किष्टले विजनेस गर्छ अब : कमल ज्ञवाली

कमल ज्ञवाली, प्रबन्ध साचालक, किस्ट बैंक



बैंकको चुक्ता पुँजी ५ अर्ब बनाउन हकप्रद सेयर जारी नगर्ने भएको छ । अब पुँजी नबढाउने हो ?

चुक्ता पुँजी ५ अर्ब बनाउनका लागि प्रबन्धपत्र र नियमावलीमा शंसोधन भैसकेको छ । एक बराबर एक दशमलव पाँच हकप्रदबाट पुँजी बढाउने योजना परिवर्तन गर्न खोजिएको हो । अब चुक्ता पुँजी हकप्रद बोनस फर्दर पब्लिक इस्यु र अरु कम्पनीलाई बैंकमा गाभेर बढाइने छ । शनिबार सम्पन्न नवौं साधारण सभाबाट यही प्रस्ताव पारित भएको छ ।


मर्जरका लागि कुन कुनै बैंक तथा वित्तीय संस्थासँग कुराकानी भएको छ ?
किस्ट बैंक अरुसँग गाभिन जाने गरि कुरा भएको छैन् । किस्टमा केही फाइनान्स कम्पनी विलय हुन इच्छुक छन् । अहिले नै अन्तिम रुप केही पनि नलिएकोले केही भन्न सकिने अवस्था छैन ।
समग्र सेयर बजारसँगै किस्ट बैंकको सेयर मूल्य २ सयमा झरको छ । यो मूल्य ठिकै हो कि कम हो ?
बैंकको सेयर मूल्य एकदम न्युन हो । फाइनान्स कम्पनीदेखि बैंक भएपछि पनि हामीले लगातार लाभांश वितरण गरेको अवस्थामा अहिलेको मूल्य न्युन हो । राष्ट्र बैंकको निर्देशन पालनाको हिसाबले बैंक अनुशासित छ । प्रत्येक वर्ष बैंकको वृद्वि भैरहेको छ । दीर्घकालीन लगानीको हिसाबले अहिले बैंकको सेयर मूल्य न्युन हो ।
निकै चाँडो शाखा संख्या ५१ पुग्यो । यसले साचालन खर्च बढायो । विजनेसमा ध्यान दिन सकिएन । तर चालु वर्षमा शाखा थपिने छैन । विजनेसमा मात्रै ध्यान दिइने छ । चालु वर्षको तीन महिनाको नाफा ८ करोड नाघेको छ । यो हिसाबमा चालु वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत लाभांश दिन सकिन्छ ।
समग्र सेयर बजार घटेको बेलामा किस्टको सेयर सहजै बिक्री हुने भएकोले बिक्रीको चाप बढ्यो । यसले मूल्य घटायो । साधारण सेयर ४० प्रतिशत छ । यो ८० लाख कित्ता हो । संख्या बढि भएकोले पनि मूल्य तल झरेको हो ।
सामूहिक लगानी कोष स्थापनाले सेयर बजारमा कस्तो असर गर्ला ?
संस्थाले सेयरमा लगानी गर्न पाउने व्यवस्था अहिले सम्म थिएन । भर्खर धितोपत्र बोर्डले म्युचुअल फनड स्थापनाका लागि कानुनी व्यवस्था गरेको छ । संस्थागत लगानीले सेयर बजारमा सुधार आउँछ । गैरआवासिय नेपाली र विदेशीलाई लगानी खुला भएपछि बजार झन माथी जान्छ ।
एक अर्ब चुक्तापुँजी भएका बैंक तथा वित्तीय संस्थाले सामूहिक लगानी कोष स्थापना गर्न पाउँछन् । किस्टको योजना के छ
हामी लघुवित्त विकास बैंक र म्युचुअल फन्ड स्थापनाको गृहकार्यमा छौं । हुन त किस्ट बैंकले फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकमा १ करोड ५० लाख रुपैयाँ लगानी गरिसकेको छ । यो करिब १५ प्रतिशत हुन आउँछ । यो बाहेक बैंकले अलग्गै कम्पनी ल्याउँछ ।
बैंकको एजेन्ट राख्ने योजना कहाँ पुग्यो
बैंकले एजेन्ट राख्ने योजना अगाडी बढाएको छ । संस्था र व्यक्तिलाई यस्तो एजेन्ट तोकिने छ । मोबाईलबाट बैंक खातामा निक्षेप राख्न र झिक्न सकिने छ । एजेन्टले रकम लिन्छ वा दिन्छ । यसको सूचना तुरुन्तै सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस जान्छ । एजेन्ट राख्न राष्ट्र बैंकबाट स्वीकृति लिने तयारीमा छौं । एजेन्ट राख्ने काम भारतको आईसिआइसिआई र एसबिआई बैंकले सुरु गरिसकेको छ ।
गत वर्ष बैंकको नाफा कम देखियो र लाभांश पनि न्युन भयो ?
हामीले हरेक वर्ष लाभांश िदंदै आएका छौं । यसपटक पनि गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश िदंदैछौं । अघिल्लो वर्षको भन्दा बढि नै भएकोले कम भन्न मिल्दैन । गत वर्ष शाखा स्थापना लगायतका कार्यमा साचालन खर्च बढेकोले नाफा १४ करोड ४१ लाख रह्यो । अहिलेको अवस्था हेर्दा साचालन खर्च घटने भएकोले नाफा दोब्ब्र हुन्छ । यो वर्ष साचालन खर्च विगतका वर्षमा जति हुँदैन । शाखा स्थापना नहुने भएकोले खर्च घट्छ । सवै शाखा यो वर्षमा नाफा गर्छन । घटाउन सकिने जति लागत घटाउँछौं । गुणस्तरमा सम्झौता गरेर खर्च घटाउने होइन । चालु वर्षको नाफाबाट आगामी वर्ष १० प्रतिशत लाभांश दिन सकिन्छ । सूचना प्रविधिमा सुधार गर्ने काममा लाग्छौं । बैंकमा रहेका ५ सय ४० कर्मचारीलाई आवश्यक तालिम दिन्छौं । २ लाख ५० हजार ग्राहकलाई थप सुविधा दिने कार्यक्रम ल्याउँछौं । ६२ एटिएममा कुनै पनि समस्या नआउने व्यवस्था गछौं । मुलुकमा आर्थिक गतिविधि तीब्र भएपछि अगाडी बढ्ने पूर्वाधार तयारीमा लाग्छौं ।

