मासुजन्य उद्योगका लागि बैंकहरु इच्छुक

१५ अर्बको मासु आयात भएपछि बैंक आकर्षित भएका हुन्

सुदर्शन सापकोटा
काठमाडांै पुस ४
राष्ट्र बैंकको सीमाले रियलस्टेट तथा हाउजिङ र सेयर धितोमा कर्जा लगानी गर्न वाधा पुगेपछि बैंकहरु अहिले मासुजन्य उद्योगमा आकर्षित भएका छन् । गत बर्ष मासुका लागि मात्र १५ अर्ब रुपैयाँ विदेशीएपछि यतातिर सम्भावना भएको महसुस गर्दै बैंकहरु यो क्षेत्रमा आकर्षित भएका हुन् ।

तुरुन्तै नाफा आर्जन गर्न सकिने रियलस्टेट लगायतमा कर्जा कडाइले निरास भएका बैंक मासुको तथ्यांकबाट उत्साहित हुँदै उत्पादनमूलक मानिएको यो उद्योगमा लगानी गर्न लागेका छन् ।
'राम्रो संभावना भएको क्षेत्र हो हामी इच्छुक छौं,' मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नागरिकसँग भने, 'लगानी गर्न कुराहरु आइरहेका छन् । अध्ययन गरेर लगानी गर्छौं ।' उनको बैंकले यो क्षेत्रका लागि ३० करोडसम्म लगानी गर्ने लक्ष्य राखेको छ ।
सरकारले पनि गत बर्ष यति ठूलो रकम बराबरको मासु आयात भएपछि चासो राख्दै पशुपालन कार्यक्रमलाई अभियानकै रुपमा साचालन गर्ने लक्ष्य राखेको छ । चालु बर्षको बजेटमा सुरकारले साना किसान विकास बैंक र साना किसान सहकारीमार्फत पशुपालक कृषकलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने कार्यक्रम राखेको छ । यसका लागि उसले १ अर्ब रुपैयाँ छुट्याएको छ ।

'देशको माग पुरा गर्ने खालको मासुजन्य उद्योग स्थापना गर्न पाँच अर्बभन्दा वढी लगानी आवश्यक पर्छ,' उद्योग स्थापनाका लागि ऋण दिने तयारीमा रहेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले नागरिकसँग भने , 'यसका लागि आठ वटा बैंक तयार छन् । तर लगानी गर्ने निष्चित भइसकेको छैन ।'
मासु उद्योगका लागि नयाँ आएका बैंक तथा मध्यम आकारका बैंक इच्छुक देखिएका छन् । 'नेपालको माग अनुसार यहाँभित्र बाट पुर्ति नभएकाले यसमा धेरै नै सम्भावना छ,' कमर्ज एण्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले नागरिकसँग भने, 'यसका लागि हामीले अध्ययन गरिरहेका छौं । कसरी लगानी गर्ने भनेर छलफलमा छौं ।'
उत्पादनमूलक क्षेत्रमा सस्तो ब्याजमा लगानी गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ४ अर्ब ७१ करोड रुपैयाँ कर्जा उपलब्ध गराइसकेको छ । तरलता अभावले उत्पादनमूलक क्षेत्रमा जाने कर्जाको ब्याज महंगो भएपछि केन्द्रीय बैंकले असल कर्जाको धितोमा १६ वटा कम्पनीलाई पुनर्कर्जा उपलब्ध गराएको हो ।
'पुनकर्जाको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन दिएका हौं,' केन्द्रीय बैंकका एक अधिकारीले नागरिकसँग भने, 'अहिलेको माग भनेको मासु दुग्धजन्य क्षेत्र हो । त्यो क्षेत्रमा लगानी गर्न अनौपचारिक रुपमा भनिरहेका छौं ।' उनले पुनर्कर्जामा गएको रकममध्ये अधिकांस उत्पादनमूलक क्षेत्रमा नगएको दावीसमेत गरे । केन्द्रीय बैंकले साढे सात प्रतिशतका दरले कम्पनीहरुलाई कर्जा दिएको हो । कम्पनीहरुले साढे १० प्रतिशतसम्म ब्याज लिएर लगानी गर्न पाउँछन् ।
'गोट (खसी) फार्मिङमा जाने हामीले योजना बनाएका छौं,' भट्टराईले भने, 'तर यसका लागि बिमा औषधि उपचारलगायतका बारेमा राज्यस्तरबाटै सहयोग हुनु पर्छ ।' उनले आयात घटाएर आफ्नै उत्पादन बजारमा पुर् याउँदा अर्थतन्त्रलाई सहयोग पुग्ने जानकारी दिए ।
'हामीले तीन जिल्लामा मासुजन्य उद्योग खोल्नका लागि अध्ययन गरिरहेका छौं,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले नागरिकसँग भने , '४० लगानी गरेर तराईमा उद्योग स्थापना गर्न लागेका हौं ।' उनले बैंकको नाफा उल्लेख नगर्ने सर्तमा मासुजन्य उत्पादन खसी बोका र राँगा पालन का लागि  'सहयोगी समूह' स्थापना गरेर तालिम दिइरहेको जानकारी दिए । उनले राष्ट्र बैंकबाट पुनर्कर्जाका रुपमा ल्याएको ४८ करोडमध्ये २० करोड मासुजन्य उद्योगका लागि छुट्याएको दावी गर्दै बाँकी रकम बैंक आफैले व्यवस्थापन गरेको बताए ।

No comments:

Post a Comment

thanks for comment