नबिल इन्भेष्टमेन्टका प्रविण पराजुली भन्छन्– कम्पनीलाई 'ए, बी, सी' मा वर्गीकरण गरेर लगानी गर्छौं


प्रविणरमण पराजुली
प्रमुख कार्यकारी अधिकृत
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड
 नबिल बैंक लिमिटेडको लगानीमा सामूहिक लगानी कोषका रुपमा खुलेको नबिल इन्भेष्टमेन्ट बैंकिङले ६० करोड रुपैयाँ बराबरको व्यालेन्स फन्ड–१ निस्कास गर्दैछ। प्रति १० रुपैयाँ दरका इकाइ आगामी ६ गतेदेखि सर्वसाधारणका लागि विक्री खुला हुँदैछ। पाँच वर्ष अवधिको यि इकाइ कम्तिमा १ हजार र वढीमा ६ करोडको खरिदका लागि आवेदन दिन सकिने छ। कम्पनीले लगानी गरेको पहिलो वर्ष नै ७ प्रतिशत नगद लाभांस दिन सकिने जनाएको छ। अर्को वर्ष यो लभांस ९ प्रतिशत पुग्ने छ। प्रस्तुत छ सामूहिक लगानी कोषले निस्कासन गर्ने युनिट, यसको जोखिम, प्रतिफल र अवशरलगायतका बारेमा नागरिकका सुदर्शन सापकोटाले नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीसँग गरेको कुराकानी : 

नबिल इन्भेष्टेमन्ट फन्ड कस्तो खालको लगानी उपकरण हो? 
सानाभन्दा साना लगानीकर्तालाई समेट्नका लागि सामूहिक लगानी कोषको अवधकारण अनुसार इन्भेष्टमेन्ट फन्ड योजना (स्किम) ल्याइएको हो। १० रुपैयाँ दरका इकाइहरु निस्कास हुन्छन्। यसमा सहभागी हुन एक हजार रुपैयाँको इकाइहरु किन्नु पर्ने हुन्छ। छरिएर रहेका साना लगानीकर्ताबाट पैसा एकिकृत गरेर त्यसलाई व्यवसायिक कोष व्यवस्थापकले आफ्नो उद्देश्यअनुसार लगानी गर्छ। कोष व्यवस्थापकले लगानीको उद्देश्यका बारेमा विवरण पुस्तिकामा उल्लेख गरेको हुन्छ। सर्वसाधारणबाट उठेको पैसा ऋणपत्र, सेयर तथा निक्षेप खातामा लगानी गरिन्छ। उठेको पैसामध्ये कति, कसरी लगानी गर्ने भन्ने कुरा विवरण पुस्तिकामा हुन्छ। कस्तो खालको स्किम हो त्यही अनुसार लगानी हुन्छ। 
प्रविणरमण पराजुली
प्रमुख कार्यकारी अधिकृत
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड
नबिल बैंकका सवै शाखाबाट फर्म लिएर यो किन्न सकिन्छ। नागरिकता र फोटो चाहिन्छ। ५० हजारसम्मको किन्दा नगद कारोबार गरे हुन्छ। १० लाखभन्दा कम भए एकाउन्ट पेयी चेकबाट भुक्तानी गर्नु पर्छ। त्योभन्दा माथि भए सम्पति सुद्धिकरण अनुसार जानु पर्छ। 
कम्पनीले निस्कास गर्ने सेयर र यसमा के अन्तर हुन्छ?
सेयर भनेको कुनै पनि कम्पनीको लगानीको उद्देश्य पुर्ति गर्नका लागि निस्कासन गरिन्छ। कम्पनीको उदेश्य पुरा गर्न आवश्यक पुँजी संकलन गर्ने माध्यम सेयर हो। सामूहिक लगानी कोषको स्किम भनेको छुट्टै लगानी उपकरण हो।  सेयर एउटा कम्पनी विशेषको मात्र हुने भयो। स्किमले सबै कम्पनीको सेयर किन्ने, ऋणपत्रमा लगानी गर्न सकिन्छ।। स्किम भनेको विविध लगानीको लगानीको अवशर हो।
कुनै कम्पनीको सेयर हामीले लियौं भने त्यो कम्पनीको सबै जोखिम र प्रतिफल पनि सँगै आउँछ। स्किममा एउटा मात्र लगानीको क्षेत्र हुँदैन। यसबाट अनेक कम्पनीकोे सेयर, ऋणपत्र किन्न सकिन्छ। जसले गर्दा जोखिमको पनि विविधिकरण हुन्छ र प्रतिफलको पनि। 