रिक्सा कर्जा र शैक्षिक प्रमाणपत्र धितो कर्जा प्रवाह कस्तो छ  ?
रिक्सा चालकलाई यसको मालिक बनाउन बैंकले कर्जा दिन थालेको हो । दिनमा ३५ रुपैयाँ बैंकलाई बुझाउन गरि १० देखि २० हजार रुपैयाँ कर्जा दिईएको छ । अहिलेसम्म एक सय रिक्साका लागि कर्जा गैसकेको छ । चार हजार रिक्साका लागि यस्तो कर्जा दिनेछौं । रिक्सा चालकले २ वर्षमा रिक्सा आफ्नो बनाएर थप १५ हजार रकम बैंकबाट लैजाने छन् । अहिले पनि रिक्सा चालकले मालिकलाई दिनभरि चलाए बापत ४५ रुपैयाँ बुझाउँदै आएका छन् । ऋणमा रिक्सा किन्न पाएपछि उनीहरुको जीवनस्तरमा सुधार आउने छ ।
शैक्षिक प्रमाणपत्र धितो राखेर २ करोड कर्जा प्रवाह भएकोमा १ करोड असुली भैसकेको छ । यसमा कर्जा खराब बनेको छैन । प्रमाणपत्रमा ल्याएको नम्बरका आधारमा कर्जा दिने गरिएको छ ।
बैंकहरुले पुरानो कर्जामासमेत ब्याज बढाउने गरेका छन् । यसलाई नाफाका लागि सर्वसाधारणलाई झुक्याएको भन्न मिल्छ ?
बैंकहरुले नयाँ कर्जामा मात्रै ब्याज बढाउनुपर्ने हो । पुरानो कर्जामा एउटै अनुपातमा ब्याज बढाउन हुँदैन । उठाउने बेला भएको कर्जा बढाउन सकिन्छ । समय नपुगेको कर्जामा ब्याज बढाउन हुँदैन । किस्टले पुरानो कर्जामा ब्याज बढाएको छैन । र बढाउन पनि हुँदैन ।
विदेशमा शाखा खोल्ने योजना कहाँ पुग्यो ?
हामीले अन्तर्राष्ट्रिय संस्था इएनवाई अर्नेष्ट एण्ड योङ लाई अध्ययन गराएका थियौं । उसले अहिलेको पद्धति बलियो बनाएर मात्र विदेशमा शाखा खोल्नुपर्ने सुझाव दिएको छ । यसैल हामी आन्तरिक रुपमा उसको सुझाव अनुरुप सुधार गछौं । त्यसपछि मात्रै यसलाई अगाडी बढाउनेछौं ।

No comments:

Post a Comment

thanks for comment