वागेश्वरी–साङग्रिलाबीच राष्ट्रियस्तरको विकास बैंक बन्न मर्जर सम्झौता

काठमाडौं, फागुन १५
क्षेत्रीयस्तरका दुई विकास बैंक गाभिएर राष्ट्रियस्तरको हुने भएका छन्। गाभिनका लागि मंगलबार प्रारम्कि सम्झौता (एमओयु) गरेका नेपालगञ्जको वागेश्वरी डेभलमेन्ट बैंक र पोखराको साङग्रिला विकास बैंक राष्ट्रियस्तरको विकास बैंक   बन्न लागेका हुन्।
मर्जर सम्झौतापछि दुवै बैंकले राष्ट्र बैंकसँग सैद्धान्तिक स्विकृतका लागि मंगलबारै आवेदन दिएका छन्। मर्जर प्रकृयामा गएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पनि दुवै बैंकको सेयर कारोबार रोका गरिदिएको छ। '६ महिनाभित्र एकिकृत कारोबार गर्ने तयारीसहित मर्जर सम्झौता भएको छ,' वागेश्वरीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेलले नागरिकसँग भने। मर्जरपछि बैंकको नाम साङ्ग्रिला विकास बैंक नै रहने छ।
मर्जरअघि साङग्रिलाको चुक्ता पुँजी ३२ करोड रुपैयाँ छ। वागेश्वरीको भने २६ करोड ७९ लाख रुपैयाँ मात्र छ। वागेश्वरीले जग्गा विक्री गरेर आएको रकमलाई चुक्ता पुँजीमा गणना गरेर ३२ करोड पुर्‍याउने योजना बनाएको छ। मर्जरपछि भने नयाँ बैंकको पुँजी ६४ करोड रुपैयाँ पुग्ने छ।
मर्जरपछि अहिले केन्द्रीय कार्यालय रहेको भवनलाई क्षेत्रीय कार्यालयका रुपमा सञ्चालन गरिने पौडेलले जानकारी दिए। मर्जरपछि कर्पोरेट तथा केन्द्रिय कार्यालय काठमाण्डौमै सञ्चालनमा ल्याउने बैंकको योजना छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने र गाभिने नीतिसँगै सहुलियत दिएपछि मर्जर गर्ने संस्था वढेको हो। राष्ट्र बैंकका अनुसार, अहिलेसम्म २२ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर १० वटामा झरिसकेका छन्। एनआइसी र बैंक अफ एसिया नेपालसहित २८ वटा बैंक तथा वित्तीय संस्थाहरुले पुससम्म सैद्धान्तिक स्वीृकति पाइसकेका छन्। यि संस्था गाभिएर १२ वटा वन्ने छन्।
बैंकले भएका कर्मचारीलाई कटौती नगरी व्यवस्थापन गर्ने योजना बनाएको छ। दुवै बैंकमा अहिले २ सय ८५ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन्। दुवै बैंकबाट १ लाख ग्राहकले सेवा लिइरहेका छन्। बैंकले मर्जर अगाडि वढाउन साङग्रिलाबट विश्वास गौचनलाई संयोचक तोकेको छ। सचिवमा वागेश्वरीमा पौडेल छन्।
साङग्रिलामा सर्वसाधारणको २ अर्ब ७७ करोड रुपैयाँ निक्षेप छ। बैंकले २ अर्ब ४१ करोड ऋण लगानी गरेको छ। बैंकले पुस मसान्तसम्म ३ करोड ३२ लाख रुपैयाँ नाफा गरेको छ। बैंकको खराव कर्जा अनुात  २.४ प्रतिशतको हाराहारीमा छ। बैंकको प्रति सेयर आम्दानी २१ रुपैयाँको हाराहारीमा छ। प्रति सेयर नेटवर्थ १२९ रुपैयाँ रहेको बैंकको मूल्य आम्दानी ६.२५ गुणा छ।
वागेश्वरीमा सर्वसाधारणको १ अर्ब ८२ करोड रुपैयाँ निक्षेप छ। बैंकले १ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकले पुससम्म २ करोड २९ लाख नाफा कमाएको छ। बैंकको खराव कर्जा अनुपात १.४५ प्रतिशत छ। बैंकको प्रति सेयर आम्दानी ११ रुपैयाँ र प्रति सेयर नेटवर्थ १५० रुपैयाँ छ। मूल्य आम्दानी अनुपात १३.३० गुणा रहेको बैंकले जनाएको छ।
गत वर्षको नाफाबाट वागेश्वरी विकास बैंकले यसपाली १६.५ प्रतिशत वोनस सेयर दिएको थियो। साङग्रिलाले भने यसपाली केही पनि घोषणा गरेको छैन। अघिल्लो वर्ष भने १० प्रतिशत नगद लाभांस दिएको थियो।

No comments:

Post a Comment

thanks for comment