व्याज अन्तर घटाउन हस्तक्षेप गरिँदै, ३ प्रतिशतभन्दा वढी हुन नहुने


काठमाडौं, फागुन २४
निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) फराकिलो हुन थालेपछि राष्ट्र बैंकले यसलाई घटाउन हस्क्षेप गर्ने भएको छ। व्यवसायिक कृयाकलापभन्दा पनि स्प्रेड वढाएर बैंकहरुले नाफामा गौरव गर्न थालेको भन्दै राष्ट्र बैंकले हस्क्षेप गर्ने भएको हो।
बैंकहरुले साढे ६ प्रतिशतसम्म स्प्रेड राख्न थालेपछि राष्ट्र बैंकले हस्तक्षेप गर्न लागेको हो। राष्ट्र बैंक साधारण कर्जाको स्प्रेड दर तीन प्रतिशतभन्दा वढी हुन नहुने जनाएको छ। जोखिम वढी भएका कर्जाहरुको अधिकतम साढे तीन प्रतिशतसम्म स्प्रेड दर हुनु पर्ने राष्ट्र बैंक स्रोतले जानकारी दियो।
राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले बैंकहरुले निक्षेपकर्तालाई कम व्याज दिएर अध्याय गरेको भन्दै ऋणीहरुको व्याज पनि माथि नै रहको बताए। …पैसाको स्रोत निक्षेपकर्तालाई कम दिने र ऋण लिनेहरुबाट वढी असुलेर बैंकहरुले अध्याय गरिरहेका छन्,' उनले भने, 'पैसाको मध्यस्तता गरेर भएको नाफामाथि बैंकहरुले गौरव गर्न थालेका छन्।'
ज्ञवालीले बैंकहरुले निक्षेपकर्ताको व्याज दर वढाउनु पर्ने भन्दै कर्जाको व्याज सामान्य स्तरमा राख्नु पर्ने बताए।'बैंकहरु विवेकशिल संस्था भएकाले उनीहरुले निक्षेपको  व्याज वढाएर स्प्रेडलाई सच्याउनु पर्छ,' उनले भने, 'उनीहरुले सच्याएनन् भने राष्ट्र बैंकले हस्तक्षेप गर्नु पर्ने हुन्छ।'
सञ्चालनमा रहेका ३२ वाणिज्य बैंकहरुले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार, अघिल्लो पुसको तुलनामा बैंकहरुले निक्षेपकर्तालाई भुक्तानी गर्नु पर्ने व्याज रकम ११ प्रतिशतले घटेको छ। तर ऋणीहरुबाट उठाएको व्याज रकम को वृद्धि दर भने ६ प्रतिशतले वढेको छ। फराकिलो स्प्रेडका कारण खुद व्याज आम्दानी ३४ प्रतिशतले वढेको छ। 

असोजदेखि नै स्पे्रड दरलाई नजिकबाट अनुगमन गरिरहेको राष्ट्र बैंकले यसलाई स्वभाविक स्तरमा ल्याउन हस्तक्षेप गर्न लागेको हो। पुस मसान्तसम्मको वासलात सार्वजनिक गरिरहेका बैंकहरुले फराकिलो स्प्रेड दरका कारण नाफा वृद्धि गरेको देखाएका छन्। उनीहरुको नाफा ५० प्रतिशतले वढेको छ। असोजमा नि फराकिलो स्प्रेडका कारण नाफा ४१ प्रतिशतले वढेको थियो।
कतिपय ऋणको ब्याज र किस्ता नउठेर नोक्सानी व्यवस्थामा ठूलो रकम छुट्याउँदासमेत बैंकहरुले राम्रो नाफा देखाएका छन्। फराकिलो स्प्रेड दरका कारण नै उनीहरुले नाफामा वृद्धि गरेका हुन्। 
असोज र पुस मसान्तमा नोक्सानी व्यवस्था वापतको रकम दोब्बरले वढ्दासमेत नाफामा उल्लेख्य सुधार भएको थियो। सञ्चालन नाफाबाट नोक्सानी व्यवस्थामा रकम छुट्याउनु पर्ने हुँदा खुद नाफा घट्छ। 
राजनीतिक अन्यौंल वढ्दै गएको, घरजग्गा कारोबारमा सुधार नआएको र नयाँ उद्योगधन्दा आउने अवस्था नभएका कारण बैंकहरुले स्प्रेड बढाएर  नाफा सुरक्षित गरेका हुन्। 
गत वर्ष निक्षेपको व्याज १२ प्रतिशतको हाराहारीमा थियो। ऋणको व्याज १४/१५ प्रतिशतमा थियो। अहिलेको पुसमा निक्षेपको व्याज ५/६ प्रतिशतमा झरेपनि ऋणको १२/१३ प्रतिशतभन्दा झरेको छैन। लिने र दिने व्याजमा उच्च फरक गरेका कारण बैंकहरुको आम्दानीसँगै नाफामा वृद्धि भएको हो।
अघिल्लो वर्ष स्प्रेड दर ४ प्रतिशतको हाराहारीमा थियो। पछिल्लो समय पैसा प्रशस्त जम्मा हुन थालेपछि बैंकहरुले दिने ब्याजका तुलनामा लिने ब्याज नघटाउँदा स्प्रेड दर बढ्दै गएको हो। यसले बैंकहरुमा पैसा राख्ने सर्वसाधारण र कर्जा लिने उद्योगी व्यवसायी दुवैलाई मार्का पारेको छ। 

No comments:

Post a Comment

thanks for comment