खुल्नुको औचित्य स्थापित गर्नुसु

काठमाडौं वैशाख १५ नागरिक
राष्ट्र बैंकका गभर्नरले नयाँ खुल्ने बैंक तथा वित्तीय संस्थाले आफू खुल्नुको औचित्य पनि स्थापित गर्नु पर्ने बताएका छन् । ुपुँजी भएपछि बैंक खोल्न सकिन्छु जनता बैंक नेपालको औपचारिक उद्घाटन कार्यक्रममा वुधवार वोल्दै उनले भने ुतर कसका लागि बैंक तथा वित्तीय संस्था खोलिएको हो त्यो चौचित्य स्थापित गर्नु पर्छ ।ु
बैंक तथा वित्तीय क्षेत्र ग्रामिण तहसम्म पुग्नु पर्ने उल्लेख गर्दै गभर्नर खतिवडाले एकै ठाउँमा सवै बैंकले शाखा खोल्नुको साटो अहिलेसम्म अन्य संस्था नपुगेका ठाउँमा शाखा खोल्न आग्रह गरे । ुओल्लो नयाँ शडकबाट पल्लो नयाँ शडक मात्र समेटेर हुँदैनु उनले भने ुपुरानो शडकतिर पनि जानु पर्छ ।ु
निक्षेप र कर्जा बीचको फरक स्प्रेड दर वढी हुँदा सर्वसाधारण तथा व्यवसायिक जगत मर्कामा परेको गुनासो आइरहेको उल्लेख गर्दै उनले तीन साढे तीन प्रतिशतभित्रको स्प्रेडमा रहेर काम गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे । ुसाढे तीनभित्रको स्प्रेड दरमा रहेर पनि नाफा गर्न सकिन्छु उनले भने ुयसबाट लगानीकर्तालाई लाभांस वाँड्न पनि पुग्छ ।ु
गभर्नर खतिवडाले बैंक तथा वित्तीय संस्थालाई व्याजदरमा पारदर्शी हुन आग्रहसमेत गरे । उनले व्याजदर परिवर्तन सार्वजनिक सुचना प्रकाशन गरेर गर्न अनुरोध गरे । ुकर्जाको व्याजदर वढेको सुचना एसएमएसबाट नदिनुस्ु उनले भने ।
गभर्नरले शोधनान्तर स्थीतिमा अझै समस्या रहेको भन्दै बैंकिङ क्षेत्रले कृषि क्षेत्रमा लगानी वढाउने हो भने चाँडै यो धनात्मक भएर जाने दावी गरे । उनले शोधनान्तर स्थीतिलाई धनात्मक बनाउन सुन तथा चाँदीको आयातम कडाइ गरिएको उल्लेख गरे ।
बैंकको उद्घाटन गर्दै अर्थमन्त्री सुरेन्द्र पाण्डेले बैंक तथा वित्तीय क्षेत्रको प्रतिस्पर्धि क्षमता वढाउन ुमर्जर तथा एक्विजिसनु मा जानु पर्ने बताए । उनले मर्जरलाई उत्प्रेरित गर्न सरकारले ऐन छलफलका लागि संसदमा पठाएको बताए ।
दुई अर्व रुपैयाँ चुक्ता पँुजी रहेको बैंकले गत चैत २३ बाट बैंकिङ कारोवार सुरु गरेको हो । बैंकमा ८३६ जना संस्थापक सेयरधनी रहेका छन् । बैंकले चाँडै नै ६० करोड रुपैयाँ वरावरको साधारण सेयर निष्कासन गर्ने अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिए । उनले चाँडै पोखरा र राजधानीको न्युरोडमा शाखा खोल्ने बताए । अत्याधुनिक प्रविधिबाट बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले एटिएम एसएमएस ईबैंकिङ लगायतका सेवा सुरु गरिने न्योपानेले जानकारी दिए ।

No comments:

Post a Comment

thanks for comment