यसमा लगानी जोखिम कस्तो हुन्छ?
यसमा बजारको जोखिम केही हदसम्म हुन्छ। कुन प्रकृतिकको स्किम हो त्यही अनुसार जोखिमको अनुपात निर्भर रहन्छ। तर सेयरमा भन्दा यसमा जोखिमको मात्र भने धेरै कम हुन्छ। कोष व्यवस्थापकले सेयर, ऋणपत्र वा अन्य केहीको लागि मात्र स्किम निकाल्छ। अहिले हामीले निस्कासन गरेको स्किम सबै खाले विशेषता समेटिएको छ। बजार राम्रा हिसावले जाँदा राम्रो खालको प्रतिफल आउँछ। बजार विग्रियो भने प्रतिफलमा पनि यसले असर पार्ने नै भयो।  पुँजी बजारमा गरेजस्तो जोखिमका प्रकार यसमा पनि हुन्छन्। तर यसमा कोष व्यवस्थापकले जोखिमको मूल्यांकन गरेर लगानी गर्ने भएकाले सेयर बजारभन्दा कम हुन्छ। 
कसरी जोखिम कम गर्नु हुन्छ?
हामी एउटै संस्थाको मात्र सेयर वा ऋणपत्र मात्र खरिद गर्दैनौं। सकेसम्म धेरै संस्थाहरुमा लगानी गर्छौं। हामीले कुनै एउटा संस्थाको सेयर वा ऋणपत्रमा कुल लगानीको १० प्रतिशतभन्दा वढी पैसा हाल्दैनौं। नियामकले पनि योभन्दा वढी लगानी गर्ने अधिकार हामीलाई दिएको छैन। जसले गर्दा जोखिम छरिने भएकाले यसको असर कम हुन्छ। हाम्रो ६० करोडको स्किमको पैसा कम्तिमा १० वटा संस्थामा लगानी गर्नु पर्ने हुन्छ। 
हामीले जोखिम विविधीकरण गर्ने आन्तरिक संयन्त्रसमेत वनाएका छौं। जसले गर्दा एउटा स्वतन्त्र लगानीकर्ताले एउटा कम्पनीको सेयरमा लगानी गरेको जोखिम र सामूहिक लगानी कोषमार्फत गरेको लगानीबीचको जोखिम धेरै कम हुने नै भयोे।
सेयरहरु सजिलै उपलब्ध भइरहेका बेला यसमा किन लगानी गर्ने?
बैंकहरुको सेयर विशेष उद्देश्य पुर्ति गर्नका लागि एउटा निस्चित समयमा आउँछ। सामूहिक लगानी कोषको स्किम भनेको लगानी गर्ने वैकल्पिक उपकरण हो। यसमा थोरै पैसा हुनेले पनि ठूला कम्पनीको सेयरमा सहभागिता जनाउन सक्छ। 
कोष व्यवस्थापका लागि कम्तिमा ३ लाखको लगानी गर्नु पर्छ। सामूहिक लगानी कोषमा त्यो वाध्यता छैन। थोरै लगानीको पनि कोष व्यवस्थापन हुन्छ। आफै लगानी गर्न नसक्ने र विज्ञमा खर्च गर्न नसक्नेका लागि यो स्किम एकदमै राम्रो र आकर्षक हुन्छ। 
तपाईहरुले कुन आधारमा बजारमा लगानी गर्नु हुन्छ?
नियामक निकाय धितोपत्र वोर्डले सुनिस्चित गरेको व्यवस्थाका साथै हामीले पनि लगानीका लागि आन्तरिक रुपमा अनुसन्धान गरिरहेका हुन्छौं। लगानी गर्ने आधारहरु तयार पारेका छौं। नेपाल स्टक एक्सचेन्जमा सुचिकृत संस्थाहरुको बारेमा हामी नियमित अध्यायन गर्छौं। लगानी गर्नु अगाडि कम्पनीहरुको प्राविधिक र आधारभूत अध्ययनहरु गर्छौं। हरेक संस्थाको ६–७ वर्षदेखिको अध्ययनहरु छन् हामीसँग। यसलाई विश्लेष गर्छौं। 
कम्पनीहरुको कार्यसम्पादन, सेयरको मूल्य, उसले दिएको प्रतिफल, बजारमा उपलब्धता र करिद विक्री प्रवृत्तिका बारेमा मिहिन अध्ययन गर्छौं। सञ्चालक, प्रवर्द्धक र व्यवस्थापकहरुको कार्यशैली, उनीहरुको विज्ञता, पृष्ठभूमि र तिनीहरुको तथा संस्थाको बजारमा प्रतिस्ठालाई पनि ख्यालमा राखेर वर्गिकरण वर्छौ। यसका आधारमा हामीले आन्तरिक रुपमा कम्पनीहरुलाई 'ए, बी र सी' भनेर वर्गीकरण गरेका छौं। कुनै नीति नियम परिवर्तन हुँदा त्यहाँका प्रवर्द्धकहरुले संस्थालाई पैसा वा अन्य कुराबाट सहयोग गर्ने हैसियत वा अवस्थाका बारेमा पनि मूल्यांक गरेका छौं। यसका आधारमा अब्बल ठहरिएका संस्थामा हामी लगानी गर्छौं। 
