![]() |
प्रविणरमण पराजुली
प्रमुख कार्यकारी अधिकृत
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड
|
नबिल इन्भेष्टेमन्ट फन्ड कस्तो खालको लगानी उपकरण हो?
सानाभन्दा साना लगानीकर्तालाई समेट्नका लागि सामूहिक लगानी कोषको अवधकारण अनुसार इन्भेष्टमेन्ट फन्ड योजना (स्किम) ल्याइएको हो। १० रुपैयाँ दरका इकाइहरु निस्कास हुन्छन्। यसमा सहभागी हुन एक हजार रुपैयाँको इकाइहरु किन्नु पर्ने हुन्छ। छरिएर रहेका साना लगानीकर्ताबाट पैसा एकिकृत गरेर त्यसलाई व्यवसायिक कोष व्यवस्थापकले आफ्नो उद्देश्यअनुसार लगानी गर्छ। कोष व्यवस्थापकले लगानीको उद्देश्यका बारेमा विवरण पुस्तिकामा उल्लेख गरेको हुन्छ। सर्वसाधारणबाट उठेको पैसा ऋणपत्र, सेयर तथा निक्षेप खातामा लगानी गरिन्छ। उठेको पैसामध्ये कति, कसरी लगानी गर्ने भन्ने कुरा विवरण पुस्तिकामा हुन्छ। कस्तो खालको स्किम हो त्यही अनुसार लगानी हुन्छ।
![]() |
प्रविणरमण पराजुली
प्रमुख कार्यकारी अधिकृत
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड
|
नबिल बैंकका सवै शाखाबाट फर्म लिएर यो किन्न सकिन्छ। नागरिकता र फोटो चाहिन्छ। ५० हजारसम्मको किन्दा नगद कारोबार गरे हुन्छ। १० लाखभन्दा कम भए एकाउन्ट पेयी चेकबाट भुक्तानी गर्नु पर्छ। त्योभन्दा माथि भए सम्पति सुद्धिकरण अनुसार जानु पर्छ।
कम्पनीले निस्कास गर्ने सेयर र यसमा के अन्तर हुन्छ?
सेयर भनेको कुनै पनि कम्पनीको लगानीको उद्देश्य पुर्ति गर्नका लागि निस्कासन गरिन्छ। कम्पनीको उदेश्य पुरा गर्न आवश्यक पुँजी संकलन गर्ने माध्यम सेयर हो। सामूहिक लगानी कोषको स्किम भनेको छुट्टै लगानी उपकरण हो। सेयर एउटा कम्पनी विशेषको मात्र हुने भयो। स्किमले सबै कम्पनीको सेयर किन्ने, ऋणपत्रमा लगानी गर्न सकिन्छ।। स्किम भनेको विविध लगानीको लगानीको अवशर हो।
कुनै कम्पनीको सेयर हामीले लियौं भने त्यो कम्पनीको सबै जोखिम र प्रतिफल पनि सँगै आउँछ। स्किममा एउटा मात्र लगानीको क्षेत्र हुँदैन। यसबाट अनेक कम्पनीकोे सेयर, ऋणपत्र किन्न सकिन्छ। जसले गर्दा जोखिमको पनि विविधिकरण हुन्छ र प्रतिफलको पनि।