फगुनमा शोधनान्तर घाटा ११ अर्ब ३० करोड

काठमाडौं बैशाख १४ 
एक महिनाअघि १२ अर्ब ५७ करोड रुपैयाँ घाटामा रहेको शोधनान्तर चालु वर्षको आठ महिनामा ११ अर्ब ३० करोडमा झरेको छ । चालु आर्थिक वर्षमा ९ अर्ब रुपैयाँ बचतमा राख्ने लक्ष्य अनुसार ४ अर्ब ४३ करोड रुपैयाँमा झरिसकेको घाटा दुई महिनायता वढेको हो ।
'वजेट खर्च भएर विदेशी सहायता परिचालन हुन थालेपछि शोधनान्तर घाटा कम भएर जान्छ,' राष्ट्र बैंकको ५६औं वार्षिकउत्सव कार्यक्रममा गभर्नर युवराज खतिवडाले भने, 'यो वर्ष ९९ अर्ब रुपैयाँ विदेशी सहायता परिचालन गर्नु पर्नेमा जम्मा १९ अर्ब रुपैयाँ मात्र भएको छ ।'
उनले वित्तीय खातामा असन्तुलन देखिएका कारण घाटा अनपेक्षित रुपमा वढेको भन्दै विद्यमान विदेशी विनिमय सिाचतिले आठ महिनाको आयात भने धान्न सक्ने बताए । फागुनसम्म व्यापार घाटामा कमी सेवा व्यापार र ट्रान्सफर आयमा वृद्धि भएको उनले जानकारी दिए । असरको तुलनामा फागुनसम्म विदेशी विनिमय सिाचति ४.४ प्रतिशतले घटेको छ । विदेशी सिाचति २५७ अर्ब ४ करोड रहेको उनले जानकारी दिए ।

गभर्नरले मुल्यवृद्धि वढेको बताए । माघमा १०.२ प्रतिशत रहेको मूल्यवृद्धि फागुनमा १०.७ प्रतिशत पुगेको छ । 'विश्वलगायत छिमेकी मुलुकहरुमा समेत खाद्यान्नको मूल्यवृद्धि भएका कारण नेपालमा पनि यो वढेको हो,' उनले भने, 'छिमेकी मुलुकमा मूल्यवृद्धिमा नियन्त्रण नआएसम्म मौदि्रक नीतिबाट मात्रै हामीले महँगी नियन्त्रण गर्न सकिदैन ।'
गभर्नर खतिवडाले निर्यात व्यापारमा सुधार भएको जानकारी दिए । फागुनमा निर्यात व्यापारमा ६.६ प्रशितले वृद्धि भएको छ । आयतमा पनि १.४ प्रतिशतले वृद्धि भएको छ । उनले फागुनमा निर्यात आयात अनुपात १६.९ प्रतिशत पुगेको जानकारी दिए ।
आठ महिनाको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १२ अर्ब १४ करोड रुपैयाँ वढेको र कर्जा ५४ अर्ब २४ करोड रुपैयाँले वढेको जानकारी दिए । 'आठ महिनामा कर्जा प्रवाह र निक्षेप संकलनको अनुपातमा असन्तुलन देखिएको छ,' गभर्नरले भने ।






No comments:

Post a Comment

thanks for comment