कस्तो खालको लगानीमा जानु हुन्छ?
हामी आफ्नो आन्तरिक वगीकरणमा अब्बल ठहरिएको संस्थाको सेयर किन्छौं। सरकारी वा नेपाल स्टक एक्सचेन्जमा सुचिकृत संस्थाको ऋणपत्रमा पनि लगानी गर्छौं। राम्रो व्याज पाए मुद्दति निक्षेपमा पनि पैसा राख्ने छौं। हामी जुन क्षेत्रमा वढी आम्दानी हुन्छ त्यहाँ लगानी गछर्ौै। ऋणपत्रमा वढी आम्दानी हुने बेलामा त्यतातिर र निक्षेपमा भएका बेला त्यता लगानी मोड्छौं। जोखिम कम भएको र लगानी प्रतिफल वढी हुने क्षेत्रमा पैसा लगाउँछौं। 
तपाईहरुलाई पत्याएर लगानी गरेका सर्वसाधारणले आफ्नो लगानी कस्तो अवस्थामा छ भनेर उनीहरुले कसरी थाहापाउने?
हामी सर्वसाधारण लगानीकर्तालाई हरेक साता लगानीको अवस्थाका बारेमा सार्वजनिक रुपमा विवरणहरु उपलब्ध गराउँछौं। धितोपत्र वोर्डको नियम अनुसार त्रैमासिक रुपमा यी विवरण राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित गर्छौं। हामी हरेक क्षेत्रमा लगानी कतिको भएको छ र कस्तो अवस्थामा छ भनेर जुनसुकै बेला लगानीकर्तालाई जानकारी गराउने छौं। लगानीमा अधिकतम पारदर्शिता अपनाइने भएकाले लगानीकर्ताले आफ्नो पैसाको सुरक्षाका बारेमा सम्पूर्ण विवरण थाहा पाउने छन्। 
लगानीकर्ताले बीचैमा स्किम छाड्नु पर्ने भयो भने के गर्ने?
अहिलेको स्किम पाँच वर्ष अवधिको छ। सर्वसाधारणले खरिद गरेको प्रत्येक स्किम स्टक एक्सचेन्जमा पनि सुचीकरण हुन्छ। त्यहाँबाट तरलता व्यवस्थापन हुन्छ। स्टक एक्सचेन्जमा सुचिकृत हुने भएकाले सेयर व्रोकरका माध्यमबाट त्यहाँ खरिद विक्री गर्न पनि सकिन्छ। आफूले चाहेको बेला किन्ने र चाहेको बेला विक्री गर्ने विकल्प यसमा हुन्छ। 
सामूहिक लगानी कोष नेपालमा नौलो भएकाले यसमा लगानीकर्तालाई आकर्षि गर्न कस्ता व्यवहारिक तथा नीतिगत व्यवस्थाहरु आवश्यक छन्?
मूख्य कुरा त करको व्यवहारिक कार्यान्वयन गर्न सकिए लगानीकर्ता आकर्षित हुने थिए। यसको नीति आउँदादेखि नै हामीले नियामक वोर्डसँग करका विषयहरुमा आग्रह गरिरहेका छौं। अन्य देशहरुमा करका माध्यमबाट सामूहिक लगानी कोषमा सर्वसाधारणलाई आकर्षित गर्ने काम भएको छ। हामीले तीन वटा कुरा पुरा गरिदिन वोर्डसँग आग्रह गरेका छौं। 
एउटा निस्चित सीमासम्मको लगानीलाई कर छुटका रुपमा व्यवस्था गरिदिन आग्रह गरेका छौं। करको सीमाभित्र परेपनि जीवन बिमा गरिएको अवस्थामा व वढी भएको रकमको कर तिर्नु पर्दैन। हामीले त्यो रकम ५० हजारसम्म हुनु पर्ने भनेर वोर्डलाई आग्रह गरेका छौं। 
दोस्रो, स्किमका करहरु संस्थागत करका रुपमा जाने अवस्था छ। यसमा स्पस्टता पनि छैन। यसको असर त लगानीकर्तालाई नै पर्ने हो। तेस्रो, कर तिरेको रकमबाट वितरण गरिने नगद लाभांसको रकममा पनि लाभांस कर तिर्नु पर्ने अवस्था छ। यसमा अलिकति हेर्दिने हो भने अहिले हामीले तोकेको भन्दा राम्रो प्रतिफल दिन सकिन्थ्यो। त्यही भएर नयाँ बजार भएकाले यसलाई शंवोधन गर्न आवश्यक छ। लगानीकर्तालाई आकर्षित गर्न सरकारी र नियामकका तर्फबाट पनि सहयोग हुन आवश्यक छ। 

No comments:

Post a Comment

thanks for comment