेतान समूहका अध्यक्ष राजेन्द्र खेतानले आफ्नो नाममा रहेको २३ लाख ३० हजार ३ सय ५ कित्ता सेयरमध्ये ३ सय करोड रुपैयाँमा १८ लाख ६६ हजार ६ सय २० कित्ता सेयर सिंगापुर काल्सवर्गलाई बिक्री गरेका हुन् ।
सिंगापुर काल्र्सवर्गले दसंैलगत्तै खेतानकै लगानी रहेको लक्ष्मी बैंकमा ४ करोड डलर रकमान्तर गरिसकेको छ । यो रकममध्ये बैंकले ५० लाख डलर विभिन्न वाणिज्य बैंकलगायतका वित्तीय संस्थालाई बिक्री गरेको छ भने ३ करोड ५० लाख डलर केन्द्रीय बैंकलाई बिक्री गरेको थियो ।

राष्ट्र बैंक स्रोतका अनुसार लक्ष्मी बैंकले नै राजेन्द्र खेतानको नाममा गोर्खा बु्रअरीमा रहेको सेयरमध्ये करिब ८० प्रतिशत सेयर बिक्री गरेर आएको डलर किन्न केन्द्रीय बैंकसमक्ष पत्राचार गरेको थियो । केन्द्रीय बैंकले ठूलो मात्रामा विदेशी मुद्रा विदेशी लगानीका रूपमा प्राप्त भएकाले शोधनान्तर स्थितिमा समेत सुधार हुने बताएको छ । काल्र्सवर्ग सिंगापुरले पठाएको रकम लक्ष्मी बैंकले तिहारअघि केन्द्रीय बैंकलाई उपलब्ध गराएको हो ।

देशमा लगानीको वातावरण नभएर विदेशी कम्पनी फिर्ता गइरहेको समयमा खेतान समूहले सिंगापुर काल्र्सवर्गको ३ सय करोड रुपैयाँ लगानी भित्र्याएको हो । गोर्खा बु्रअरी देशको सबभन्दा बढी कर तिर्ने तेस्रो ठूलो कम्पनी हो । यो कम्पनीले गत आर्थिक वर्ष २ अर्ब ४६ करोड रुपैयाँ कर तिरेको थियो ।
काल्र्सवर्ग सिंगापुरले मलेसिया, चीनलगायतका मुलुकबाट वियर आयात गरी दसकौंदेखि बिक्री गर्दै आएको थियो । सुरुमा डेनमार्कबाट काल्र्सवर्ग वियर ल्याएर यो बजारमा उत्रिएको कम्पनीले पछिल्ला समयमा एसियाली मुलुकमा नै उत्पादन गरिएका काल्र्सवर्ग बियर बिक्री गर्न सुरु गरेको थियो ।
काल्र्सवर्गको बजार हिस्सा सिंगापुरमा २० प्रतिशतभन्दा बढी भएको कम्पनीको वेबसाइटमा उल्लेख छ । अधिक माग भएकाले यो कम्पनीले गोर्खा बु्रअरीमा लगानी गरेको बताइएको छ । सिंगापुरमा काल्र्सवर्ग बियरको स्थान दोस्रो छ । सिंगापुरमा प्रत्येक वर्ष ९ लाख ८३ हजार हेक्टोलिटर बियर खपत हुन्छ । त्यहाँ प्रतिव्यक्ति औसत बियर खपत २० लिटर रहेको छ ।

यो कम्पनीले सिंगापुरमा काल्र्सवर्ग ग्रीनलेभल, काल्र्सवर्ग गोल्ड, काल्र्सवर्ग स्पेसल ब्रु, स्कोल, कोरियब्रुग १९६४, कोरियबु्रग ब्लान्क, डेनिस रोयल स्टाउट, कोराना, टेट्ली, जोली सेन्डीलगात बिक्री गर्दै आएको छ ।

नेपालमा तीन सयभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको गोर्खा बु्रअरीले देशको कुल बजारको ८० प्रतिशत हिस्सा ओगटेको छ । देशमा प्रतिव्यक्ति औसत १.२ लिटर बियर खपत हुन्छ भने देशभर वार्षिक ३ लाख २१ हजार हेक्टोलिटर बियर खपत हुन्छ ।
सन् १९८९ मा खेतान समूह, हिमालयशमशेर राणा र डेनिस बहुराष्ट्रिय कम्पनी काल्सवर्ग बु्रअरी कोपेनहेगनको संयुक्त लगानीको स्थापित गोर्खा बु्रअरी प्रालि त्यतिबेलादेखि अहिलेसम्म पनि सबैभन्दा ठूलो विदेशी लगानीको कम्पनी भएको दाबी गरिएको छ । संयुक्त लगानीको यो कम्पनीले दक्षिण एसियाको सर्वाधिक विशिष्ट उत्पादन कारखाना सञ्चालन गरेको थियो । यसको काराखानामा उच्च प्रविधि प्रयोग गरिएको छ ।
खेतान समूहले सन् १९९८ मा टुवोर्ग उत्पादनका डानबु्रसँग सम्झौता गरेपछि गोर्खा बु्रअरीको स्थापना गरेको थियो । नेपाली बजारमा टुवोर्ग बियरको उत्पादन सन् १९९० मा सुरु भएको थियो । यो नेपालमा पहिलो विदेशी ब्रान्डको उत्पादन थियो । काल्र्सवर्गको उत्पादन कम्पनीले १९९५ मा सुरु गरेको थियो । रोयल डेनिस टुवोर्ग बियर २००२ मा उत्पादन सुरु गरेको थियो ।

सन् २००४ मा यो कम्पनीले आफ्नो प्रतिस्पर्धीका रूपमा देखिएको सानमिगेल बियर पनि नेपालमा उत्पादन गर्ने अधिकार लिएको थियो । सन् २००६ मा यो कम्पनीले जोली शान्डी र जोली लेमोनाड उत्पादन गर्दै आएको छ । यसैगरी सन् २००७ देखि यो कम्पनीले इभेनियो वाइनको उत्पादन पनि गर्दै आएको छ । कम्पनीले छिट्टै रेडबुल इनर्जी ड्रिंकसमेत नेपालमा नै उत्पादन गर्ने योजना बनाएको छ ।

No comments:

Post a Comment

thanks for comment