अन्तरबैंक व्याजदर बढ्यो

बैंकदर ५.१४ प्रतिशत

सुदर्शन सापकोटा
काठमाडौं कात्तिक ३
बैंकहरुले एक अपसमा लिने सापटीको अन्तरबैंक व्याजदर बढेको छ । दुई महिनाअघि १ दशमलव ४१ प्रतिशत रहेको अन्तरबैंक दर मंगलवार ५ दशमलव १४ प्रतिशत पुगेको छ । आर्थिक बर्षको अन्त्यपछि सबै कम्पनीले फरफारक गर्ने भएकाले नगद अभाव भएर बैंकदर बढेको हो, -लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले भने -यो लामो अवधिसम्म रहँदैन । अन्तरबैंक कारोवार अवधि वढीमा ७ दिनसम्म हुन्छ ।

आर्थिक बर्षको समाप्तिसँगै दशैं-तिहार परेकाले बजारमा नगद अभाव भएको जोशीले बताए । ुमाग अनुसार नगदको आपुर्ति नभएकाले व्याजदर वढ्नु स्वभाविक हो- उनले भने -केही सातापछि बैंकदर घट्छ । दशैं-तिहारमा नगद वढी चाहिने नेपाल टेलिकमलगायत सरकारी संस्थाले सरकारलाई आम्दानी बुझाउनु पर्नेजस्ता कारणले नगद अभाव भएर बैंकदरमा असर परेको जोशीले बताए । राष्ट्र बैंकले पनि दशैंअघि बजारमा नगद अभाव भएकाले बैंकदर वढेको जनाएको छ । केही महिनादेखि बैंकहरुमा नगद अभाव छ-राष्ट्र बैंकका एक अधिकारीले नागरिकसँग भने ।

गत आर्थिक बर्षको अन्तमा यो व्याजदर १ दशमलव १९ प्रतिशत थियो । दशैं-तिहारमा बैंकलाई वढी नगद आवश्यक पर्ने भएकाले अन्तरबैंक दर बढेको हो । गत चैत ११ गते बैंक व्याजदर २ बर्ष यताकै उच्च भएको थियो । बैंकदर ११ दशमलव ०६ प्रतिशतसम्म पुगेको थियो । त्यसयता घटिरहेको बैंकदर १ दशमलव ३३ प्रतिशतसम्म झरेको थियो । गत साउनदेखि मात्र बैंकदर वढ्न थालेको हो ।

कलकत्ताबाट नयाँ नोट नआएकाले नगद अभाव हुँदा सर्बसाधारणले बैंकमा पैसा जम्मा नगर्ने तथा भएको पैसा पनि झिकेकाले बैंकदर वढेको राष्ट्र बैंक अधिकारीले बताए । उनले ग्राहकलाई भूक्तानी दिने पैसा नभएकाले नगद जगेडा धेरै भएको बैंकले बैंकदर बढाएको दावी गरे । अब नयाँ नोट पनि आइसकेको छ-उनले भने -दशैं-तिहारमा वाहिर गएको पैसा विस्तारै फर्कन थाल्ने भएकाले बैंकदर घट्छ ।

असोज तेस्रो सातासम्म ९ अर्ब वढीको अन्तरबैंक कारोवार भएको राष्ट्र बैंकले जनाएको छ । दशैंताका एकै दिनमा ९५ करोड रुपैयाँभन्दा वढीको अन्तरबैंक कारोवार भएको छ । साउनपछि टे्रजरी विल्सको धितोमा पाइने ऋण रिपो को व्याजदर वढेकाले अन्तरबैंक कारोवार पनि वढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले जारी गर्ने टे्रजरी विल्स तरलता व्यवस्थापन गर्ने मौदि्रक औजार हो । यसको धितोमा राष्ट्र बैंकले बैंकहरुलाई नगद उपलब्ध गराउँछ ।

राष्ट्र बैंकका अनुसार मंगलवारबाट टे्रजरीको व्याजदर घटेको छ । ुटे्रजरीको व्याजदर घटेकाले बैंकदर पनि घट्छु राष्ट्र बैंक अधिकारीले भने । उनका अनुसार सस्तोमा राष्ट्रबैंकबाट पैसा पाउने भएपछि बैंकले आपसी कारोवार घटाउने भएकाले अन्तरबैंक दर घट्ने छ । दुई महिनाअघि टे्रजरी व्याजदर ५ दशमलव ५ प्रतिशतसम्म पुगेको थियो । मगंलवार २८ दिने टे्रजरीको व्याजदर १ दशमवल ५१ प्रतिशत छ । ९१ दिनको टे्रजरीको व्याजदर १ दशमलव ७७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।



No comments:

Post a Comment

thanks for comment