सामसुङ दक्षिण पश्चिम एसियामा नंबर एक


तीन उत्पादन बजारमा
सुदर्शन सापकोटा
नयाँ दिल्ली वैशाख ४
कोरियाली कम्पनी सामसुङले मोबाइ स्मार्ट फोन र ल्यापटप ल्याएको छ । दक्षिण पश्चिम एसियाली बजारका लागि कम्पनीले भारतको नयाँ दिल्लीमा एक भव्य समारोहका बिच विद्युतीय उपकरण सार्वजनिक गरेको हो ।
कम्पनीले सामसुङ ग्यालेक्सी एस टु सामसुङ ग्यालेक्सी स्मार्टफोन १०.१ र सामसुङ नोटवुक सेरिज ९ सार्वजनिक गरेको हो । 'हामी दक्षिण पश्चिम एसियाका उपभोक्ता माझा एक नम्बर विद्युतीय उपकरण सामग्री उत्पादक भइसकेका छौं,' मोवाइल फोन सार्वजनिक गर्दै सामसुङ इन्डियाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जेएस सिनले भने, 'नम्बर एक भए पनि हामी भविस्यमा नयाँ नयाँ उत्पादन ल्याउने क्रमलाई निरन्तरता नै दिइरहन्छौं ।'
सामसुङ इन्डियाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जेएस सिन
नयाँ मोवायल फोनलाई विशेष गरी फोटो खिच्नका लागि उत्कृष्ट भएको रुपमा प्रस्तुत गरिएको छ । यो फोनमा ८ मेगापिक्सेल क्यामेरा छ । जसमा एलइडी फ्ल्यास जडान गरिएको छ । यसबाट एक्सन व्युटी पानोरमा स्माइल सिङगल कार्टुनलगायतका सर्ट खिच्न सकिन्छ । फास्ट अपरेटिङ सिस्टम भएको फोनमा वाइफाइ ब्लुटुथ पनि छ । एमपी थि्र रहेको फोनमा ३।५ एमएमको इरा ज्याक स्पिकर स्टेरियो एफएम रेडियो र भ्वाइस रेकर्ड छ । अतिरिक्त १०।१ फ्ल्यास सपोर्ट टचस्क्रिृन १६ जिबी क्षमता भएको सेट नेपाली बजारमा भने करिव डेढ महिनाभित्र आउने सिनले जानकारी दिए ।

ग्यालेक्सी स्मार्टफोनमा ५ मेगापिक्सेल क्यामेरा छ । ८००एमएचजेड प्रोसेर भएको फोनमा वाइफाइनका साथै सोसियल हव पनि छ । ३२ जिबी क्षमताको फोनमा टच स्कृन सेवासमेत छ ।
नेटवुक सेरिज ९ हल्का र चलाउन सजिलो भएको कम्पनीले जनाएको छ । यसको तौल १।३ किलोग्राम छ । १३ इन्चको स्किृन भएको नेटबुकमा अहिलेसम्मकै सवैभन्दा आधुनिक प्रविधि प्रयोग गरिएको छ । सात घन्टासम्म व्याट्री क्षमता भएको नेटवुकमा आइ५ प्रोसेसर छ । कम्पनीले आगामी महिनाबाट नेपाली बजारमा औपचारिक रुपमा बजारमा ल्याउने जनाएको छ । कम्पनीले नेटबुक स्मार्ट फोन र मोवाइल फोनको मूल्य केही दिनमा नै सार्वजनिक गर्ने जनाएको छ ।
अध्यक्ष सिनले दक्षिण पश्चिम एसियामा सामसुङको उत्पादनले ६० प्रतिशत हिस्सा ओगटेको जानकारी दिए । उनले यो क्षेत्रको बजार साढे तीन अर्ब अमेरिकी डलर बराबरको भएको भन्दै सन्सारभरी यो हिस्सा १ सय ३५ अर्ब ८० करोड डलर भएको बताए ।'दक्षिण पश्चिम क्षेत्रमा पछिल्लो केही बर्षदेखि हाम्रो बजार फैलिएर गएको छ,'  उनले भने, 'अहिलेको बजार हिस्सालाई हामी वढाएर लैजान्छौं । यो अन्तिम होइन सुरुवात हो ।'
कम्पनीले एसियाको बजारमा ल्याएको एलसिडी र एलइडी टिभीको विक्री राम्रो भएको जनाउँदै हरेक किसिमका विद्युत्तीय उत्पादनमार्पुत एसिया बजारमा आफ्नो वर्चस्व कायम राख्ने उनले जानकारी दिए । कम्पनीले मोवाइल फोन रेपि्रुजरेटर एयर कन्डिसन र वासिङमेसिनमा कम्पनीको उत्पादन नम्बर एक भएको दावी गरेको छ ।
'यो क्षेत्रमा सामसुङले राम्रो वर्चस्व कायम गरेको तथ्यदे देखाइसकेको छ,' सिनले भने, 'हामी केही उत्पादनका कारणले नम्बर एकमा छौं । केही समयमा सवै उत्पादनमा नम्बर एकमा हुने छौं ।' उनले सामसुङका उत्पादन दक्षिणपश्चिम एसियामा पनि प्रमुख बजार भारत भएको भन्दै यो क्षेत्रमा खपत हुने उत्पादनमध्ये श्रीलंका बंगलादेश भुटान र नेपालको हिस्सा ३ देखि ४ प्रतिशत रहेको जानकारी दिए । 'अब हामी भारतवाहेकका मुलुकमा पनि उत्पादन विस्तार गरेर लैजान्छौं,' उनले भने ।

No comments:

Post a Comment

thanks for comment