सम्झनाका अध्यक्ष र कार्यकारीलाई पक्रन प्रहरीलाई अनुरोध


काठमाडौं चैत १४
राष्ट्र बैंकले सम्झना फाइनान्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई पक्रनका लागि धुलिखेल प्रहरीलाई अनुरोध गरेको छ । ६ महिनाअघि नै बैंकिङ कसुर ऐन अनुसार कारवाहीका लागि सिफारिस गरेको राष्ट्र बैंकले फाइनान्सको नयाँ साचालक समितिले केही दिनअघि मात्र श्यामवहादुर श्रेष्ठलाई अध्यक्षमा र हिमवहादुर गुरुङलाई प्रमुख कार्यकारीमा पुनस्र्थापित गरेपछि अर्थमन्त्रालयलाई वोधार्थ दिँदै प्रहरीलाई पक्रन अनुरोध गरेको हो ।

राष्ट्र बैं्रकले निक्षेपकर्तालाई भुक्तानी गर्नु पर्ने रकम नगदमा नगरी फाइनान्समा रहेको धितो सिधै निक्षेपकर्ताको नाममा पास गरिदिएको आरोप लगाउँदै मोदप्रसाद त्रिपाठीलाई पनि कारवाही अनुरोध गरेको छ । बैंकले सोमबार उनलाई बैंकिङ कसुर ऐन अनुसार कारवाही चलाउन प्रहरीलाई अनुरोध गरेको हो ।
राष्ट्र बैंकले श्रेष्ठ गुरुङसहित वरिष्ठ प्रबन्धकद्वय सरोज बज्राचार्य र विजयमणी आचार्य तथा प्रविणकुमार खनाल र पवनकुमार खनाललाई यसअघि नै कारवाहीका लागि सिफारिस गरिसकेको छ ।


राष्ट्र बैंकले गत सुक्रबार सम्झना फाइनान्सलाई खारेजीमा लैजाने निर्णय गरेको थियो । स्रोतका अनुसार फाइनान्सलाई खारेजीमा लैजान बैंकले यसैसाता पुनरावेदन अदालतमा पुद्दा दायर गर्दैछ ।

No comments:

Post a Comment

thanks for comment