बजेट पास नहुँदा आन्तरिक ऋण उठाउन कठिनाइ

काठमाडौं कात्तिक ९( नागरिक)
व्यवस्थापिका संसदबाट बजेट पास नहुँदा सरकारको आन्तरिक ऋण उठाउने योजना पुरा नहुने भएको छ । सरकारले चालु आर्थिक बर्षमा आन्तरिक ऋणमार्फत ३१ अर्ब ८० करोड रुपैयाँ उठाउने योजना बनाएको थियो ।
टे्रजरी विल्स विकास ऋणपत्र नागरिक बचतपत्र मार्फत सरकारले आन्तरिक ऋण उठाउने योजना बनाएको हो । बजेट पास नहँदा आन्तरिक ऋण उठाउने तालिका बनाउन सकिएको छैन- राष्ट्र बंक राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक लिलाप्रकास सिटौलाले भने । सरकारले आन्तरिक ऋण राष्ट्र बैंकमार्फत विभिन्न संस्था र सर्वसाधारणबाट उठाउँछ ।
बजेट पास हुन अझै ढिलाइ भएमा तोकिएको आन्तरिक ऋण उठाउन नसकिने राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक बर्षमा पनि सरकारले तोकिएको भन्दा ६ अर्ब रुपैयाँ कम आन्तरिक ऋण उठाएको थियो । एकैचोटी आन्तरिक ऋण उठाउन कठिनाइ हुने हँदा तरलताको अवस्था सहज बनाउन पनि गाह्रो पर्ने राष्ट्र बैंकका एक अधिकारीले बताए ।
नयाँ टे्रजरी विल्स तथा अन्य वित्तीय औजार प्रयोग गर्न नसक्दा अहिले बजारमा तरलता अभाव भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले अहिले वित्तीय सन्तुलनका लागि पुरानो टे्रजरीलाई नविकरण गर्दै आएको छ । टे्रजरी विल्स वित्तीय स्थाइत्वका लागि प्रयोग गरिने मौदि्रक औजार हो ।

No comments:

Post a Comment

thanks for comment