माघमा शोधनान्तर बचत ७५ अर्ब नाघ्यो

मूल्य वृद्धि ७ प्रतिशत
निक्षेपको अनुपातमा ऋण वढेन सकेन

काठमाडौं फागुन १२
देशबाट वाहिरिनेभन्दा भित्रिने रकम शोधनान्तर ७५ अर्ब रुपैयाँ नाघेको छ । पुसमा ६६ अर्ब ७२ करोड रहेको शोधनान्तर माघमा ७५ अर्ब ९ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष शोधनान्त्कर १३ अर्ब ४ करोड रुपैयाँ घाटामा थियो ।
 । शोधनान्तर २३ अर्ब रुपैयाँसम्म घाटामा पुगेर चालु वर्षदेखि सुधार हुन थालेको हो । बचतमा सुधार आउन थालेपछि राष्ट्र बैंकले शोधनान्तर बचतको लक्ष्यसमेत वढाइसकेको छ । मौदि्रक नीतिमा ५ अर्ब बचतमा राख्ने लक्ष्य लिएको राष्ट्र बैंकले मध्यावधि समिक्षामा यसलाई वढाएर ४० अर्ब पुर् याइसकेको छ ।

पर्यटन आयमा भएको सुधार र विदेशमा काम गर्ने नेपालीले पठाएको रकम रेमिट्यान्स मा भएको वृद्धिका कारण शोधनान्तर बचत वढेको हो । पर्यटन आय २८ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यो आय २१.१ प्रतिशतले घटेको थियो । शिक्षामा हुने विदेशी मुद्रा खर्चसमेत २४ दशमलव ९ प्रतिशतले घटेको छ ।

खुद ट्रान्सफर आय अघिल्लो वर्षको तुलनामा ३०.२ प्रतिशतले वढेको छ । माघमा यो २ सय २२ अर्ब रुपैयाँ पुगेको छ । विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स ३५.५ प्रतिशतले वढेको छ । अघिल्लो वर्ष यो ११.७ प्रतिशतले घटेको थियो । माघसम्म रेमिट्यान्स १ सय ८८ अर्ब १९ करोड रुपैयाँ भित्रिसकेको छ ।
माघसम्म सरकारले ऋण वापत २ अर्ब ७९ करोड रुपैयाँ वाह्यि क्षेत्रबाट प्राप्त गरेको छ । नगद अनुदान भने २४ अर्ब २७ करोड रुपैयाँ प्राप्त गरेको छ ।
मुलुकको निर्यात १३.४ प्रतिशतले वढेको छ । माघसम्म निर्यात ४२ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष निर्यात ५.५ प्रतिशतले घटेको थियो । मासिक रुपमा हेदा गत पुसको तुलनामा निर्यात १३.८ प्रतिशतले वढेको छ ।
कुल वस्तु निर्यातमध्ये भारततर्पुको १३ प्रतिशतले वढेको छ । भारत वाहेकका मुलुकतर्फको निर्यात १४.३ प्रतिशतले वढेकॊ छ ।
कुल वस्तु आयात १६.९ प्रतिशतले बढेर २ सय ५४ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । पुसको तुलनामा भने १.६ प्रतिशतले घटेको छ । कुल आयातमध्ये भारतबाट ११.६ प्रतिशतले वढेको छ । तेस्रो मुलुकतर्फको आय २८.१ प्रतिशतले वढेको छ । भारतबाट मुख्यतयाः पेट्रोलियम पदार्थ रासायनिक मल तयारी पोशाक कृषि उपकरण तथा पार्टस् र कोइलाको आयात बढेको छ । अन्य मुलुकबाट भने सुन भटमासको कच्चा तेल चाँदी रासायनिक मल र अन्य मेशिनरी तथा पार्टस्को आयात वढेको छ ।
कुल वस्तु व्यापार घाटा १७.६ प्रतिशतले वढेर २ सय १२ अबृ ३६ करोड रुपैयाँ पुगेको छ । आयात व्यापारमा आएको वृद्धिको कारण निर्यात-आयात अनुपात १६.७ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यो १७.२ प्रतिशतमा थियो ।
मूल्य वृद्धि
राष्ट्र बैंकले गत पुसको भन्दा माघमा मूल्य वृद्धि वढेको जनाएको छ । पुसमा ६.८ प्रतिशत रहेको मूल्य वृद्धि माघमा सात प्रतिशत पुगेको छ । अघिल्लो वर्षको माघमा मूल्य वृद्धि १०.२ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्य ४.१ प्रतिशतले र गैर-खाद्य तथा सेवा समूहको मूल्य ९.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यो क्रमशः १६.६ प्रतिशत र ५ प्रतिशत रहेको थियो ।
खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुहरुमध्ये दुग्ध पदार्थ तथा अण्डा उप-समूहको मूल्य वृद्धि सवैभन्दा वढी छ । यसको मूल्य १७.६ प्रतिशतले वढेको छ । अघिल्लो वर्ष यो १०.५ प्रतिशतले मात्र वढेको थियो ।
बैंकिङ क्षेत्र
बैंक तथा वित्तीय संस्थाले माघसम्म सर्वसाधारणबाट गत वर्षको तुलनामा १०.९ प्रतिशत वढी निक्षेप उठाएका छन् । माघसम्म निक्षेप ८९ अर्ब ९६ करोडले वढेको छ । अघिल्लो वर्ष ३२ अर्ब ८३ करोड वढेको थियो । वाणिज्य बैंकको १२ प्रतिशत विकास बैंकहरुको १२.७ प्रतिशत र वित्त कम्पनीहरुको १.४ प्रतिशतले निक्षेप वढेको छ ।
ऋण लगानी ७.३ प्रतिशत अर्थात ६२ अर्ब ३१ करोड वढेको छ । अघिल्लो वर्षको माघसम्म ऋण ७२ अर्ब ४२ करोड वढेको थियो । माघसम्म बाणिज्य बैंक र विकास बैंकहरुको ऋण क्रमशः ८.४ प्रतिशत र ८.८ प्रतिशतले बढेको छ । वित्तीय कम्पनीको भने वढ्न सकेको छैन ।

No comments:

Post a Comment

thanks for comment