बैंक वित्तीय संस्था खरिद गर्ने नीतिको तयारी

काठमाडौं, माघ १६
नेपाल राष्ट्र बैंकले बाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले अर्को बैंक तथा वित्तीय संस्था किन्न सकिने नीति ल्याउने तयारी थालेको छ। तीन बर्षअघि आपसमा गाभिने नीति ल्याएको राष्ट्र बैंकले संस्थाहरुको संख्या घटाउन किन्न सकिने नीति पनि ल्याउन लागेको हो। 
राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमा एक बैंक वा वित्तीय संस्थाले अर्को बैंक वित्तीय संस्था प्राप्त गर्ने सम्बन्धी कार्यविधि बनाई लागू गरिने जनाएको थियो। मौद्रिक नीतिमा भएको  व्यवस्था बमोजिम राष्ट्र बैंकले कम्पनी खरिद गर्ने नीति बनाउन लागेको हो। 
राष्ट्र बैंकले खरिद गर्ने संस्थाले अर्को सस्थाका प्रवर्द्धक सेयरधनीलाई सम्पतिको मूल्यांकन गरेर रकम उपलब्ध गराउने गरी नीति तयारी पारिरहेको स्रोतले जानकारी दियो। ठूलो नेटवर्थ र जगेडा कोष भएका बैंकहरुले मर्जरमा भन्दा संस्था खरिदमा इच्छा देखाएका छन्। संस्था खरिद गर्दा अर्को संस्थाको शाखा सञ्जाल र सम्पतिको भोगचलन गर्न पाइन्छ। मर्जरमा जाँदा अर्को संस्थाको सेयरधनीहरुलाई पनि सँगै भित्राएर प्रतिफल वाँड्नु पर्ने हुन्छ। 
राष्ट्र बैंकले तयार गरिरहेको नीतिमा खरिद गर्ने संस्थाले अर्को संस्थाका सेयरधनीलाई जगेडा कोÈमा भएको रकम वा अन्य लगानी रकमबाट रकम भुक्तानी गर्न सक्छ। भुक्तानीका लागि ऋणपत्र पनि जारी गर्न सक्ने सुविधा राष्ट्र बैंकले दिन लागेको छ।

राष्ट्र बैंकले खरिद गरिने संस्थाको सबै सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) गर्न लगाउने छ। डिडिएको प्रतिवेदन अनुसार कायम हुने नेटवर्थ मूल्यका आधारमा खरिद मूल्य निर्धारण हुनेछ। राष्ट्र बैंकले नेटवर्थमा अतिरित्त मूल्य थपेर पनि संस्था खरिद गर्न पाउने व्यवस्था गर्ने छ। 
राष्ट्र बैंकले तयार पार्न लागेको संस्था खरिद नीतिमा कर्मचारी मिलानमा भने विशेÈ छलफल गरिरहेको छ। भएका कर्मचारीहरुलाई निकाल्न श्रम ऐनले वाधा पार्ने भएकाले त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा छलफल भइरहेको उच्च स्रोतले जानकारी दियो। राष्ट्र बैंकले विकल्पका रुपमा कम्पनी खरिद गर्दा त्यसका कर्मचारीको तह (श्रेणी) पनि खरिद गर्न सकिने प्रावधान समेट्न खोज्दैछ। अर्को संस्था खरिद गर्न लागेको कम्पनीले त्यहा“का कर्मचारीहरुलाई श्रेणी घटुवा गरेर ल्याउन पाउने व्यवस्था गर्न छलफल थालेको हो। यस बाहेक स्वेच्छिक अवकास योजना ल्याएर पनि त्यसलाई सम्बोधन गर्न सकिने व्यवस्था मिलाउन सकिने गरी नीति तयार भइरहेको स्रोतले जानकारी दियो। 
नेपालमा अहिलेसम्म भएका मर्जरमा तलव सुविधा नघट्ने गरी कर्मचारी मिलान गरि“दै आइएको छ। खरिद नीतिमा पनि मर्जरका केही गुणहरुलाई समेटेर कर्मचारी व्यवस्थित बनाउने तयारी राष्ट्र बैंकको छ। अहिलेसम्म भएका मर्जरमा तलब सुविधा नघट्ने गरी कर्मचारी मिलानको काम हुँदै आएको छ। ठूलो बैंकमा सानो संस्था गाभिँदा साना कम्पनीका कर्मचारीहरुको पद भने कम गरिएको छ। 
राष्ट्र बैंकले मर्जर नीति ल्याएपछि ४३ वटा संस्था गाभिएर १८ मा झरिसकेका छन्। २७ कम्पनी गाभिएर ११ मा झर्ने प्रकृयामा छन्। 

No comments:

Post a Comment

thanks for comment