बैंकको ऋण महंगो भयो

सुदर्शन सापकोटा
काठमाडौं वैंशाख ६
बैंकबाट १६ प्रतिशतभन्दा कम व्याजमा कर्जा पाउन कठिन भएको छ । तरलता अभावले लगानी योग्य पुँजी तरलता अभाव र निक्षेप घट्नुले कर्जाको व्याजदर ८ महिनायता ६ प्रतिशत विन्दुसम्मले वढेको हो । कर्जाको व्याजदर वढ्दा उद्योग व्यवशाय सर्वसाधारणलाई असर पर्छ ।
ु१२ प्रतिशत व्याज दिँदा पनि निक्षेप नआइरहेको बेला कर्जाको व्याजदर १६ प्रतिशत पुग्नु स्वभाविक नै होु बैंकस्र एसोसिएसनका उपाध्यक्ष तथा सिटिजन्स् बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत राजनिसंह भण्डारीले सोमवार नागरिकसँग भने । अझ वित्तीय कम्पनीहरुको कर्जाको व्याजदर बैंकको भन्दा २ प्रतिशत विन्दु वढी अर्थात १८ प्रतिशतसम्म छ ।
हत्पति व्याज नवढाउने हिमालयन नबिल नेपाल इन्भेष्टमेन्टलगायतका पुराना र ठूला बैंकले कर्जा अवधि अनुसार व्याजदर वढाएका छन् । लगानी योग्य पुँजी तरलता धेरै भएका यी बैंकले पनि कर्जाको व्याज १६ प्रतिशत पुर् याएका हुन् । सबैभन्दा कम व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि पछिल्लो अवधिमा व्याजदर १४ प्रतिशतसम्म पुर् याइसकेको छ ।
दुई वर्षअघि निक्षेपको व्याज ५ प्रतिशत थियो । एक वर्षपछि ८ देखि १० सम्म पुग्यॊ । अहिले वढेर १२ प्रतिशतसम्म पुगिसकेको छ । यही अनुपातमा कर्जाको व्याजदर पनि वढिरहेको छ । अन्य बैंकको तुलनामा स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जाको व्याजदर कम छ ।
ुअहिले कर्जाको व्याजदर वढ्नु वास्तविक र जायज छु डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले नागरिकसँग भने । ुग्राहक डुब्दा बैंक पनि डुब्छ अनावश्य रुपमा व्याज वढाएर ग्राहक डुवाउनतर्फ हामी लागेका छैनौं निक्षेपको अनुपातमा कर्जाको व्याजदर वढाइएको होु उनले भने ।
पछिल्लो अवधिमा कर्जा र निक्षेपको फरक स्प्रेड रेट औषत साढे तीन प्रतिशत रहेको बैंकस्र एसोसिएसनले गरेको एक अध्ययनले देखाएको छ । ुहामीले न्युनतम स्प्रेड दरमा काम गर्नु परेको छु खत्रीले भने । तर उद्योग वाणिज्य महासंघले यो दर साढे ५ प्रतिशत रहेको जनाएको छ ।
खत्रीका अनुसार कर्जा-निक्षेप अनुपात सन्तुलनमा राख्दै २० प्रतिशत तरलता व्यवस्थापन साढे पाँच प्रतिशत अनिवार्य नगद अनुपात सिआरआर असल कर्जामा १ प्रतिशत सुरक्षण साचालन कर्मचारी ओभरहेड र अन्य खर्च हेर्दा अहिलेको कर्जाको व्याजदर वृद्धि स्वभाविक हो । २० प्रतिशत तरलता व्यवस्थापन र सिआरआर व्यवस्थापन गर्दा बैंकले कुनै पनि व्याज केन्द्रिय बैंकबाट पाउँदैनन् । यो निक्षेपको सुरक्षाका लागि गरिन्छ ।
उनले उपेक्षित क्षेत्रमा घाटा खाएर कर्जा प्रवाह गर्नु परेको जानकारी दिए । अहिले यस्तो क्षेत्रको व्याजदर ५ प्रतिशत छ । ुस्प्रेड दरलाई मात्र नहेरी सबैं क्षेत्रलाई हेर्ने हो भने बैंकहरु एकदमै कम मार्जिनमा काम गरिरहेको देखिन्छु उनले भने ।
दशैदेखि देखिएको तरलता अभाव अझै पनि घट्न सकेको छैन । यसबाट पुरानाभन्दा नयाँ बैंक वढी प्रभावित छन् । तरलता अभाव गहिरिँदै गएपछि बैंकहरुले ६ महिनायता कर्जा तथा निक्षेपको व्याजदर ३ पटकसम्म वृद्धि गरिसकेका छन् । ुअहिले हामीले नाफालाई ध्यान दिएका छैनौंु खत्रीले भने ुग्राहक वाँच्यो भने हामी बाँच्ने हो त्यसैले ग्राहकका लागि काम गरिरहेका छौं ।ु
व्याजदर वढेपनि कर्जा तथा निक्षेप भने वढ्न सकेको छैन । व्याजदर वढ्दा कर्जाको माग कम हुनु स्वभाविक भएपनि निक्षेप घट्नुले अर्थशास्त्रका सिद्धान्तलाई गलत सावित गरिदिएको एक बैंकरले बताए । बचतको व्याजदर वढ्दा निक्षेप संकलन वढ्नु पर्छ । तर यसविपरित गत पुससम्म संकलन भएको निक्षेप चैतसम्म आउँदा ३ अर्वभन्दा वढीले घटेको केन्द्रिय बैंकले जनाएको छ ।

No comments:

Post a Comment

thanks for comment