सेयर बजारमा एनआरएनको लगानी खुला


काठमाडौं मंसिर ४
गैरआवासीय नेपाली एनआरएन ले अब सेयर बजारमा पनि लगानी गर्न पाउने भएका छन् । बजेटले एनआरएनलाई सेयर बजारमा लगानी गर्न छुट दिने नीति लिएको छ ।

एनआरएन संघ नेपालका पूर्वअध्यक्ष उपेन्द्र महतोले कार्यक्रमको स्वागत गर्दै 'ढिलो भए पनि राम्र्रो कार्यक्रम घोषणा गरिएको' बताए । 'यसमा ठूलो लगानी नआए पनि लगानीकर्ता पनि धेरै आउँछन्,' उनले नागरिकसँग भने, 'अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने कम्पनी यहाँ छैन तर यसले सानो-सानो पुँजी भएका एनआरएनलाई आफ्नै देशमा लगानी गर्न सजिलो बाटो दिएको छ ।'
नेपालको पुँजी बजार विकासमा यो कार्यक्रम प्रभावकारी माध्यम भएको पनि उनको धारणा छ ।
हालसम्म एनआरएनलाई सेयर बजारबाहेक सबै क्षेत्र लगानी गर्न खुला छ । अरु देशमा भने विशेष व्यवस्था गरी यो क्षेत्रमा पनि लगानी गर्न छुट दिइन्छ ।
सेयरको आपूर्तिभन्दा माग कम भई बजार निरन्तर ओरालो लाग्न थालेपछि यसमा लगानी बढाउने नीतिअनुसार यो व्यवस्था गरिएको हो । गैरआवासीय नेपालीले लामो समयदेखि पुँजी बजारमा लगानी गर्न इच्छा देखाउँदै आएका छन् ।

No comments:

Post a Comment

thanks for comment