स्ट्यान्डर्ड फाइनान्समा महतो पक्षको वर्चस्व


सुदर्शन सापकोटा
काठमाडौं कात्तिक १७
स्ट्यान्डर्ड फाइनान्स कम्पनीका साचालक समिति अध्यक्ष योगेश्वरलाल श्रेष्ठको संस्थापक सेयर गैरआवसीय नेपाली उपेन्द्र महतो समूहले खरीद गरेपछि उनको प्रतिनिधित्व गर्दै दुई जना समितिमा गएका छन् ।

गत भदौमा श्रेष्ठसँग रहेको कम्पनीको ६ प्रतिशत सेयर महतो समुहले किनेको हो । महतो पक्षले संस्थापक पाँच जना समिति सदस्यमा सबै आफ्ना पक्षका राख्नका लागि श्रेष्ठ पक्षका अन्यको थप १२ प्रतिशत सेयर किन्ने प्रकि्रया अगाडि बढाइ सकेको छ । 
भदौमा ६ प्रतिशत सेयर किनेपछि कम्पनीमा महतो समुहको सेयर हिस्सा ३४ प्रतिशत पुगेको छ । थप १२ प्रतिशत खरिद गरेपश्चात ४६ प्रतिशत सेयर हिस्सा पुग्ने छ । 'आफ्नै हिसाबले साचालक समिति साचालन गर्नका लागि महतो समुहले कम्पनीमा सेयर हिस्सा वहुमत पुर् याउन लागेको हो,' फाइनान्स स्रोतले भन्यो ।
वाणिज्य बैंकका लागि साचालन अनुमति पर्खिएर बसेको स्ट्यान्डर्ड फाइनान्समा कम्पनी स्थापनादेखि नै त्यसको साचालक समितिमा महतो समुहबाट कसैले पनि प्रतिनिधित्व गरेका थिएनन् । सोझै अध्यक्षको सेयर लिएर साचालक समितिमा समुहका तर्फबाट उपेन्द्रका भाइ वीरेन्द्र र विकास राणाले प्रतिनिधित्व गरेका हुन् । राणा शिखर इन्स्योरेन्स कम्पनीका साचालक समिति अध्यक्ष हुन् । ४६ प्रतिशत हिस्सा पुगेपछि थप तीन जना महतो पक्षबाट समितिमा जानेछन् । कम्पनीको नौ सदस्यीय साचालक समितिमा ५ संस्थापक सेयरधनी ३ सर्वसाधारण र १ जना विशेषज्ञ साचालक हुन्छन् ।
वाणिज्य बैंकमा जानका लागि प्रकृया सुरुभएपछि महतो समुह र श्रेष्ठबीचि विवाद वढेको थियो । महतो पक्षले कम्पनीमा २८ प्रतिशत हिस्सा भएकाले वाणिज्य बैंक बन्नु अघि नै साचालक समितिमा आउने बताएपछि श्रेष्ठले असहमति राखेका थिए । महतो पक्षले कम्पनीमा आफ्नो नाम जोडिएकाले राम्रो सुव्यवस्था कायम गर्न पनि साचालकमा आउनु पर्ने माग गरेको थियो ।
श्रेष्ठले यो प्रस्तावलाई नमानेपछि समुहले आफ्नो समुहको सबै सेयर किनेर कम्पनीबाट मुक्त गर्न अर्को प्रस्ताव अघिसार्यो । यो प्रस्ताव पनि श्रेष्ठले अस्विकृत गरेपछि महतो पक्षले सेयर विक्री गर्ने प्रस्ताव गरेअनुसार श्रेष्ठले सेयर विक्री गरेर कम्पनीबाट अलग्गिएका हुन् । श्रेष्ठले भदौमा राजीनामा गरेपछि कम्पनीको अध्यक्षमा हिरन्यप्रसाद धर छन् । उनी एक महिनाअघि अध्यक्ष भाएका हुन् ।
समुहले श्रेष्ठको सेयर सम्भौता गरेर किनेको हो । साचालक समितिमा गएको एक बर्षपछि मात्र सेयर विक्री गर्न पाइने बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐनले व्यवस्था गरेकाले उनले सम्झौता गरेर सेयर विक्री गरेका हुन् ।
श्रेष्ठको कम्पनीमा ६ लाख १० हजार किक्ता सेयर थियो । गत आर्थिक बर्षमा ६ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । कम्पनीले चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर् याउन थप एक अर्ब रुपैयाँ वरावरको हकप्रद सेयर निस्कान गर्ने प्रकृया थालिसकेको छ ।
कम्पनीले गत बर्ष १ अर्ब ९१ करोड निक्षेप संकलन गरेको छ । यसअघि निक्षेप ८७ करोड रुपैयाँ मात्र थियो । कर्जा पनि ८९ करोडबाट वढाएर २ अर्ब ८ करोड रुपैयाँ पुर् याएको छ । कम्पनीको संभावित नोक्सानी व्यवस्था भने केही बढेको छ । १ करोड १६ लाख रहेको यो व्यवस्थाको रकम गत आर्थिक १ करोड ५५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत बर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांस दिने भएको छ ।


No comments:

Post a Comment

thanks for comment