कर्जा-निक्षेप अनुपात सीमाले बैंकको लगानी बढ्न सकेन


चार महिनामा कर्जा ६ अर्बमात्र बढ्यो
सुदर्शन सापकोटा
काठमाडौं चैत २४

निक्षेपमा सुस्त सुधार भए पनि कर्जा-निक्षेप अनुपात सीमामा राख्नुपर्ने वाध्यताका कारण बैंकहरुले चार महिनादेखि लगानी रोकेका छन् ।
उनीहरुले गत वर्षजस्तो वर्षको अन्त्यमा ह्वात्तै निक्षेप बढ्ने अनुमानका आधारमा लगानी बढाउँदा कर्जा-निक्षेप अनुपात सीमाभन्दा माथि पुगेका कारण त्यसलाई सन्तुलनमा राख्न लगानी रोकेका हुन् ।
'कर्जा-निक्षेप अनुपात बढेकाले यसलाई सीमाभित्र ल्याउनुपर्ने वाध्यता छ,' डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधीर खत्रीले बिहीबार नागरिकसँग भने, 'लगानी वृद्धिको अनुपातमा निक्षेप नबढेकाले तरलता अभाव भएको छ । यसका कारण थप लगानी गर्नसक्ने अवस्था छैन ।' 
राष्ट्र बैंकका अनुसार यो सातासम्म वाणिज्य बैंकहरुले ६ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । कर्जा प्रवाह पनि ५ खर्ब १२ अर्ब रुपैयाँ भएको छ । गत असार मसान्तमा निक्षेप ६ खर्ब ३१ अर्ब रुपैयाँ थियो । असोज मसान्तमा घटेर ६ खर्ब १९ अर्ब पुगेको निक्षेप पुस मसान्तमा केही सुधार भएर ६ खर्ब २३ अर्ब हुँदै ६ खर्ब ४३ अर्ब पुगेको हो । दुई साताअघि पनि निक्षेप ६ खर्ब ३३ अर्बमा सीमित थियो ।

निक्षेपमा सामान्य सुधार आए पनि तरलता अभाव लगानीयोग्य पुँजी मा सुधार आउन सकेको छैन । बैंकहरुले आपसमा लिने कर्जा अन्तर बैंक दर को ब्याज दर बिहीबार साढे १० प्रतिशत छ । तरलता अभाव सामान्य भएका बेला यो २ देखि ३ प्रतिशतको हाराहारीमा हुन्छ ।
'तरलता अभाव गहिरिएर गएको छ । राष्ट्र बैंकले पनि रिपो सरकारी ऋणपत्रको धितोमा उपलब्ध हुने कर्जा दिन पनि कम गरिसकेको छ,' डिसिबिएलका टे्रजरी विभाग प्रमुख सुशील मानन्धरले भने, 'एक महिनाअघि २० अर्ब रिपो छाडेको राष्ट्र बैंकले घटाएर १० अर्बमा झारिसकेको छ ।' रिपो तरलता अभावलाई कम गर्ने अल्पकालिन मौदि्रक औजार हो ।
चार महिनाअघि ५ खर्ब ६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकले यो सातासम्म ६ अर्ब रुपैयाँ थप विस्तार गरेका छन् । विस्तार भएको ६ अर्ब रुपैयाँ पनि नयाँ आएका बैंकका कारण भएको हो ।
'पुरानोभन्दा नयाँ बैंकसँग पैसा अभाव नभएकाले कर्जा लगानी भएको हो,' यसै वर्ष साचालनमा आएको कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले भने, 'नयाँ बैंकमा पनि निक्षेप वृद्धि भएको छैन । तरलता अभावले नराम्रोसँग गाँजेको छ ।'
बैंकरका अनुसार दसैंदेखि नै कर्जा दिन कम गरिएको हो । ुसुस्त सरकारी खर्च र शोधनान्तर घाटा बढेकाले तरलता अभाव भएको छु खत्रीले भने । राष्ट्र बैंकका अनुसार देशको शोधनान्तर घाटा १२ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यस्तो घाटा अघिल्लो महिना ४ अर्ब ४३ करोड रुपैयाँमात्र थियो ।
कर्जा लगानी नहँुदा यसले अर्थतन्त्रको वृद्धिमा असर पर्छ । गत आर्थिक वर्षमा पनि दोस्रो त्रैमासिकपछि बैंकहरुले कर्जा लगानी बन्द गरेका थिए । यसले आर्थिक वृद्धिमा असर परेको थियो । बैंकरका अनुसार कर्जा लगानी हुन नसक्दा बैंकको नाफासँगै उत्पादन र रोजगारीसमेत प्रभावित हुन्छ । उत्पादनमा कमी आएपछि आयात बढाएर शोधनान्तर घाटा थप बढाउन सहयोग गर्छ ।
राष्ट्र बैंकले १० लाखभन्दा बढीको बैंक निक्षेपमा स्रोत खोल्नुपर्ने व्यवस्था गरेपछि निक्षेप हराउन थालेको हो । '१० लाखको स्रोत खोल्नुपर्ने व्यवस्था गर्नुको पछाडि सरकारको आफ्नै वाध्यता होला,' एक बैंकरले भने, 'स्रोत खोल्ने व्यवस्थाले सर्वसाधारणमा डराएका कारण निक्षेप आउन सकेको छैन । बैंकको स्रोत अहिले सरकारी खर्चमात्र हो ।' 
निक्षेपको अर्को स्रोत रेमिटुन्सको वृद्धि दर घटेका कारण तरलता अभाव बढेको हो । 'रेमिटुन्सको वृद्धि दर अहिले घटेको छ यसले निक्षेपमा सुधार आउन नसकेको हो,' भट्टराईले भने । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष पुसको तुलनामा माघमा वृद्धि दर साढे ६ प्रतिशतले घटेको छ । माघसम्ममा १ खर्ब ३८ अर्ब ९० करोड रुपेयाँ रेमिटुन्स भित्रिएको छ ।



 

No comments:

Post a Comment

thanks for comment