पाँच प्रतिशतमा माओवादीभित्रै विवाद


सुदर्शन सापकोटा
काठमाडौं चैत २६
व्यवसायीले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा पाँच प्रतिशतभन्दा वढी लगानी गर्न नपाउने माओवादी सभासद्ले प्रस्तावका बारेमा उनीहरुको आफ्नै दलभित्र विवाद देखिएको छ ।

व्यापारीको हातमा रहेको सेयर स्वामित्व आमजनतामा ल्याउनु पर्ने तर्क गर्दै हरि रोकासहितका माओवादी ८ सभासद्ले संसदको विधायन समितिमा छलफलका क्रममा रहेको बैंक तथा वित्तीय संस्थासम्वन्धि ऐनमा शंशोधन प्रस्ताव गरेका हुन् । सभासद्को प्रस्तावले सेयर बजार लगायत बैंकिङ क्षेत्रलाई नै दीर्घकालिन असर पर्ने तर्क गर्दै बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारीले माओवादी अध्यक्ष पुस्पकमल दाहाललाई भेटेका छन् । बैंकस्रसँगको भेटमा दाहालले पार्टीको नीति पाँच प्रतिशतमा झार्ने नरहेको भन्दै ढुक्क भएर फर्कन आश्वासन दिएका थिए ।
'हाम्रो नीति बैंकहरुलाई समस्यामा पर्नु भन्ने छैन,' दाहालको भनाइ उदृत गर्दै एक बैंकका साचालकले भने, 'हरिजीले पनि राम्रै ठानेर प्रस्ताव गर्नु भएको हुनसक्छ । म उहाँलाई प्रस्ताव फिर्ता लिन सम्झाउँछु ।' रोकाले एक करोडभन्दा वढीको कारोवार गर्ने जोकोहीलाई व्यापारिको सुचीमा राख्नु प्रस्ताव सहित शंशोधन दर्ता गराएका हुन् ।

बैंकस्रसँग भेटेपछि अध्यक्ष दाहालले पाँच प्रतिशतलगायत आर्थिक नीतिका बारेमा वुझ्न रोकासहितका शंशोधन प्रस्तावकलाई वोलाए । रोकाले जनताको पक्षमा आफूले प्रस्ताव गरेकाले बैंकस्रको पक्षमा नलाग्न दाहाललाई आग्रह गरे । 'रोकाजीको कुरा सुनेपछि अध्यक्षले धेरै कडा नहुन भन्नु भयो,' प्रचन्डसँग भएको वार्तालापलाई उदृत गर्दै एक शंशोधनकर्ता सभासद्ले भने, 'बैंकस्रलाई मैले आश्वासन दिइसकेको छु । फिर्ता लिइदिनु होला ।' अध्यक्ष दाहालभन्दा अघि बैंकस्रले उपाध्यक्ष वावुराम भट्टराई र देवप्रसाद गुरुङलाई भेटेका थिए ।
अहिलेको विद्यमान ऐनमा एक जनाले १५ प्रतिशतसम्म संस्थापक सेयर खरिद गर्न पाउने व्यवस्था छ । १५ प्रतिशतको सेयर स्वामित्व ५ मा झार्दा बजारमा मागभन्दा आपुर्ति वढेर सेयर बजार नै ध्वस्त हुने बैंकरको भनाइ छ । 'बैंक खोल्ने भनेकै हातमा पैसा भएकाले हो,' दाहाललाई भेटेर फर्किएपछि एक साचालकले भने, 'पुँजी लगाउनेलाई निरुत्साहित गर्न हुँदैन । यसले वैदेशिक लगानीलाई पनि प्रभावित गर्छ भनेर वुझउने प्रयास गर्योै ।'
दाहालको कुरामा असहमति राख्दै रोकाले जनताका पक्षमा आफुले प्रस्ताव राखेकाले कुनै हालतमा पनि पछि फर्कन नसक्ने बताए । 'तपाईका ७ जना सभासदलाई प्रस्ताव फिर्ता लिइदिन लगाउनुस् म चै अन्तिमसम्म लडिरहन्छु,' रोकाले शनिबार नागरिकसँग भने, 'तर मलाई विश्वास गर्नुस् मैले पनि अध्ययन गरेर नै शंशोधन प्रस्ताव गरेको हुँ ।' रोकाको कुरापछि दाहालले 'मलाई तपाईसँग विश्वास छ' भनेका थिए ।
रोकाले पुँजीपतिको हातमा बैंकको सेयर हुँदा बैंकिङ सेवा गाउँसम्म पुग्न नसकेको हुनेखानेले मात्र बैंकबाट ऋण पाउने गरेको साधारण जनतालाई बैंकले वेवास्ता गरेको भन्दै दाहाललाई आश्वस्त पारेको ती सभासद्ले जानकारी दिए । ुबैंकबाट सजिलै पैसा पाउने वातावरण हुनु पर्छ यसका लागि ऐनमा नै सुधार गरेर साधारणको हातमा सेयर पुर् याउनु पर्ने हुन्छु रोकाको भनाइ उदृत गर्दै एक सभासद्ले भने ।
बैंकरको तलवका विषयमा पनि रोकाले कडा अडान लिएको स्रोतले बतायो । 'सामाजिक परिवेष अनुसार तथा न्यायिक वितरण हुनु पर्छ भनेर शंशोधन प्रस्ताव राखेको हुँ,' उनको भनाइ उदृत गर्दै स्रोतले भन्यो, 'तलव खान रोक लगाउन खोजेको होइन । सवै सुविधा उनीहरुले मात्र होइन साधारण कर्मचारीले पनि पाउनु पर्छ भन्ने हो ।' रोकाले सिइओको तलव कर्मचारीको औषत तलवको चार गुणाभन्दा हुन नहुने शंशोधन प्रस्ताव गरेका छन् ।
रोकाले विधेयकको प्रस्तावनामा गरेको संशोधन प्रस्तावलगायत कुनै पनि फिर्ता नलिने दाहाललाई बताए । विधेयकको प्रस्तावनमा रहेको उदार अर्थव्यवस्थाको ठाउँमा रोकाले स्वाधिनता मिश्रित अर्थव्यवस्था हुनु पर्ने संशोधन प्रस्ताव गरेका छन् । रोकाले गरेको संशोधन प्रस्तावमा पूर्ण समितिमा निस्कर्ष ननिस्किएपछि थप छलफलका लागि विधेयक उपसमितिमा पठाइएको छ । उपसमितिले बैंकिङ क्षेत्रका विज्ञहरुसँग राय सुझाव लिइरहेको छ ।

No comments:

Post a Comment

thanks for comment