सेयरधनीलाई अकर्षक प्रतिफल दिँदैछौं : कृषि बैंक

काठमाडौं, माघ ५ 
कृषि विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट आफ्ना सेयरधनीलाई अधिकतम लाभांस वितरण गर्ने जनाएको छ। बैंकले प्रतिफल बाँड्नका लागि अधिकतम नाफा गरिसकेको जनाउँदै राष्ट्र बैंकसँग आवश्यक परामर्श गरेर लाभांस घोषणा गर्ने जनाएको हो।
'अहिलेसम्म पाउनु पर्ने लाभांस एकमुष्ट उपलब्ध गराउने गरी वितरण गर्छौं,' बैंक स्थापनको ४७औं बर्षमा प्रवेश गरेको उपलध्यमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत तेजवहादुर वुढाथोकीले भने, 'हामीले वाँड्ने लाभांसबाट सेयरधनीहरु उत्साहित हुने छन्।' बैंकले गत आर्थिक बर्ष दुई अर्ब २५ करोड नाफा गरेको थियो।
सर्बसाधारणलाई सेयर विक्री गरेको पाँच बर्ष नाघिसक्दा पनि लगानीकर्ताले अहिलेसम्म लाभांस पाउन सकेका थिएनन्। बैंकले अघिल्लो बर्षको नाफाबाट गत बर्ष पाँच प्रतिशत लाभांस वितरण गर्ने जनाएपछि राष्ट्र बैंकले रोकेको थियो। यसपाली बैंकले वाह्यि लेखापरीक्षकले लेखापरिक्षण सकेपछि राष्ट्र बैंकलाई लाभांस वितरणका बारेमा प्रस्ताव पठाएर मात्र घोषणा गर्ने तयारी गरेको छ। अहिले वाह्यि लेखापरीक्षणको काम भइरहेको छ।
बैंकले रणनीतिक साझेदार भित्राउनका लागि आवश्यक काम भइरहेको जनाएको छ। सरकार, एसियाली विकास बैंक र कृषि विकास बैंकले तयार पारेको मापदण्डभित्र साझेदार भित्राउने कामलाई तिब्रता दिइएको वुढाथोकीले जानकारी दिए। 'साझेदार आउँदा पुँजी, प्रविधि र अन्तर्राष्ट्रिय अनुभव भएका जनशक्ति पनि आउने छन्,' उनले भने, '२०१४ को सेप्टेम्बरसम्म सबै कुराको टुङ्गो लागिसक्छ।

बैंकमा सरकारको ५१ प्रतिशत सेयर स्वामित्व छ। यसमध्येबाट ३० प्रतिशत स्वदेशी तथा विदेशी रणनीतिक साझेदारलाई विक्री गर्ने सरकारी योजना छ। सेयर खरिदपछि साझेदार बैंकको व्यवस्थापनमा समेत सहभागी हुने छन्। सरकारले रणनीतिक साझेदार ल्याउनका लागि निजीकरण समितिमार्फत प्रविधिक उपसमिति गठन गरिसकेको छ। उपसमितिले दिएको म्यान्डेट अनुसार आवश्यक प्रकृया अगाडि वढाउने सरकारी योजना छ।
बैंकले प्रत्येक वर्ष १० प्रतिशतका दरले कृषि क्षेत्रमा कर्जा विस्तार गर्ने योजनासमेत बनाएको छ। अहिले बैंकले २७ अर्ब ४४ करोड ऋण लगानीमध्ये ३० प्रतिशत कृषिमा ऋण दिएको छ। …एक गाउँ एक उत्पादन तथा एकल र सामूहिक कृषि क्षेत्रमा कर्जा लगानी गर्ने योजना छ,' वुढाथोकीले भने, …यसलाई सार्थक बनाउन एक जिल्ला एक व्यावशायिक परियोजना स्थापना गर्ने नीति लागू गरिने छ।'
बैंकले कम्तिमा पाँच गाविसलाई नमूना गाविसको रुपमा विकास गर्दै ग्राहक संख्या २० प्रतिशतले बृद्धि गर्दै लैजाने योजना पनि सार्वजनिक गरेको छ। बैंकले महिला ग्राहकमा पनि २० प्रतिशतले बृद्धि गर्ने जनाएको छ। बैंकले साना तथा लघु सिंचाइ, वैकल्पिक ऊर्जा, शीतघरजस्ता कार्यक्रमको पहिचान गरी सेवाको पहुँच बढाउने योजना बनाएको छ। 
बैंकले …निस्कृय कर्जा घटाउँ, सञ्चालन मुनाफा वढाउँ' भन्ने नारालाई अघि सार्दै अपलेखित कर्जालाई लक्ष्य बमोजिम उठाउने समेत जनाएको छ। बैंकले मंसिरसम्म २५ अर्ब २५ करोड साँवा असुली गरेको छ। बैंकको व्याज असुली तीन अर्ब रुपैयाँ छ। 

No comments:

Post a Comment

thanks for comment