दुई प्रतिशत सेयर वेच्न संस्थापकलाई खुला

काठमाडौं वैशाख ८ नागरिक
बैंक तथा वित्तीय कम्पनीका संस्थापक सेयरधनीले चुक्ता पुँजीको २ प्रतिशतसम्मको सेयर खरिद विक्री गर्न पाउने भएका छन् । राष्ट्र बैंकले वुधवार एक निर्देशन जारी गर्दे त्यस्तो सेयर स्वीकृति नलिइ अन्य संस्थापक वा अन्यलाई खरिद विक्री गर्न पाउने व्यवस्था गरेको छ । दुई प्रतिशतभन्दा वढी सेयर भएमा भने टुक्राएर विक्री गर्न पाउने छैनन् ।
बैंक तथा वित्तीय संस्थाले कर्जा सुचना सम्वन्धि काम गर्न केन्द्रिय रुपमा कर्जा सुचना इकाइ गठन गर्नु पर्ने व्यवस्था पनि केन्द्रिय बैंकले गरेको छ । बैंक तथा वित्तीय कम्पनीको कर्जा नतिरेका ऋणीलाई कालोसुचीमा राख्ने प्रकृयालाई पनि राष्ट्र बैंकले सरलीकरण गरेको छ ।
जतिसुकै रकमको कर्जा नतिर्ने ऋणीलाई कालोसुचीमा राख्न बैंक तथा वित्तीय कम्पनीले कर्जा सुचना केन्द्रलाई सिफारिस गर्न पाउने छ । सिफारिस गरिएको नामावलीलाई केन्द्रले १५ दिनभित्र कालोसुचीमा समावेश गर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
क्रेडिट कार्ड सुविधा लिएर जतिसुकै रकमको कर्जा नतिरेकालाई पनि कालोसुचीमा राख्न सिफारिस गर्न बैंक तथा वित्तीय कम्पनी स्वतन्त्र रहनेछन् । क्रेडिट कार्डको रकम नतिरेकाको नामावली सिफारिस गरेको १५ दिनभित्र केन्द्रले कालोसुचीमा समावेस गर्ने छ ।
अनिवार्य मौज्दात गणना गर्ने प्रकृयालाई केन्द्रिय बैंकले केही खुकुलो पारेको छ । अनिवार्य मौज्दात गणना गर्ने प्रयोजनले राष्ट्र बैंकको कार्यालय नभएको स्थानका बैंक तथा वित्तीय कम्पनीले राष्ट्रिय वाणिज्य र नेपाल बैंकमा जम्मा गरेर त्यसलाई पनि गणना गर्न सुकिने व्यवस्था केन्द्रिय बैंकले गरेको हो ।

No comments:

Post a Comment

thanks for comment