ग्राहक रिसाउने डरले बैंकले पनर्कर्जा लिएनन्

काठमाडौं वैशाख १४
सस्तो व्याजमा ऋण लगानी गर्दा भइरहेका ग्राहक ुरिसाउनेु डरले बैंकहरु पुनर्कर्जा लिन हच्किएका छन् । असल कर्जाको धितोमा लिएको ऋण साढे १० प्रतिशतभन्दा वढीमा लगानी गर्न नपाइने भएपछि १६ प्रतिशतसम्म व्याजमा कर्जा लगानी गर्दै आएका बैंकहरु यो कर्जा लिन हिच्किचाएका हुन् । ुकसलाई साढे १० प्रतिशतमा दिने र कसलाई योभन्दा वढीमा दिने भनेर बैंकहरुलाई ुहेन्डलु गर्न गाह्रो छु लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले मंगलवार नागरिकसँग भने ।
राष्ट्र बैंकबाट साढे सात प्रतिशत व्याजदरमा असल कर्जाको धितोमा ऋण लिएर लगानी गर्नै पर्ने हिसावले पुनर्कर्जा नीति आएकाले यसबाट तरलता व्यवस्थापन नहुने उनले बताए । ुअहिलेको नीति तरलता व्यवस्थापन गर्नभन्दा पनि लगानी विस्तार गर्नका लागि आए जस्तो देखिन्छु उनले भने ुयसबाट तरलता व्यवस्थापन नहुने भएकाले बैंकहरुले कर्जा नलिएका हुन् ।ु
पुनर्कर्जा नीति आएको आएको साता दिनभित्रै १० देखि १५ अर्वसम्म लिने बताइ रहेका बैंकरले १० दिन नाघिसक्दा जम्मा ६८ करोड ८० लाख रुपैयाँका लागि मात्र आवेदन दिएका छन् । अहिलेसम्म वाणिज्य बैंकबाट सिटिजन्स बैंक इन्टरनेसन र विकास बैंकबाट क्लिन इनर्जी डेभलपमेन्ट बैंकले मात्र यो कर्जा माग गरेका छन् । आशा गरिएभन्दा कम बैंकले मात्र पुनर्कर्जा माग गरेकाले गभर्नर युवराज खतिवडाले राष्ट्र बैंकको ५५औं वार्षिक उत्सवमा मंगलवार वोल्दै पुनर्कर्जा सुविधाको उपयोग गर्न बैंक तथा वित्तीय कम्पनीहरुलाई आग्रह गरे ।
२० दिनअघि राष्ट्र बैंकले ल्याएको पुनर्कर्जा नीतिमा धेरै सर्त भएपछि आधा दर्जन बैंकले मात्र कर्जा लिन सक्ने अवस्था आएकाले केन्द्रिय बैंकले यसलाई १० दिनपछि नै सुधार गरेको थियो । तर सुधार भएको नीतिमा साढे १० प्रतिशतभित्र कर्जा लगानी गर्नु पर्ने भएपछि बैंकहरु पुनर्कर्जा लिएर आफ्ना भइरहेका ग्राहक नभड्काउने योजनामा छन् ।
ुसाढे १० प्रतिशतमा कर्जा प्रवाह गर्नु पर्ने वाध्यत्मक अवस्थामा पुनर्कर्जा कुन ग्राहकलाई लिइदिने कुन ग्राहकलाई नलिइदिने भन्ने भएको छु डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले भने । यद्यपी पुनर्कर्जा तरलता व्यवस्थापनका लागि सकारात्मक भएको उनले जानकारी दिए । ुकम ग्राहक भएको कर्जा क्षेत्र खोज्दैछुु उनले भने ुयस्तो क्षेत्र भेटिए कर्जा लिन्छु नत्र लिन्न ।ु कर्जा लिने कि नलिने भनेर बैंकले गृहकार्य गरिरहेको पनि उनले जानकारी दिए ।
साढे सात प्रतिशतमा कर्जा पाउनु राम्रो भएपनि साढे १० प्रतिशतभित्र कर्जा लगानी गर्नु पर्ने वाध्यात्मक अवस्थाले बैंकहरुलाई यस्तो कर्जा लिन कठिन भएको लक्ष्मी बैंकका जोशीले जानकारी दिए । ुअहिले लगानी गर्नका लागि पैसा चाहिएको होइनु उनले भने ुतरलता व्यवस्थापनका लागि चाहिएको हो तर यो नीति कर्जा विस्तारका लागि आएजस्तो देखिन्छ ।ु उनले साढे १० प्रतिशतको सिमा हटाएर बजारमा पुँजी प्रवाह गर्दा व्याजदर आँफै सच्चिने दावी पनि गरे ।
डेढ साताअघि बैंकस्र एसोसिएसनका अध्यक्ष सशिन जोशीले नागरिकसँग कुरा गर्दै राष्ट्र बैंकले पुनर्कर्जा नीति खुकुलो पारेपछि तत्काल १० देखि १५ अर्ब रुपैयाँ बैंकिङ क्षेत्रमा आउने बताएका थिए । ुपुनर्कर्जाका लागि अब सहज हुन्छु उनले भनेका थिए ुतत्काल सबै बैंकले लिन्छन् भन्ने छैन तर शंशोधित व्यवस्थाबाट तरलता सहज हुनेछ ।ु
सच्चिएर पुनर्कर्जा नीति आएको दश दिनसम्म पनि तरलता अवस्था सहज भएको छैन । बैंकहरुले छोटो अवधिका लागि आपसमा लिने सापटी अन्तरबैंक व्याजदर मंगलवार पनि १० प्रतिशतभन्दा माथि नै छ । यसले तरलता अवस्था सहज नभएको देखाउँछ । मंगलवार आधा दर्जन बैंकले मात्र अन्तर बैंक सापटी दिएका छन् । अधिकांस बैंकले यस्तो सापटी लिएका छन् ।

No comments:

Post a Comment

thanks for comment