बैंकिङ कारोबार प्रभावित, खुलेनन् एटिएम

सुदर्शन सापकोट, काठमाडौं, वैशाख २० - एकीकृत नेकपा (माओवादी) को आमहड्तालले बैंक तथा वित्तीय कम्पनीको बैंकिङ सेवा प्रभावित बनेको छ। राजधानीका अधिकांस स्थानका एटिएम बन्द छन्। केन्द्रिय तथा शाखा कार्यालयहरु आंशिक मात्र खुल्यो।

'बैंकिङ कारोवार अन्य दिनको तुलनामा धेरै घटेको छ,' एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले नागरिकसँग भने, 'अपर्झट परेकाले मात्र बैंकमा कारोवार गरेका छन्।'

अधिकांस बैंक तथा वित्तीय कम्पनी मुलगेट बन्द गरेर पछिल्तिरबाट खुलेका थिए। मुख्य रोडमा कार्यालय हुने कम्पनीहरुले अघिल्तिरको मुल गेट पुरै बन्द गरेका थिए। 'सुक्षत स्थानमा भएका शाखा तथा एटिएम सञ्चाल गर्‍यौं,' अर्का एक बैंकरले भने, 'नभए अरु शाख र एटिएम पुरै बन्द गर्‍यो।'

आम हड्तालको पहिलो दिन आइतवार बैंक तथा वित्तीय कम्पनीमा पैसा झिक्न तथा राख्नका लागि त्यति भिँड थिएन। विदेश जाने र पैसा अति नै आवश्यकता भएकाले मात्र कारोवार गरेको एक विकास बैंकका प्रमुख कार्यकाले नागरिकलाई जानका दिए। नागरिकले कुराकानी गरेका अधिकांस बैंकरले राजधानीका व्यस्त स्थानमा रहेका बैंकको एटिएम काउन्टर पुरै बन्द गरेको जानका दिए। उनीहरुले सुरक्षाको कारण देखाउँदै शाखा तथा एटिएम बन्द गर्नु परेको बताए। 'केन्द्रिय कार्यालय बन्दै गर्न कठिन भएकाले आशिंक मात्र खोल्यौं,' उनले भने।

बैंकरका अनुसार, बैंक तथा वित्तीय कम्पनीमा पैसा राख्नेभन्दा झिक्ने वढी थिए। पैसा झिक्ने र राख्ने वाहेक अन्य बैंकिङ कारोवार नभएको उनीहरुले जानका दिए। 'एटिएम नखुल्दा बैंकसम्म आएर कारोवार गरेका हुन्,' एक बैंकले भने, 'ठूला कुनै पनि कारोवार भएन।'

एटीएम राखिएको स्थानमा झडप भएर असुक्षत हुन सक्ने भएकाले बन्द गर्नु परेको उनीहरुले बताए। माछापुच्छ्रे, कुमारी, प्राइम, नबिल, सिटिजन्स, बैंक अफ काठमाण्डूलगायत बैंकले पनि एटिएम बन्द गरेको जनाएका छन्। 'केन्द्रिय कार्यालय परिसर भित्रको एटिएम मात्र खोल्यौं,' एक बैंकरले भने।

विकास बैंक र फाइनान्स कम्पनीमा पनि कुनै कारोवार नभएको एक प्रमुख कार्यकाले बताए। 'बैंकिङ कारोवार पुरै ठप्प भयो भन्दा पनि हुन्छ,' उनले भने, 'सामान्य दिनको तुलनामा १० प्रतिशत पनि कारोवार भएन।' आर्थिक(धन्दा केही नभएकाले बैंकिङ कारोवार नभएको जानका दिँदै उनले सामान्य ग्राहकले मात्र बैंकिङ सेवा प्रयोग गरेको बताए। 'पैसा झिक्ने वाहेक अन्य कुनै पनि कारोवार भएन,' ती अधिकाले भने, 'व्यापारिक कारोवार त एउटा पनि भएन।'

No comments:

Post a Comment

thanks for comment